सम्पर्क

विचित्र संसार

‘स्वस्थ शहर’ मा मेलम्ची छनौट घोषणा हुन बाँकी नगर प्मुख तामागंद्धारा खुशी व्यक्त

‘स्वस्थ शहर’ मा मेलम्ची छनौट घोषणा हुन बाँकी नगर प्मुख तामागंद्धारा खुशी व्यक्त

खानेपानी, खेलकुद, ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
सिन्धु पाल्चोक जिल्लको मेलम्ची नगरपालिकालाइ ‘स्वस्थ शहर’ का रूपमा छनोट गरिएको छ घोषणा। बागमती प्रदेश सरकारले १३ वटै जिल्लामा ‘एक जिल्ला एक स्वस्थ शहर’ घोषणा गर्ने तयारी गरेको र सिनधुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका पनी सोही अनुसार स्वस्थ शहरको रुपमा छनौट भएको हो । जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजनामा सम्पन्न जिल्ला स्तरीय समितिको बैठक तथा अभिमुखीकरण कार्यक्रममा मेलम्ची नगरपालिकालाइ स्वस्थ शहरको रुपमा घोषणा गर्न लागीएको जानकारी दिइएको हो।बागमती प्रदेशका १३ जिल्लामध्ये प्रत्येक जिल्लाबाट एक–एक स्थानीय तह छनोट गर्ने योजना अनुसार सिन्धुपाल्चोकबाट मेलम्ची नगरपालिका चयन गरिएको हो। कार्यक्रम जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख बालकृष्ण श्रेष्ठको अध्यक्षतामा चौतारास्थित सभाहलमा सम्पन्न भएको थियो।कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी, जिल्ला समन्वय समिति उपप्रम...
इष्टपोइन्ट एकेडेमीको १३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमसहित सम्पन्न

इष्टपोइन्ट एकेडेमीको १३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमसहित सम्पन्न

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
इष्टपोइन्ट एकेडेमीको १३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ। वार्षिकोत्सवको अवसरमा पूर्वआधारभूत तहको दीक्षान्त समारोह, अभिभावक दिवस, विद्यार्थीहरूको विविध सांस्कृतिक प्रस्तुति तथा पुरस्कार वितरण कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य युवराज दुलालले आफू जनताको सपना र विश्वास बोकेर जनताबीच आएको बताए। उनले परिस्थिती जस्तोसुकै भए पनि सिन्धुपाल्चोकका नागरिकहरूको आवाजलाई बुलन्द रूपमा उठाउँदै त्यसलाई कानुन निर्माणको तहसम्म पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे।  उनले आफूलाई माया, विश्वास र मत दिएर विजयी गराएकोमा सम्पूर्ण सिन्धुपाल्चोकवासीप्रति आभार व्यक्त गर्दै आगामी दिनमा शैक्षिक क्षेत्रसँग सम्बन्धित मुद्दाहरूमा पनि सक्रिय पहलकदमी लिने बताए । विद्यालयका प्रिन्सिपल दामोदर भारतीका अनुसार वार्षिकोत्सवको अ...
अरनिको यातायातमा चेैत्र ७गते देखी २०गते सम्म दैनिक १२घण्टा सबारी सञ्चालनमा रोक

अरनिको यातायातमा चेैत्र ७गते देखी २०गते सम्म दैनिक १२घण्टा सबारी सञ्चालनमा रोक

बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, मनोरन्जन, विचार, विचित्र संसार, समाचार
अरनिको राजमार्गअन्तर्गत धुलिखेलदेखि खावा खण्डसम्म सडक कालोपत्रे गर्ने कार्य सुरु हुने भएकाले उक्त सडक मा चैत्र ७गते बेलुका ६बजे देखी बिहान ५बजे सम्मका लागी सबारी साधन सञ्चालनमा रोक लगाइएको छ । सडक डिभिजन कार्यलय भक्तपुरले एक सुचना जारी गरी उक्त सडक खण्डमा सवारी सञ्चालनमा अस्थायी प्रतिबन्ध लगाइएको जनाएको छ।कार्यालयले जारी गरेको सार्वजनिक सूचनाअनुसार जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा बसेको बैठकको निर्णयका आधारमा २०८२ चैत ७ गतेदेखि २०८२ चैत २० गतेसम्म सो सडक खण्ड प्रयोग गर्ने सवारी साधनका लागि विशेष व्यवस्था गरिएको छ।सो अवधिमा ठूला चारपाङ्ग्रे सवारी साधन (बस सहित) साँझ ६ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न पाइने छैन।त्यस्तै टिपर र ट्रकहरू (पास लिएका समेत) लाई भने २४ घण्टै सञ्चालनमा पूर्ण प्रतिबन्ध लगाइएको छ।कार्यालयले सडक मर्मत तथा कालोपत्रे कार्यलाई सहज बनाउन यस्तो व्यवस्था गरिएको भन...
सुशिला बिष्टको “कलसैमा ध्वजा”बजारमा

सुशिला बिष्टको “कलसैमा ध्वजा”बजारमा

ब्रेकिङ न्युज २, मनोरन्जन, विचार, विचित्र संसार, समाचार
लोक तथा दोहोरी गायिका सुशिला बिष्टले “कलसैमा ध्वजा” बोलको नयाँ गीत सांगीतिक बजारमा ल्याउँनु भएको छ । उक्त गीतमा नवराज गौतमको उत्कृष्ट संगीत रहेको छ भने एरेन्ज विष्णु तामाङले गर्नु भएको छ । गीतका शब्द शरण हुमागाइँले लेख्नु भएको हो । गीतमा गायिका सुशिला बिष्ट स्वयं र गायक शरण हुमागाइँको स्वर सुन्न सकिन्छ। मारुनी रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको यस गीतको भिडियो निर्देशन मिलन श्रेष्ठले गर्नू भएको छ । भिडियोमा राजाराम सिम्खडा र अनिता खड्काले अभिनय गर्नु भएको छ भने कलाकारहरूको मेकअपको काम सीता छेत्रीले गर्नु भएको थियो । सुशिला बिष्टको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको उक्त गीतप्रति विभिन्न मिडियाकर्मीहरूलाई धन्यवाद व्यक्त गर्दै गायिका बिष्टले दर्शक तथा श्रोताबाट राम्रो प्रतिक्रिया पाउने आशा व्यक्त गर्नुभयो ।...
बालिका इनिशा बिकको बलात्कारपछि हत्या भएको घटनाको विरोध

बालिका इनिशा बिकको बलात्कारपछि हत्या भएको घटनाको विरोध

जिबनशैली, ब्रेकिङ न्युज १, विचित्र संसार, समाचार, स्वास्थ्य
माधब दुलाल,काठमाडौँ – सुर्खेतकी बालिका इनिशा बिकको बलात्कारपछि हत्या भएको जघन्य घटनाको विरोधमा देशका विभिन्न स्थानमा प्रदर्शन भएको छ। उक्त घटनाले समग्र समाजलाई स्तब्ध बनाएको छ।न्यायको माग गर्दै विभिन्न नागरिक समूह, अधिकारकर्मी तथा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका प्रतिनिधिहरू सडकमा उत्रिएका छन्। काठमाडौँको माइतीघर मण्डलामा खबरदारी सभा आयोजना गरिएको छ भने बाँकेमा प्रमुख जिल्ला अधिकारीमार्फत सरकारको ध्यानाकर्षण गराइएको छ।लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले इनिशा बिकको बलात्कारपछि हत्या भएको घटनालाई अत्यन्तै जघन्य अपराधको रूपमा लिँदै यसमा संलग्न अपराधीलाई कडा भन्दा कडा कारबाही गर्न माग गरेका छन्।पहिलो संविधान सभा सदस्य सुनिल बाबु पन्तको नेतृत्वमा खबरदारी सभामा सहभागी समुदायका सदस्यहरूले घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कठोर कारबाही गर्न सरकारसँग जोडदार माग गरेका हुन्।उनीहरूले बालिक...
निर्वाचनसम्पन्न गराउँन सञ्चार कर्मीहरुले खेलेको भुमिका महत्वपुर्ण रह्यो

निर्वाचनसम्पन्न गराउँन सञ्चार कर्मीहरुले खेलेको भुमिका महत्वपुर्ण रह्यो

खेलकुद, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार
  प्रतिनिधि सभा निर्वाचन भब्य र सब्य रुपमा सम्पन्न गराउँन सञ्चार कर्मीहरुले खेलेको भुमिकाको प्रती खुशी लागेको जिल्ला प्रमुख निर्बाचन अधिकृत रिता क्मरुी बख्रेलले बताउँन् भयो । जिल्ला समन्वय समितिको कार्यलयमा रहेको जिल्ला नर्बिाचन अधिकृतको बार्यकक्षमा जिल्ला स्थित सक्रिय सञ्चार कर्मीहरुको उपस्थितीमा निर्बाचन समबन्धी समिक्षा कार्यबmममा उँहाले यस्तो बताउँनु भएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयद्वारा आयोजित उक्त कार्यक्रममा नेपाल पत्रकार महासघंका सभापती ध्रुब दङ्गाल सहित विभिन्न रेडियो, टेलिभिजन, अनलाइन तथा पत्रपत्रिकामा आबद्ध सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।कार्यक्रममा बोल्दै मुख्य निर्वाचन अधिकृत बख्रेलले निर्वाचनको अवधिभर सञ्चारकर्मीहरूले निर्भीक, निष्पक्ष र जिम्मेवार ढङ्गले सूचना सम्प्रेषण गरी लोकतान्त्रिक प्रक्रियालाई मजबुत बनाउन ठूलो योगदान दिएको बताउनुभयो। निर्वाचनको स...
यस्तो छ आजको मौसम पूर्वानुमान

यस्तो छ आजको मौसम पूर्वानुमान

#, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, विचार, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
काठमाडौँ, २७ फागुन : हाल देशमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभावले पहाडी र हिमाली भागमा बादल लागेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार तराई तथा उपत्यकाका केही स्थानमा तुवाँलो पनि लाग्नेछ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा पनि बादल लाग्नेछ । यसैगरी, हिमाली भूभागका केही स्थान, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा एवं हिमपातको सम्भावना छ । साथै मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भेगका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने महाशाखाको पूर्वानुमान छ । त्यसैगरी, आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा बादल लाग्ने छ भने बाँकी भागमा आंशिक बादल लाग्नेछ । को...
आजको मौसम पूर्वानुमान : दिनभर साधारणतया बादल लाग्ने

आजको मौसम पूर्वानुमान : दिनभर साधारणतया बादल लाग्ने

ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
काठमाडौँ, २६ फागुन : हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्चचापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थान साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभाग तथा लुम्बिनी प्रदेशको तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ । आज राति गण्डकी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी र हिमाली भूभामामा साधरणतया बादल लाग्नेछ बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भूभाग तथा लुम्बिनी प्रदेशको तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र ह...
जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन हुने

जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन हुने

अन्तर्वाता, कृषि, खानेपानी, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, समाचार, साहित्य
काठमाडौँ, २४ फागुनः प्रधानमन्त्री सुशीला कार्कीले भदौ २३ र २४ को घटना जाँचबुझ आयोगबाट प्राप्त प्रतिवेदन कार्यान्वयनको प्रक्रियामा लगिने बताउनुभएको छ । उक्त आयोगको प्रतिवेदन ग्रहण गरेपछि उहाँले त्यसलाई अब आफू र गृहमन्त्रीले अध्ययन गरी मन्त्रिपरिषद्मा पेस गर्ने बताउनुभयो । प्रधानमन्त्रीले प्रतिवेदन अध्ययन गरी कार्यान्वयको प्रक्रिया अघि बढाउने र त्यसलाई आवश्यकतानुसार सार्वजनिक पनि गर्ने बताउनुभयो । प्रधानमन्त्री कार्कीले भन्नुभयो, “सार्वजनिक गर्ने कुरामा पनि हामी छलफल गछौँ यसको विवरण हेरेर पूरै दस्तावेज तत्कालै सार्वजनिक गर्न नसके निचोड मात्र भए पनि सार्वजनिक गर्छौ ।” उहाँले प्रतिवेदनमा यथार्थ वस्तुस्थिति र सत्यतथ्य समावेश भएको विश्वास पनि व्यक्त गर्नुभयो । साथै प्रधानमन्त्री कार्कीले आयोगका अध्यक्ष एवं सदस्यहरूले गर्नुभएको मेहनतको सराहना गर्नुभएको छ ।रासस...
प्रधानमन्त्रीसमक्ष छानबिन आयोगको प्रतिवेदन पेस

प्रधानमन्त्रीसमक्ष छानबिन आयोगको प्रतिवेदन पेस

कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
काठमाडौँ, २४ फागुनः प्रधानमन्त्री सुशीला कार्कीसमक्ष भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले एक हजार पृष्ठको प्रतिवेदन प्रस्तुत गरेको छ । पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगमा नेपाल प्रहरीका पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य हुनुहुन्थ्यो । प्रधानमन्त्रीसमक्ष प्रतिवेदन पेस गरेपछि आयोगका सदस्य शर्माले करिब २०० जनालाई सोधपुछ गरिएको र विज्ञहरुसँग पनि राय लिएर तयार गरिएको प्रतिवेदनमा दोषीमाथि कारबाहीको सिफारिस गरिएको जानकारी दिनुभयो । आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले आफूहरूले इमानदारीसाथ काम गरेको र बिनाकुनै पूर्वाग्रह जे देख्यो त्यही कुरा प्रतिवेदनमा राखेको जानकारी दिनुभयो। भविष्यमा यस्तो घटना नहोस् भनेर सुझाव पनि प्रतिवेदनमा राखेको उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, ‘कुशासनका कारण यो घटना भएको छ। नियमनकारी नि...