सम्पर्क

सुशिला बिष्टको “कलसैमा ध्वजा”बजारमा

लोक तथा दोहोरी गायिका सुशिला बिष्टले “कलसैमा ध्वजा” बोलको नयाँ गीत सांगीतिक बजारमा ल्याउँनु भएको छ । उक्त गीतमा नवराज गौतमको उत्कृष्ट संगीत रहेको छ भने एरेन्ज विष्णु तामाङले गर्नु भएको छ । गीतका शब्द शरण हुमागाइँले लेख्नु भएको हो । गीतमा गायिका सुशिला बिष्ट स्वयं र गायक शरण हुमागाइँको स्वर सुन्न सकिन्छ। मारुनी रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको यस गीतको भिडियो निर्देशन मिलन श्रेष्ठले गर्नू भएको छ । भिडियोमा राजाराम सिम्खडा र अनिता खड्काले अभिनय गर्नु भएको छ भने कलाकारहरूको मेकअपको काम सीता छेत्रीले गर्नु भएको थियो । सुशिला बिष्टको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको उक्त गीतप्रति विभिन्न मिडियाकर्मीहरूलाई धन्यवाद व्यक्त गर्दै गायिका बिष्टले दर्शक तथा श्रोताबाट राम्रो प्रतिक्रिया पाउने आशा व्यक्त गर्नुभयो ।