सम्पर्क

‘स्वस्थ शहर’ मा मेलम्ची छनौट घोषणा हुन बाँकी नगर प्मुख तामागंद्धारा खुशी व्यक्त

सिन्धु पाल्चोक जिल्लको मेलम्ची नगरपालिकालाइ ‘स्वस्थ शहर’ का रूपमा छनोट गरिएको छ घोषणा। बागमती प्रदेश सरकारले १३ वटै जिल्लामा ‘एक जिल्ला एक स्वस्थ शहर’ घोषणा गर्ने तयारी गरेको र सिनधुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका पनी सोही अनुसार स्वस्थ शहरको रुपमा छनौट भएको हो । जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजनामा सम्पन्न जिल्ला स्तरीय समितिको बैठक तथा अभिमुखीकरण कार्यक्रममा मेलम्ची नगरपालिकालाइ स्वस्थ शहरको रुपमा घोषणा गर्न लागीएको जानकारी दिइएको हो।बागमती प्रदेशका १३ जिल्लामध्ये प्रत्येक जिल्लाबाट एक–एक स्थानीय तह छनोट गर्ने योजना अनुसार सिन्धुपाल्चोकबाट मेलम्ची नगरपालिका चयन गरिएको हो। कार्यक्रम जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख बालकृष्ण श्रेष्ठको अध्यक्षतामा चौतारास्थित सभाहलमा सम्पन्न भएको थियो।कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी, जिल्ला समन्वय समिति उपप्रमुख पदमनाथ नेपाल, धुलिखेल नगरपालिका स्वास्थ्य शाखा प्रमुख सन्दीप केसी तथा बागमती प्रदेशस्थित विश्व स्वास्थ्य संगठन का प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गा बजगाईंले ‘स्वस्थ शहर’ कार्यक्रमको उद्देश्य, महत्व र कार्यान्वयन प्रक्रियाबारे जानकारी गराउनुभएको थियो।सो अवसरमा बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयद्वारा तयार गरिएको ‘स्वस्थ शहर कार्यान्वयन निर्देशिका २०८२’ सम्बन्धमा समेत विस्तृत जानकारी दिइएको थियो। निर्देशिका कार्यान्वयनका लागि जिल्ला समन्वय समिति प्रमुखको संयोजकत्वमा जिल्ला स्तरीय ‘स्वस्थ शहर समन्वय समिति’ समेत गठन गरिएको छ। प्रदेश सरकारले १३ वटै जिल्लामा ‘एक जिल्ला एक स्वस्थ शहर’ घोषणा गर्ने तयारी गरिरहेको छ। यस अभियानमार्फत स्वस्थ, सुरक्षित र दिगो शहरी विकासलाई प्राथमिकता दिँदै आवश्यक कार्ययोजना निर्माण र कार्यान्वयनमा जोड दिइने जनाइएको छ । यसरी आफ्नो नगरपालिका स्वस्थ शहर घोषीत हुन लागेकोमा खुशी व्यक्त गर्दै मेलम्ची नगरपालिकाका नगर प्रमुख आइतमान तामागंले नगरबासीहररुै प्रयासमा यो स्वस्थ शहर हुन सफल भएकोमा नगरबासीहरुलाइ बिशेष धन्यबाद दिनु हुँदै यसका लागी नगरपालिकाबाट हुन पर्ने र गर्न पर्ने सबै खालका सहयोग हरु गरिनै रहने प्रतबिद्धता ब्यक्त गर्नु भएको छ । उँहाले छनौट प्रकृया अनुसार छनौट भइ अब जिल्ला मात्र होइन प्रदेसकै सस्थ शहरको रुपमा मेलमची नगरपालिकालाइ अगाडी बढाउँनका लागी नगरपालिकाबाट गर्न पर्ने सबै कामहरु गर्न नगरबासीहरुमा अनुरोध गर्नु भयो ।