सिन्धुपाल्चोक जिल्लाको चौतारा अस्पताल मा बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालयले गत चैत ८ र ९ गते गरेको अनुगमनमा अस्पतालले ९६ अंक प्राप्त गर्दै अहीले सम्मको अनुगमनमा देसकै पहिलो स्थान हासिल गरेको जनाएको छ । अस्पताल ब्यवस्थापन समितीको व्यवस्थित व्यवस्थापन प्रशासनको लगनसिलता तथा स्तरिय सेवा प्रदानका कारण यो ९६ अङ्क ल्याउँन सफल भएको हो । अस्पताल ब्यवस्थापन समितीका अध्यक्ष केशब राज गिरीका अनुसार अनुगमनमा अस्पतालबाट प्रदान गरिएका सेवाहरु बिबरण तथा व्यवस्थापन सरसफाइ तथा उपलब्ध सेवाग्रहकिो व्यवस्थापन लगाएतका बारेमा जानकारी लिनुका साथै प्रत्यक्ष अनुगमन समेत गरिएको थियो । यस अघी चौतारा अस्पताल बागमती प्रदेशको पहिलो तथा देशभरि दोस्रो स्थानमा रहिसकेको थियो भने यस बर्ष पहीलो स्थान ओगट्न सक्ने सम्भावना रहेको छ ।
मिति २०८२ चैत्र ८ गते देखि १० गते सम्म (३ दिन) भएको चौतारा अस्पताल सिन्धुपाल्चोकको न्यूनतम सेवा मापदण्ड तथा क्लिनिकल अडिट मापन -MSS M A Readiness Tool to ImproveQuality Health Service_) मूल्याङ्कनमा सेकेन्डरी ए लेभलको अस्पतालमध्ये ९६ अंङ्क प्राप्त गरेको अस्पतालले जनाएको हो । उक्त कार्यक्रमको समिक्षा चौतारा अस्पताल संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष केशव राज गरीले अस्पतालले प्राप्त गरेको अङ्क ९६बाट बढाएर १००पुर्याउँन सबै लागी पर्नु पर्न बताउँनु भयो । सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीको प्रमुख आतिथ्यता तथा जिल्ला प्रहरी कार्यालयको प्रमुख प्हरी उपरिक्षक काजीकुमार आचार्य, राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमखु सुवास कार्की चौतारा अस्पताल सिन्धुपाल्चोकका अस्पताल संचालन तथा व्यवस्थापन समितिका सदस्यहरु ध्रुवलाल श्रेष्ठ निमेश श्रेष्ठ चौतारा साँगाचोकगढी नगरपालिका सामाजिक बिकास शाखाका संयोजक एवम बडा नं. १३ का वडा अध्यक्ष रामप्रसाद गौतम त्रिशुली अस्पतालका निर्देशक डा. राजेन्द्र लामा स्वास्थ्य निर्देशनालयका डा. माधव पौडेल चौतारा साँगाचोकगढी नगरपालिका बडा नं. ५ का वडा सदस्य राम बहादुर घले चौतारा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्रमणि भण्डारी जनस्वास्थ्य कार्यालयका प्रमुख दुर्गा बजगाई, नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका उपाअध्यक्ष श्री कमला पाख्रिन स्वास्थ्य निर्देशनालय, बागमती प्रदेशका फोकल पर्सन सुशिल आचार्य, भक्तपुर अस्पताल बरिष्ठ नर्सिङ अधिकृत मनकुमारी श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटीका मन्त्री कमलचरण कक्षपती स्वास्थ्य निर्देशनालय, बागमती प्रदेशका ः अधिकृत बबिता रेग्मी महिला आत्मनिर्भता केन्द्रका प्रतिनिधिहरु, अस्पतालका विशेषज्ञ चिकित्सक, मेडिकल अधिकृत , डेन्टल सर्जन, सम्पूर्ण इन्चार्ज (मेडिकल अधिकृत इन्चार्ज,नर्सिङ इन्चार्ज, इमर्जेन्सी इन्चार्ज, एक्स रे इन्चार्ज, ल्याव इन्चार्ज, फार्मेसी इन्चार्ज) नर्सिङ अधिकृत सबै लाइ अस्पतालले बिशेष धन्यबाद दिएको छ ।
