सम्पर्क

निर्वाचनसम्पन्न गराउँन सञ्चार कर्मीहरुले खेलेको भुमिका महत्वपुर्ण रह्यो

 

प्रतिनिधि सभा निर्वाचन भब्य र सब्य रुपमा सम्पन्न गराउँन सञ्चार कर्मीहरुले खेलेको भुमिकाको प्रती खुशी लागेको जिल्ला प्रमुख निर्बाचन अधिकृत रिता क्मरुी बख्रेलले बताउँन् भयो । जिल्ला समन्वय समितिको कार्यलयमा रहेको जिल्ला नर्बिाचन अधिकृतको बार्यकक्षमा जिल्ला स्थित सक्रिय सञ्चार कर्मीहरुको उपस्थितीमा निर्बाचन समबन्धी समिक्षा कार्यबmममा उँहाले यस्तो बताउँनु भएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयद्वारा आयोजित उक्त कार्यक्रममा नेपाल पत्रकार महासघंका सभापती ध्रुब दङ्गाल सहित विभिन्न रेडियो, टेलिभिजन, अनलाइन तथा पत्रपत्रिकामा आबद्ध सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।कार्यक्रममा बोल्दै मुख्य निर्वाचन अधिकृत बख्रेलले निर्वाचनको अवधिभर सञ्चारकर्मीहरूले निर्भीक, निष्पक्ष र जिम्मेवार ढङ्गले सूचना सम्प्रेषण गरी लोकतान्त्रिक प्रक्रियालाई मजबुत बनाउन ठूलो योगदान दिएको बताउनुभयो। निर्वाचनको संवेदनशील समयमा पनि पत्रकारहरूले विभिन्न चुनौती, दबाब र असहज परिस्थितिहरूको सामना गर्दै जनतालाई सत्य र विश्वसनीय सूचना पु¥याएकोप्रति उहाँले विशेष आभार व्यक्त गर्नुभयो।कार्यक्रममा नेपाल पत्रकार महासघंका जिल्ला अध्यक्ष ध्रुब दङ्गालले समग्रमा निर्बाचन ऐतीहासिक रुपमा सम्पन्न गराएकोमा निर्बाचन आयोग प्रती बिशेष आभार ब्यक्त गर्नु भयो । कार्यक्रमा सञ्चारकर्मीहरूले निर्वाचनका दौरान आफूहरूले भोग्नुपरेका विभिन्न अनुभवहरू साझा गरेका थिए। राजनीतिक दल, स्थानीय जनसमुदाय तथा कहिलेकाहीँ सुरक्षा निकायबाट समेत दबाब, अपमान तथा अवरोध जस्ता समस्याहरू सामना गर्नुपरेको भए पनि पत्रकारहरूले आफ्नो पेशागत धर्मबाट पछि नहटेको धारणा व्यक्त गरिएको थियो।मुख्य निर्वाचन अधिकृत बख्रेलले निर्वाचन व्यवस्थापनका सम्पूर्ण पक्षलाई व्यवस्थित बनाउँदै अहोरात्र खटेर निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सबै निकायले गरेको सहयोग प्रशंसनीय रहेको बताउनुभयो। उहाँका अनुसार विभिन्न चुनौती र दबाबका बाबजुद पनि प्रशासनिक पक्षबाट कुनै कमजोरी हुन नदिई निर्वाचन सम्पन्न गरिएको र जिल्लामा कुनै अप्रिय घटना नघटी, कसैको एक थोपा रगत समेत नबगी निर्वाचन सम्पन्न हुनु ठूलो उपलब्धि भएको उल्लेख गर्नुभयो।उहाँले लोकतान्त्रिक प्रक्रियालाई सुदृढ बनाउन सञ्चारकर्मी, सुरक्षा निकाय, राजनीतिक दल तथा आम नागरिकले देखाएको सहकार्य र जिम्मेवारीपूर्ण भूमिकाका लागि सबैप्रति हार्दिक धन्यवाद व्यक्त गर्नुभयो।कार्यक्रमले निर्वाचन प्रक्रियामा सञ्चारकर्मीहरूको योगदानको कदर गर्दै आगामी दिनमा अझ सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरिएको छ। यसै बिच प्रमुख जिल्ल अधिकारीरमकृष्ण अधिकारीले एक बिज्ञेप्ती प्रकाशीत गर्दै निर्बाचन शान्तपुर्ण तरिकाले समपन्न भएकोमा निर्बाचनमा खटीने निर्बाचन अधिकृत, सुरक्षाकर्मीहरु राजनितीदल मतदाता सबैमा धन्यबाद तथा आभार ब्यक्त गर्नु भएको छ ।