रोयल इभेन्टस बेङ्क्वेटको चौथो वार्षिकोत्सव सम्पन्न
२०८० चैत्र ३ गते शनिबार हाम्रो लघुकथा केन्द्र, दक्षिणकाली, काठमाडौँले रोयल इभेन्टस बेङ्क्वेट, तीनकुने काठमाडौँमा संस्थाको चौथो वार्षिकोत्सव सम्पन्न गरेको छ ।
वार्षिकोत्सव कार्यक्रममा केन्द्रले लघुकथा लेखन गर्दै प्रविधिमा लघुकथालाई जोडेर प्रचारप्रसार गर्दै आएका स्रष्टा नारायण तिवारीलाई नगद रुपैयाँ ११,१११ (अक्षरेपी एघार हजार एक सय एघार)सहित लघुकथा केन्द्र सम्मान–२०८० बाट सम्मान गरेको हो । उक्त सम्मान कार्यक्रममा प्रमुख अतिथिले केन्द्रको सम्मानपत्र र दोसला प्रदान गर्नुभएको थियो भने केन्द्रका अध्यक्ष लता केसीले नगद रकम प्रदान गर्नुभएको थियो ।
केन्द्रद्वारा आयोजित उक्त कार्यक्रममा केन्द्रले पी.पी. कोइरालाको डगल्यान्ड, अनु विज्ञातिको अक्षररेखा, सीता रेग्मीको शब्दयात्राका साथमा केन्द्रका लघुकथा र विविध (संयुक्त लघुकथासङ्ग्रह) गरी चार लघुकथासङ्ग्रह पनि सार्वजनीकरण गरेको छ ।
केन्द्रको प्रकाश...
