सबै भाषा, संस्कृती चाडपर्व लाइ सम्मान गरेका छौ ः नगर प्रमुख सापकोटा
ज्ञान बहादुर तामाङ,सिन्धुपाल्चोक जिल्ला चौतारासाँगाचोकगढी नगर पालिकाका नगर प्रमुख कृष्ण प्रसाद सापकोटाले स्थानीय सरकारले सबै समुदायको भाषा, संस्कृती चाडपर्व र पहिचानलाई सम्मान गर्दै संरक्षण र प्रवद्र्धन गर्ने नीति लिएको बताउँनु भएको छ । चौतारामा आयोजित कार्यक्रमलाइ सम्बोधन गर्दै उँहाले यस्तो बताउँनु भएको हो । कार्यक्रममा प्रमुख अतिथीका आशनबाट बोल्नु हुँदै नगर प्रमुख सापकोटाले “संस्कृति जोगिनु भनेको समाजको आत्मा जोगिनु हो भन्नु भयो । चौतारा सागाँचोकगढी नगरपालिकाले सबै समुदायको संस्कृति संरक्षण र प्रवद्र्धनमा सधैं साथ दिनेछ,” नगर प्रमुख सापकोटाले प्रतिबद्धता व्यक्त गर्नुभयो।प्रमुख अतिथि नगर प्रमुख सापकोटाले सोनाम ल्होछारको अवसरमा सम्पूर्ण तामाङ समुदाय तथा नगरवासीलाई शुभकामना व्यक्त गर्नुभयो। कार्यक्रमकका विशेष अतिथि पूर्व नगर प्रमुख अमान सिंह तामाङले सोनाम ल्होछार तामाङ समुदायको गौरवपूर्ण पह...







