सिन्धुपाल्चोक जिल्ला चौतारा सँँगाचोकगढी नगरपालिका ५मा प्रधान कार्यलय रही काम गरिरहेको महाकाली बहुउद्धेश्यिय बचत तथा क्रृण सहकारी सस्थाले आफ्नो तिसौ साधरण सभा तथा दशौ अधिबेशन भव्यताका साथ सम्पन्न गरेको छ । कृष्ण रत्न गङ्गा माबीको प्राङ्गणमा शनीबार नगर प्रमुख कृष्ण प्रसाद सापकोटाको प्रमुख अतिथ्यतामा सम्पन्न साधरण सभाले आब ८२÷८३को लागी प्रस्ताबीत बिस करोड अन्ठाउन्न लाख साठीहजार रुपैया रहेको बजेट लाइ अन्मोदन गरेको छ ।
चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ४,५,६,७,८ गरी जममा ४वटा वडामा कार्यय क्षेत्र रहेको उक्त सहकारी सस्थामा पौष १५ गते सम्म महीला ९४६पुरुष ७६९र समुह १० गरी जम्मा १७२५ शेयर सदस्य रहेको र कुल २९७४२७००। श्ेयर पुजी रहेको सस्थाका कोषाध्यक्ष शुशील प्रसाद कक्षपतीले जानकारी दिनु भयो । सस्थाको मासिक बचत,दैनिक बचत,बाल बचत, स्वच्छीक बचत, समुह बचत, जेष्ठ नागरिक बचत,गरी जम्मा ११ प्रकारका बचत गरिरहेको सस्थाका सचिब खिल बहादुर श्रेष्ठले जानकारी दिनु भयो । सस्थाका उपाध्यक्ष हरीगोपाल श्रेष्ठले सहकारी सञ्चालनमा पारदर्शीता हुन सकेको खण्डमा सहकारीमा कुनै समस्या नहुने भएकाले हामीले त्यस तर्फ ध्यान दिएका छौ भन्नु हुँदै महाकाली बहुउद्धेश्यीय बचत तथा क्रृण सहकारी सस्थाले हरेक कामहरु पारदर्शीता होस भन्नका लागी सहकारी सिद्धान्त र सहकारीको बिनीयम अनुसार काम गरिरहेको बताउँनु भयो ।
कार्यक्रमका प्रमुख अतिथी नगर प्रमुख कृष्ण प्रसाद सापकोटाले केही नया भनीएका नेतहरु ठुला मान्छेहरुका कारण सहकारी सस्था प्रती नकारात्मक शन्देस गएको बताउँदै सहकारी सस्थाका माध्ययमबाट गरिएका हरेक कामहरु सफल हुने आफुले पाएको बताउँनु भयो । उहाले केही स्वार्थी बोकेका मै हुँ भन्ने हरुका कारण केही सहकारी सस्थाहरु समस्यामा परेको भएता पनी सिन्धुपाल्चोकमा सहकारीताको माध्ययमबाट भएका कामहरु सहकारी निती निर्देशन बमोजीम भएकाले यस्तो समस्या नआएको बताउँनु भयो । उँहाले सहकारी सस्थामा जम्मा भएका रकमहरु उत्पादनमुलक काममा लगानी गर्न पर्ने समेत सुझाब दिनु भयो । कार्यक्रमका बिशेष अतिथी चौतारासाँगाचोकगढी नगरपालिका वडा नं ५का वडा अध्यक्ष शिब श्रेष्ठले सहकारी सस्थाहरु राम्रो साँग सञ्चालन गर्न सकेको खण्डमा स्थानीय बिकासमा ठुलो सहयोग पुग्ने बताउँनु भायो । सस्थाका अध्यक्ष केशब लाल श्रेष्ठको सभापतीत्वमा भएको कार्यक्रमको सञ्चालन सचिब खिल बहादुर श्रेष्ठले गर्नु भएको थियो भने उपाध्यक्ष हरिगोपाल श्रेष्ठले उपस्थितीहरुलाइ स्वागत गर्नु भएको थियो । कार्यसमितीका सदस्य गुणकेशीरी श्रेष्ठ सहीतको टोलीले गित द्धारा सहभागीहरुलाइ स्वागत गर्नु भएको थियो ।
