सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद सापकोटाको प्रमुख अतिथ्यतामा ओउम शान्तीको भवन उद्धघाटन भएको छ । शनीबार चौतारामा भवन निर्माणका लागी जग्गा दान गर्नुहुने जग्गादाताहरुलाइ सम्मान गर्दै भवनको उद्धघाटन गरिएको हो ।
भवनको उद्धघाटन गर्दै नगर प्रमुख कृष्ण प्रसाद सापकोटाले सबैका आआफ्नो धर्म सस्कृती र परम्परा हुन्छ सबैले आआफ्नो सस्कार सस्कृतीको जगेर्ना गर्न लागी परेका छन भन्नु हुँदै योग ध्यान ले मानीसलाइ सही मार्गमा डोर्याएको बताउँनु भयो ।उँहाले नागरिकहरुमा हुने नकारात्मक सोचलाइ सकारात्मक तर्फ लैजाने तर्फ ओम शान्तीले खेलेको भुमिकाको प्रशंसा गर्दे यसका लागी नगर पालिकाबाट गर्न सकिने हरेक सहयोग गर्ने समेत बताउँनु भयो ।
