सिन्धुपाल्चोक जिल्ला चौतारा सँँगाचोकगढी नगरपालिका १४मा रहेको डडुवा बचत तथा क्रृण सहकारी सस्थाले आफ्नौ सत्रौ साधरण सभासम्पन्न गरेको छ । डडुवा भवानी शङ्कर माबीको पङ्गणमा शनीबार चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १४का वडा अध्यक्ष उद्धब नेपालको प्रमुख अतिथ्यतामा सम्पन्न साधरण सभाले आय व्ययको अनुमोदन गर्दै बिभिन्न निर्णयहरु गरेको छ ।
६५२२८२३१को आम्दानी खर्चलाइ अनुमोदन गरेको छ कार्यक्रमका प्रमुख अतिथी वडा अध्यक्ष उद्धब नेपालले सहकारी सस्थाका माध्ययमबाट गरिएका हरेक कामहरु सफल हुने आफुले पाएको बताउँनु भयो ।सहकारी निती निर्देशन बमोजीम भएका काम हरुले पारदर्शीता पाउँने बताउँनु हुँदै नेपालले डडुवाको पहीचान बोकेको सहकारी सस्थाको प्रगती प्रती आफुलाइ खुशी लागेको समेत बताउँनु भयो । सस्थाका अध्यक्ष केशब नेपालको सभापतीत्वमा भएको कार्यक्रमको सञ्चालन सचिब भेष बहादुर नेपालले गर्नु भएको थियो ।
