पिउने पानी र सरसफाइमा ध्यान दिन स्वास्थ्य मन्त्रालयको निर्देशन
स्वच्छ पिउने पानी र सरसफाइलाई थप व्यवस्थित गर्न देशभरिका अस्पतालहरुलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ ।
मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत सहित मन्त्रालयका अधिकारीले विभिन्न सरकारी र निजी अस्पतालहरुमा गरेको निरीक्षणका क्रममा ती अस्पतालहरुमा स्वच्छ खानेपानी र सरसफाइको उचित व्यवस्थापन नभएको पाइएको जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतले उपत्यकाका वीर, शहिद गंगालाल, मेडिकेयर र उपत्यका बाहिर हेटौडा अस्पताल सहित अस्पतालको अनुगमन गरेका थिए । यसका साथै अस्पतालहरुमा शल्यक्रिया पश्चात विरामी राख्ने वार्डहरुमा उचित तापक्रमको व्यवस्थापनमा पनि हरेक अस्पतालले ध्यान दिनु पर्ने मन्त्रालयले अस्पतालहरुलाई स्मरण गराएको छ । हरेक अस्पतालले उपचारका लागि विशेषज्ञ चिकित्सक सहितको प्रभावकारी उपचार सेवा प्रदान गरि आम नागरिक...
