सम्पर्क

स्वास्थ्य

महिला संघको तिज विशेष बाह्रविसेमा

जिबनशैली, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचार, समाचार, स्वास्थ्य
नेपाल महिला संघ सिन्धुपाल्चोकले शुक्रबार बाह्रविसेमा तिज विशेष कार्यक्रम गरेको छ । शुक्रबार बाह्रविसे बजारमा एक कार्यक्रम आयोजना गरी नेपाल महिला संघ, नेपाल तरूण दल, नेपाल बिद्यार्थी संघ र लोकतान्त्रिक आदिवासि जनजातिको विभिन्न पदमा मनोनित भएकाहरूलाई सम्मान तथा बधाइ दिदै महीला संघले तिज बिशेष कार्यक्रम गरेको हो ।कार्यक्रममा प्रमुख अतिथी नेपालि कांग्रेस महामन्त्री गगन कुमार थापाले कार्यक्रमको उद्धघाटन गर्नु हँुदै राजा संग लडेको कांग्रेस पार्टी भित्रको रजौटा संग लड्न नडराउने बताउनुभएको छ । उहाँले १५ औँ महाधिवेशनमा पार्टी भित्रको परिवारवादलाई परास्त गरि तल्लो स्तरबाट नेतृत्व चयन हुने दाबी गर्नुहँुदै कांग्रेस भित्र प्रभाव छाड्न महिलाको भुमिका अहम हुने बताउँनु भयो । पार्टीभित्रको गुटको अन्त्य र पार्टीभित्रको विभेद अन्त्यका लागि टिकट वितरणको प्रणाली परिवर्तन गर्नुपर्ने समेत थापाले सो अबशरमा बताउनु...

महेन्द्र मा. वि. ले मनायो ६४ ओैं वार्षिक उत्सव

विचार, समाचार, स्वास्थ्य
सिन्धु पाल्चोक जिल्लाको इन्द्रावती वडा नं २मा रहेको मा श्री महेन्द्र मा. वि. ले बुधबार २० गते आफ्नो ६४ ओैं वार्षिक उत्सव एैतिहासिक रुपमा भव्यताको साथ मनाएको छ ।    उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा वाग्मती प्रदेशका भौतिक पूर्वाधार मन्त्री माननिय युवराज दुलाल हुनुहुन्थ्यो भने विशेष अतिथिका रुपमा ईन्द्रावती गाउँपालिका का अध्यक्ष झम्कनाथ नेपाल हुनुहन्थ्यो ।कार्यक्रमको समुद्घघाटन प्रमुख अतिथि दुलालले केक काटेर शुरु गर्नु भएको थियो। कार्यक्रममा शिक्षा प्रेमी समाज सेवी मोहन बहादुर गिरि३२४००नगद र ५५५५५रुपैयाको अक्षयकोष स्थपना गरी सहयोग गर्नु भएको छ । उँहाले कक्षा ११ र १२ मा अध्यानरत निम्न स्तर भएका ६ जन विध्यार्थीहरुलाई पठनपाठनमा सहयोग पुग्योस भन्ने हेतुले रु ३२४०० नगद रकम प्रअ सपना दंगाल लाई हस्तान्तरण गर्नुका साथै आफ्ना स्वर्गिय आमाहरु द्वय पूर्णकुमारि गिरि र खड्ककुमारि गिरिको सम्झनामा रु ५...

लिसंखुपाखरको घुम्ती सेवा

कृषि, खानेपानी, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको लिसंखुपाखर गाउन्पालिकाले एकिकृत घुम्ती सेवा सम्बन्धी शिवीर सञ्चालन गरेको छ । गाउँपालिकाको वडा नं. ७ ठुलोपाखरमा बिहिबार सम्पन्न भएको शिवीरमा योजना सम्झौता÷अनुशिक्षण, माटो परिक्षण, बालीको रोग पहिचान र नियन्त्रण सल्लाह सुझाव, पशु बन्ध्याकरण ÷ पशुपंक्षी रोग पहिचान र नियन्त्रण सम्बन्धी परामर्श, ब्यवसाय दर्ता, ईजाजत पत्र प्रदान र नबिकरण, जेष्ठ नागरिक परिचय पत्र बितरण, स्वास्थ्य संस्था र आरोग्य केन्द्रबाट प्रदान हुने सेवाहरु उपलब्ध गराइएको थियो । वडा नं. ७ मा सम्पन्न भएको एकीकृत घुम्ती सेवा शिवीरमा ८ वटा योजना सम्झौता भएको छ । जसमा पेङगल खोला हिन्दु समुदाय चिहान घर स्तरउन्नती, १६ किलो तलतिर जाने सिंडी निर्माण, ककलिङ हरिसिद्वी माबि चिल्ड्रेन पार्क घेराबार , बर्घाङ नेवार समुदाय अपुरो सिंडी निर्माण, मेसिपा ठकुरी समुदाय, मन्दिर स्तरउन्नती, तौथली मन्दिर निमार्ण, ककलिङ महिला भवन ...

वडाध्यको सुविधाबाट अक्षयकोष स्थापना ः उत्कृष्ट विद्यार्थी, शिक्षक र कर्मचारी पुरस्कृत

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाँउपालिकाका वडा नं. ६ का वडा अध्यक्ष वडाध्यक्ष चक्रबहादुर बस्नेतले आफु वडाअध्यक्ष भएबापत जनप्रतिनिधीले पाँउने सेवा सुबिद्याबाट अक्षयकोष स्थापना गर्नुका साथै वडाका उत्कृष्ट विद्यार्थी, शिक्षक र कर्मचारी पुरस्कृत गर्नु भएको छ । वडाध्यक्षहरूलाई मासिक १८ हजार भत्ता र कम्तीमा पनी दुई वटा बैठकको भत्ता २ हजार ५ सय गरी मासिक २० हजार ५ सय पाउने रकम अक्षय कोष स्थापना गरि जम्मा गरिएको छ । ५ वर्षसम्म प्राप्त हुने सबै सेवा सुविधा अक्षय कोषमा जम्मा गरेर त्यसबाट प्राप्त हुने ब्याजबाट वडा भित्र विभिन्न सामाजिक काम गर्न सुरुवात समेत वडा अध्यक्ष बस्नेतले सुरुवात गर्नु भएको छ । विभिन्न सामाजिक काम गर्ने गरी अक्षयकोषको स्थापना गरेका छन् । सरकारले उपलब्ध गराउने सेवा सुविधाबाट सुनकोशी गाउँपालिका–६ का वडाध्यक्ष चक्रबहादुर बस्नेतले विभिन्न सामाजिक काम गर्ने गरी अक्षयकोषको स्थापना ग...

विद्यालय छाडेर बसेका लाई पुनः पढाईमा फर्काउने बलेफी को प्रयास

जिबनशैली, विचार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिकाले बिभिन्न कारण शिक्षाबाट बञ्चित भएका बालबालिकालाई बिद्यालयमा ल्याउने प्रयास गर्न थालेको छ । सिन्धुपाल्चोक जिल्ला बलेफी गाँउपालिका वडा नं. ३ स्थित श्री भिमसेन मा.वि. मा पढिरहेका ४ जना विद्यार्थीले गत असारको विदापछि विद्यालय छाडेको खबर प्राप्त भएपछि उहाँहरुलाई पुनः पढ्न फर्काउनका लागि उपाध्यक्ष सरु लामा तामाङ वडा अध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रितेस तामाङ च्यानडाँडा आ.वि. का विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यसीम गोले र सञ्चार कर्मी प्रितम गोले सहतिको टोली उहाँहरुकै घरघरमा जानु भएको थियो । बिचमा पढाइ छोडेर बस्नु भएकाहरुको घरमै पुगेर अभिभावक सहीत बिद्यार्थीहरुसँग पढाइ छाड्नुको कारणका बारेमा सोधपुछ गरिएको थियो । यसरी सोधपुछ गर्ने क्रममा घरपरिवारले पढ्नुपर्छ भनेर विद्यालय जान आफुले दबाव दिएपनि विद्यार्थी नामानेको बताएका थिए भने जनप्रतिन...

एक सय १५ वर्ष पुरानो मन्दिर पुनःनिर्माण

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, साहित्य, स्वास्थ्य
सिन्धुपाल्चोक, २० भदौ : पूर्वसभामुख अग्नीप्रसाद सापकोटाले चौतारा पुरानो बजारस्थित एक सय १५ वर्ष पुरानो ऐतिहासिक एवं पुरातात्विक महत्त्व बोकेको कृष्ण मन्दिरको उद्घाटन गर्नुभएको छ । नेकपा(माओवादी केन्द्र)का उपाध्यक्षसमेत रहनु भएका सापकोटाले आज एक कार्यक्रमकाबीच श्रीकृष्ण जन्माष्टमीको दिन पारेर उक्त मन्दिरको उद्घाटन गर्नुभएको हो । उहाँले कृष्ण मन्दिर जस्तै पुरातत्व महत्त्व बोकेका मन्दिरको खोज अनुसन्धान गरी यस्ता मन्दिरहरूलाई संरक्षण, सम्वर्द्धन गर्नुपर्ने बताउनुभयो । संस्कृति आत्मा हो भन्दै परम्परा संस्कृतिलाई जोगाइराख्नुपर्ने उहाँको भनाइ छ । आआफ्नै परम्परा संस्कृति छन् तिनीहरूलाई जोगाइ युवापुस्तालाई बोध गराई नैतिक शिक्षा दिनु आजको आवश्यकता रहेको नेता सापकोटाले बताउनुभयो । यस्तै चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख कृष्णप्रसाद सापकोटाले नगरपालिका यस्ता पुरातात्विक सम्पदाको संरक्षणमा सधैँ लागिर...

आत्महत्या सम्बन्धी समाचार सम्प्रेषण गर्दा सञ्चारमाध्यम संवेदनशिल हुनुपर्ने

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
आत्महत्या सम्बन्धी समाचार सम्प्रेषण गर्दा सञ्चारमाध्यम संवेदनशिल हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।बागमती प्रदेशकी वन तथा वातावरण मन्त्री मसिना खड्का भण्डारीको प्रमुख आथित्यतामा राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रको अयोजनामा बागमती प्रदेशको राजधानी हेटौंडामा भएको आत्महत्या रिपोटिङ सम्बन्धी कार्यशाला गोष्ठीमा सहभागीहरुले यस्तो बिषयमा जोड दिएका हुन । कार्यक्रममा बागमती प्रदेशकी वन तथा वातावरण मन्त्री मसिना खड्का भण्डारीले प्रमुख अतिथी आसन बाट बोल्दै आत्महत्या जस्तो संवेदनशिल विषयमा सञ्चारमाध्यमले सजगता अपनाएर सूचना दिनुपने बताउनु भएको छ । कार्यक्रममा बोल्दै मन्त्री भन्डारीले नकरात्मक सोचले आत्महत्या बढेको बताउनुभयो । उहाँले स्थानीय सरकारले विद्यालय, समूदाय, टोलटोलमा विभिन्न कार्यक्रम गर्नुपर्नेमा जोड दिदैं अभिभावकले आफ्ना सन्तानहरु प्रति बढि चासो निगरानी गर्न सके आत्महत...

स्कारपियो दुर्घटना हुँदा दुई जनाको मृत्यु

जिबनशैली, समाचार, स्वास्थ्य
दोलखाबाट काठमाडौं जाँदै गरेको स्कारपियो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ४ गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका अनुसार मृत्यु हुनेमा काठमाण्डौ जिल्ला नागर्जुन न.पा.४ का चालक उत्तमराज महर्जन र सिन्धुपाल्चोकका स्थानीय बलबहादुर खत्री रहेको ट्राफिक प्रहरीले जानकारी दिएको छ।बा १५ च ९३७० नम्बरको स्कारपियो गाडी लामोसाँघु जिरी सडक खण्डको ५ किलो नजिकै राती २ बजे दुर्घटना भएको थियो । एमबी दुगड हाइड्रोको गाडी रामेछापको बाम्तीबाट काठमाडौं जाँदै गरेको थियो ।सडकबाट झण्ढै ३ सय मिटर तल सडकमा गाडी खसेपछि राती स्थानीयले उद्धार गरेका थिए । जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा घाइतेहरूको सदाबहार अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारको लागि धुलिखेलमा पठाइएको छ । प्रहरीका अनुसार जिल्ला सिन्धुपाल्चोक सुनकोशी गा.पा.वडा नं.०७ पाँच किलो स्थित जिरी लामोसाँघु सडक खण्डमा दोलखा ...

प्रत्यारोपण केन्द्र बनाउने स्वास्थ्य मन्त्री बस्नेतको प्रतिवद्वता

ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका लागि छिट्टै जग्गा खोजेर नयाँ भवन बनाएर सेवा सञ्चालन गरिने प्रतिवद्वता व्यक्त गर्नुभएको छ । लामो समयदेखि सेवा विस्तारका लागि जग्गा उपलब्ध गराइदिन स्वास्थ्य मन्त्रालयलाई आग्रह गर्दै आइरहेको केन्द्रको सोमबार अनुगमनपछि बोल्दै स्वास्थ्य मन्त्री बस्नेतले उपयुक्त भवनको अभावमा केन्द्रले प्रदान गर्ने सेवा विस्तार हुन नसेकेकोले जग्गा खोजेर त्यहाँ तत्काल नयाँ भवन बनाएर सेवा विस्तार गर्ने बताउनुभयो । मन्त्री बस्नेतले भन्नुभयो, ‘ केन्द्रले मिर्गौला र कलेजोका विरामीलाई प्रदान गरिरहेको सेवा उत्कृष्ठ छ । भवन अभावमा सेवा विस्तार गर्न सकिरहेको छैन् । केन्द्रका लागि जग्गा खोज्ने र नयाँ भवन बनाउने कुरामा प्रधानमन्त्रीज्यू पनि सकारात्मक हुनु हुन्छ । यो प्रस्ताव म छिट्टै मन्त्रीपरिषदमा लैजान्छु र कार्...

योग परम्परागत चिकित्सा पद्धती र जीवनशैली हो ःबस्नेत

जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्ला बाह्र्रबिसे नगर पालिकाका प्रमुख बालकृष्ण बस्नेतले योग परम्परागत चिकित्सा पद्धती र जीवनशैली हो  भन्नु भएको छ। उँहाले बाह्रबिसे नगरपालिकाको आयोजना तथा पतञ्जली योग समिति सिन्धुपाल्चोकको समन्वयमा आईतबारबाटसुरु भएको योग को शुरु गर्दै यस्तो बताउँनु भएको हो ।      बाह्रबिसे नगरपालिका—३ खुर्सानीबारी कर्बडहलमा खुल्ला योग विज्ञान शिविर कार्यक्रम सञ्चालन भएको छ । विहान ५ बजेदेखी सुरु भई ७ बजे सकेको कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख बालकृष्ण बस्नेतले आत्मअनुशासन कायम गर्दै स्वस्थ्य र सकारात्मक जीवन बाँच्नका लागि योग गर्नेहरूको संख्या बढ्दै गएको बताउँनु भयो ।उँहाले योगले हाम्रो अस्थिर मनलाई स्थिर बनाउने काम गर्छ । मानिसका मनमा राम्रा–नराम्रा अनेक वृत्ति, उत्पत्ति र लय उत्पन्न भएका हुन्छन । त्यसैले मनमा सकारात्मक भावनाको विकास गर्नका लागि पनि योग गर्नुपर्दछ । धेरैले कुनै पनि ...