दोलखाबाट काठमाडौं जाँदै गरेको स्कारपियो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ४ गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका अनुसार मृत्यु हुनेमा काठमाण्डौ जिल्ला नागर्जुन न.पा.४ का चालक उत्तमराज महर्जन र सिन्धुपाल्चोकका स्थानीय बलबहादुर खत्री रहेको ट्राफिक प्रहरीले जानकारी दिएको छ।बा १५ च ९३७० नम्बरको स्कारपियो गाडी लामोसाँघु जिरी सडक खण्डको ५ किलो नजिकै राती २ बजे दुर्घटना भएको थियो ।
एमबी दुगड हाइड्रोको गाडी रामेछापको बाम्तीबाट काठमाडौं जाँदै गरेको थियो ।सडकबाट झण्ढै ३ सय मिटर तल सडकमा गाडी खसेपछि राती स्थानीयले उद्धार गरेका थिए । जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा घाइतेहरूको सदाबहार अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारको लागि धुलिखेलमा पठाइएको छ ।
प्रहरीका अनुसार जिल्ला सिन्धुपाल्चोक सुनकोशी गा.पा.वडा नं.०७ पाँच किलो स्थित जिरी लामोसाँघु सडक खण्डमा दोलखा बाट खाडिचौर तर्फ आउँदै गरेको बा १५ च ९३७० नं.स्कार्पियो गाडी आफै अनियन्त्रित भई सडकको घुम्ती बाट अं.३०० मिटर तल सडक मै खस्न गई दुर्घटना भएको हो । दुर्घटनाको खबर प्राप्त हुनासाथ प्र.चौ.लामोसाँघु बाट प्र.ना.नि.अनित के.सी. को कमाण्डमा ४ जना प्र.चौ.ठुलोपाखर बाट प्र.स.नि.को कमाण्डमा २ जना र ई.प्र.का.बाह्रबिसे बाट प्र.नि.देबेन्द्र राज जोशी को कमाण्डमा ७ जनाको टोलि खटीगई निम्न स्थान बस्ने निम्न घाईतेहरु लाई उद्दार गरी उपचारको लागि खाडिचौर स्थित रहेको सिन्धु सदाबाहार अस्पताल लगि उपचारको क्रममा दुई जनाको मृत्यु भई सकेको भनि डा. ले घोषणा गरेको र ४ जना घाईतेलाई धुलिखेल अस्पताल रिफर गरिएको हो । रामेछाप जिल्ल उमाकुण्ड गा.पा.२ कि संगिता बराईली निजको छोरी वर्ष ८ की युशा बराईली रामेछाप गोकुलगंगा गा.पा.१ बस्ने वर्ष ५५ की डोल्मा शेर्पा , काठमाण्डौ नागर्जुन न.पा.७ बस्ने वर्ष १४ को प्रमोद महर्जन लाए धुलिखेल अस्पतालमा रिफर गरिएको प्रहरीले जनाएको छ ।
