सम्पर्क

मिस ग्राण्ड नेपाल २०२३ मा जुगल बाेर्डिङकी उप्रेती द्वीतीय

निर्मल बस्नेत
चाैतारा(२०८० भाद्र १६) जुगल बाेर्डिङ हाईस्कुल चाैतारामा कक्षा १० मा अध्ययनरत छात्रा प्रकृति उप्रेती मिस ग्राण्ड नेपाल २०२३ काे फेस अफ ब्युटी इन्टरनेशनलकाे उपाधि प्राप्त गरेकी छिन् । उप्रेतीले मिस ग्राण्ड नेपाल २०२३ मा ५ बिजेता मध्ये द्दितीय स्थान हाँसिल गरेकी हुन् ।उप्रेतीको बुवा जुगल बाेर्डिङकाे प्रिन्सिपल आेमप्रकाश उप्रेतीले सामाजिक सञ्जाल व्यक्तिगत फेसबुकमा  खुसी ब्यक्त गरेका छन् ।
उप्रेतीको खुसी जस्ताको तस्तैलगभग पचास दिनको दौरानमा अनेकन बिधामा प्रशिक्षण,अनुभव हासिल गर्दै अन्ततोगत्वा त्यो प्रतीक्षाको घडी समाप्ति संगै Miss Grand Nepal 2023 को पाँच विजेता मध्य द्वितीय स्थान मा  Face of Beauty International को उपाधि प्राप्त गरि हामी सबैलाई खुशी तुल्याएकोमा हार्दिक बधाई एवम् धन्यवाद छोरी!  
अब अर्को एउटा गहन जिम्मेवारी काधमा आएको छ!16/17 वर्षको कलिलो उमेरमा नै राष्ट्रको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय स्तर  मा सहभागिता जनाउन पाउनु अत्यन्तै ठुलो उपलब्धि हो!
प्यारी छोरी!यो उपलब्धिमा तिम्रो लगनशीलता,मेहनत,धृढ इच्छाशक्ति त छ नै  त्यो भन्दा बढी  तिमी सफल भएको हेर्न चाहने विभिन्न संघसंस्था,व्यक्तित्व,आफन्तजनको पनि तेत्तिकै शुभाशिर्वाद,साथ र सहयोग रहेको छ!
तिमिले बिर्सन नहुने धेरै मध्य आफुले अध्यन गरेको विध्यालय रहेको  चौतारा साङाचोकगढी नगरपालिका का मेयर ज्यु लगायत सिङो टिम,पाँच नम्बर वडाध्यक्ष ज्यु, विध्यालयका सम्पूर्ण शिक्षक कर्मचारी ज्यु हरु,चौतारा नगरवासी,गृहजिल्लामा रहनु हुने सम्पूर्ण आफन्तजन,सहारा साकोसका प्रमुखज्यु,उप्रेती समाजका सचिव ज्यु,विभिन्न विध्यालयका संचालक/प्रनाध्यापक,प्याब्सन बागमती प्रदेश अध्यक्ष /सचिवज्यु हरु,प्याब्सन बागमती प्रदेश अन्तरगत जिल्ला अध्यक्षज्यु हरु,सिन्धुपाल्चोक जिल्ला प्याब्सनका व्यक्तित्वहरु,तेक्वान्दो प्रशिक्षक गुरु प्रेमजी लगायत सबै खेलाडी हरु,सरगम सङितालय का गुरु दिपकजी,प्याब्सन केन्द्रिय उपाध्यक्ष ज्युहरु,महासचिव तथा विध्यालयका अध्यक्ष आर.बि.कटवाल ज्यु,देश विदेशमा रहनु हुने काका,काकी,दाजु लगायत सबै आफन्तजन,विशेष गरेर तिम्रा दिदी भिनाजु जसको साथ,माया र आशीर्वादले तिमि यो ठाँउमा पुग्न सफल भएको छौ।सिन्धुपाल्चोक पत्रकार महासंघका अध्यक्ष ज्यु लगायत सम्पूर्ण पत्रकार मित्रहरु लगायत सबै सबै शुभचिन्तक र तिम्रा साथी सङीहरु रहनु भएको छ!
अगाडीको यात्रामा पनि माथी उल्लेखित सबैको माया र आशीर्वाद रहने नै छ!
ऐलेको भन्दा अझै प्रयास बाट आगामी दिनमा सहभागिता जनाउने कार्यक्रममा सफल हुदै राष्ट्रको नाम उच्च राख्ने छौ भन्ने विश्वासका साथ हार्दिक शुभकामना बाबा मामुको तर्फ बाट व्यक्त गर्दछौं