चौतारा अस्पतालमा आँखा उपचार शाखा र मानसिक स्वास्थ्य तथा नसर्ने रोग परामर्श कक्षको स्थापना
सिन्धुपाल्चोक जिल्लाको चौतारा अस्पतालमा आँखा उपचार शाखा र मानसिक स्वास्थ्य तथा नसर्ने रोग परामर्श कक्षको स्थापना गरिएको छ । बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालय चौतारा अस्पताल सिन्धुपाल्चोकको आयोजनामा आज एक कार्यक्रमका बिच बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले शाखा र कक्षको उद्घाटन गर्नुभएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापा मगरले निजी क्षेत्रबाट स्वास्थ्य सेवा अत्यधिक महँगो भएको बताउँदै गुणस्तरीय स्वास्थ्य सेवाको दायित्व सरकारको रहेको बताउनुभएको छ । उहाँले स्वास्थ्य सेवामा नागरिकको सहज र सर्वसुलभ पहुँच स्थापित गर्न वर्तमान प्रदेश सरकारले विभिन्न कार्यक्रम अघि बढाइरहेको बताउनुभयो । “स्वास्थ्य क्षेत्र एउटा गतिशील क्षेत्र भएको बताउँदै दिनहुँ यस क्षेत्रमा नयाँ–नयाँ अनुसन्धान भई नयाँ–नयाँ उपचार प...
