नसर्ने रोग, रोकथाम तथा न्यूनीकरण सम्बन्धी जिल्लास्तरीय समन्वय समिति गठन
नेत्र बहादुर बस्नेत , सिन्धुपाल्चोक जिल्ला नसर्ने रोग, मानसिक स्वास्थ्य प्रवर्धन, आत्महत्या रोकथाम तथा न्यूनीकरण कार्यक्रम सम्बन्धी जिल्लास्तरीय समन्वय समिति गठन गरिएको छ । शुक्रबार जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख बालकृष्ण श्रेष्ठको सभापतित्वमा नसर्ने रोग, मानसिक स्वास्थ्य प्रवर्धन, आत्महत्या रोकथाम तथा न्यूनीकरण कार्यक्रम सम्बन्धी जिल्लास्तरीय समन्वय समिति गठन तथा एक दिने कार्यशाला गोष्ठीको आयोजना गरी समिति गठन गरिएको हो । सरकारको निती अनुसार जिल्ला सम्मन्वय समितिका प्रमुखको संयोजकत्वमा जिल्ला स्थित सबै नगर पालिकाका उप प्रमुखहरु, सबै पालिकाका उपाध्यक्षहरु प्रमुख जिल्ला अधिकारी, जिल्ला सम्मन्वय अधिकारी,जिल्ला प्रहरी कार्यलयका प्रमुख,प्रदेसिक अस्पतालका प्रमुख,मानसिक रोग बिशेषज्ञ प्रमुख, नेपाल पत्रकार महासंघका प्रमुख,कन्सल्टेन्ट फिजिसियन, आयुर्बेद तथा बैकल्पिक चिकित्सालयका प्रमुख,...
