सुशासनको पक्षमा कलम चलाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्धारा सिन्धुपाल्चोकका सुदर्शन आचार्य सहीत ४जना पत्रकार पुरस्कृत हुनु भएको छ ।
आयोगले आफ्नो ३४ औँ स्थापना दिवसको अवसरमा स्तम्भकार तथा लेखक सुदर्शन आचार्यलाई भ्रष्टाचार नियन्त्रण र सुशासन अभिवृद्धिमा लेखमार्फत योगदान पु¥याएकोमा पुरस्कार प्रदान गरेको हो । यसै गरी कान्तिपुर टेलिभिजनका रमेश धमला, नागरिक दैनिकका वरिष्ठ संवाददाता टपेन्द्र कार्की र नयाँ पत्रिका दैनिकका नवराज मैनालीलाई सुशासन पुरस्कारबाट पुरस्कृत गरेको हो । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सभामुख देवराज घिमिरेले नेपाल प्रहरी प्रधान कार्यालयको अडिटोरियम हल, नक्सालमा पुरस्कार प्रदान गर्नु भएको हो । वरिष्ठ पत्रकार सुदर्शन आचार्य सम्मानित भएका छन् । लेखक तथा राजनीतिक विष्लेषक आचार्यलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुशासनको पक्षमा कलम चलाएको भन्दै सम्मान गरेको हो ।आचार्य नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका पूर्व अध्यक्ष नेपाल प्रेस युनियनमा आवद्ध रहनु भएको छ ।दिवसकै अवसरमा अख्तियारले उत्कृष्ट अनुसन्धान अधिकृतका रूपमा दुई अधिकृत र एकजना अधिकृतलाई अख्तियार सेवा पुरस्कार प्रदान गरेको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले वर्षभरि भएका अनुसन्धानमा उत्कृष्ट कार्यसम्पादन गरेबापत उपसचिव विष्णुराज बेलबासे र प्रहरी नायब उपरीक्षक (डिएसपी) कमलकुमार खड्कालाई उत्कृष्ट अनुसन्धान अधिकृत र नापी अधिकृत रुबिना शाहीलाई अख्तियार सेवा पुरस्कार प्रदान गरिएको हो ।
