दुवाचौरमा बृहत् स्वास्थ्य शिविर सम्पन्न
देबराज सुबेदी ..गणतन्त्र दिवस २०८२ को अबसरमा बागमती प्रदेश सरकार स्वास्थ मन्त्रालय स्वास्थ्य निर्देशनालय जनस्वास्थ्य कार्यलय सिन्धुपाल्चोकको योजनामा मेलम्ची नगरपालिकाको समन्वय र मेलम्ची नगरपालिका वडा नम्बर ७ का ेव्यवस्थापनमा एकीकृत जनस्वास्थ्य तथा पोषण प्रबद्र्धन अभियान प्रजनन स्वास्थ्य रुग्णता जाँच एवम ब्यबस्थापन तथा जेष्ठ नागरिक स्वास्थ्य बुढ्यौली कार्यक्रम सम्बन्धि निशुल्क स्वास्थ्य शिविर २०८२ सम्पन्न भएको छ ।
शिविरको उद्घाटन गर्दै पुर्व मन्त्री शेरबहादुर तामाङले गणतन्त्र भएपछि जनतालाई सहज भएको बताउनुभयो । उहाँले आफू स्वास्थ्य मन्त्री हुँदाको कोभिडको समय स्मरण गर्दै कोभिड बिरुद्धको खोप ल्याएर धेरै जनताको ज्यान बचाउन पाएकोमा खुशी ब्यक्त गर्नुभयो । सरकारले जनताको सुरक्षाको ध्यान दिँदै कोहि सुत्केरी तथा विपन्न बर्गका विरामिलाई हेलिकप्टर मार्फत सुबिधा सम्पन्न अस्पताल सम्म पुर्याउ...
