एमसिए नेपालसँग विद्युत प्रसारण आयोजना सम्बन्धमा मेलम्चीका ४ वडाहरुले गरे ध्यानाकर्षण
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाका वडा नं. १ देखि ४ सम्मका वडा अध्यक्षहरूले मिलेर आज (एमसिए) नेपालका कार्यकारी निर्देशकसँग भेट गरी विद्युत प्रसारण आयोजनाबाट उत्पन्न समस्याबारे गम्भीर ध्यानाकर्षण गराएका छन्। एमसिए नेपालद्वारा निर्माण हुन लागेको विद्युत प्रसारण लाइनका कारण ती वडाका नागरिकहरू प्रत्यक्ष प्रभावित हुने भएकाले प्रभावित समुदायको हक, हित र क्षतिपूर्तिको माग गर्दै लिखित ध्यानाकर्षण पत्र समेत हस्तान्तरण गरिएको हो। छलफलमा उठाइएका प्रमुख विषयहरु यस्ता छन्ः १. आयोजनाबाट प्रभावित व्यक्तिहरूको क्षतिपूर्ति र मुआब्जा सुनिश्चित गर्ने। २. हाल ४६ मिटर चौडाइलाई मात्र प्रभावित क्षेत्र मानिएकोमा यो मापदण्ड विस्तार गरी नजिकका बस्ती र विद्यालयलाई समेत लाभग्राहीमा समेट्नुपर्ने। ३. प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको समेत क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने ४. आयोजना अन्तरगत स्थानीय पूर्वाधार विकास, विश...







