मकवानपुर । बागमती प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी खानेपानी, ऊर्जा तथा सिँचाई मन्त्री कृष्णकुमार तामाङलाई तोकिएको छ ।बागमती प्रदेसमा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नियुक्त हुनु भए सँगै बसेको नवगठित पहीलो मन्त्री परिषदको बैठले सिन्धुपाल्चोक जिल्लाका क्षेत्र नं २ प्रदेस सभा ख का माननीय कृष्ण कुमार तामाङलाई प्रवक्ताको जिम्मेवारी दिएको छ ।
यो सँगै मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो मासिक पारिश्रमिकबाट आफ्नो निर्वाचन क्षेत्रभित्र रहेको एउटा अति सीमान्तकृत परिवारलाई घर निर्माण गरी हस्तान्तरण गर्ने घोषणा समेत गर्नु भएको छ ।बैठकले प्राकृतिक विपद्को कारण हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै सरकारी निकाय लगायत अन्य सङ्घसंस्थालाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय मार्फत समन्वयकारी ढङ्गले परिचालन गरिने निर्णय गरेको छ । प्रदेशभित्र उद्धार, राहत र प्रतिकार्यको लागि उच्चस्तरीय एकीकृत संयन्त्र बनाउने निर्णय गरेको प्रवक्ता तामाङले जानकारी दिनु भयो ।उहाँका अनुसार सो संयन्त्रमा आन्तरिक मामिला तथा कानुन मन्त्री संयोजक एवम् सम्बन्धित प्रशासनिक निकायका प्रमुखहरू सदस्यको रूपमा रहेनछन् । संयन्त्रलाई तयारी अवस्थामा राखी आवश्यक सामग्री तत्काल उपलब्ध गराउने समेत निर्णय भएको छ ।बैठकले प्रदेशभित्र बाढी पहिरो जस्ता प्राकृतिक विपत्तिको कारण वासस्थान गुमेकाहरूलाई अस्थायी बसोबासको प्रबन्ध मिलाउने, विपत्तिबाट क्षतिग्रस्त भएका सडकहरूको सङ्घीय सरकारको भौतिक पूर्वाधार मन्त्रालय तथा सम्बन्धित स्थानीय तहसँगको सहकार्यमा तत्काल मर्मत गरी सवारी आवागमनको प्रबन्ध मिलाउने, प्रदेशसभाबाट पारित गरेको सङ्कल्प प्रस्तावलाई कार्यान्वयन गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिने , प्रदेशभित्र रहेको अति विपन्न सीमान्तकृत समुदाय, वनकरियाको उचित वासस्थानलाई उच्च प्राथमिकता दिने, आर्थिक अवस्थाको कारण स्वास्थ्य क्षेत्रमा उच्च शिक्षा अध्ययन गर्न चाहने जेहेन्दार विद्यार्थीलाई निश्चित मापदण्डको आधारमा छात्रवृत्ति उपलब्ध गराउने निर्णय समेत भएको सरकारका प्रबक्ता मन्त्री तामाङले बताउँनु भयो ।
