सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारीको रुपमा जिम्मेवारी सम्हाल्न आइ पुग्ग्नु भएका नव नियुक्त प्रमुख जिल्ला अधिकारी बन्धुप्रसादबास्तोलाले सिन्धुुपाल्चोक जिल्लामा शान्ती सुरक्षालाइ अझ बढी प्रभाबकारीता बनाउँदै बाढी तथा पहिरोको जोखिम उच्च भएका जानकारी रहेको र मौसम पूर्वानुमानलाई भरपर्दो मान्दै सोही अनुसार पालिकाहरूलाई विपद् व्यवस्थापनमा तयारी गर्न निर्देशन दिइने बताउँनु भएको छ ।
उँहाले नेपाल पत्रकार महासघंका अध्यक्ष सहितका पत्रकारहरु सँग कुरा गर्र्दै यस्तो बताउँनु भएको हो । उँहाले सूचना अधिकारीबाट सरल र सहज माध्यमबाट जानकारी तथा तथ्यांक लिन सकिने र सेवालाई थप पारदर्शी बनाउनु आफ्नो पहिलो प्राथमिकता रहेको समेत सो अबशरमा बताउँनु भयो । यसै बिच बहुविवाह सम्बन्धी कानुन संशोधन प्रस्ताव खारेज गर्न सिन्धुपाल्चोकका नागरिक समाजले प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलालाई औपचारिक ज्ञापनपत्र बुझाएको छ । प्रस्तुत ज्ञापनपत्रमा यस्तो संशोधन सामाजिक रूपमा विभेदकारी, अन्यायपूर्ण र हिंसात्मक भएकाले अस्वीकार्य रहेको स्पष्ट गरिएको छ।नागरिक समाजले बहुविवाह प्रथालाई कानुनी मात्र नभई सामाजिक र नैतिक दृष्टिले पनि नकारात्मक ठहर गर्दै यसले महिला अधिकार, मानव अधिकार र सामाजिक समानतामा ठूला चुनौती उत्पन्न गर्ने भएकाले तत्काल फिर्ता लिन जोडदार माग गरेको छ।प्रमुख जिल्ला अधिकारी बास्तोलाले ज्ञापनपत्र बुझ्नु हुँदै तत्काल सम्बन्धित निकायमा जानकारी गराउने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।
