सम्पर्क

ब्रेकिङ न्युज १

सिन्धुपाल्चोकका शिक्षक आन्दोलित

ब्रेकिङ न्युज १, समाचार
 नेपाल शिक्षक महासंघ जिल्ला कार्यसमिति सिन्धुपाल्चोकले शुक्रबार शिक्षक आन्दोलनबारे शिक्षा विकास तथा समन्वय इकाईलाई जानकारी साथ ध्यानाकर्षण पत्र बुझाएको छ । शिक्षा विकास तथा समन्वय इकाई सिन्धुपाल्चोकमा ध्यानाकर्षण पत्र इकाइ प्रमुख बैकुण्ठ सुवेदीलाई बुझाउने कार्य सम्पन्न भएको हो । शिक्षक–कर्मचारीमैत्री अग्रगामी विद्यालय शिक्षा ऐन ल्याउनुपर्ने मुख्य मागसहित ध्यानाकर्षण पत्र बुझाइएको हो । निजामती कर्मचारीहरुको दाँजोमा शिक्षकलाई विभेद गरिएको आरोप उनीहरुको छ । अस्थायी, करार, राहत शिक्षकहरुलाई दरबन्दीमा ल्याएर सेवासुविधा सहितको पेशाको ग्यारेन्टी हुनुपर्ने विरोधमा उत्रिएका शिक्षकहरुले माग राखेका छन् । नेपाल शिक्षक महासंघ जिल्ला अध्यक्ष कुमार प्रसाद खतिवडाको नेतृत्वमा नेपाल शिक्षक महासंघ जिल्ला समितिको पदाधिकारी तथा सदस्यहरु,नेपाल शिक्षक महासंघ स्थानीय समितिको अध्यक्ष तथा पदाधिकारीहरु, नेपाल शिक्ष...

‘सामाजिक सञ्जाल विधेयक, २०८१’ फिर्ता लिन प्रेस युनियनको माग

जिबनशैली, बिदेश, ब्रेकिङ न्युज १, विचार, समाचार
काठमाडौँ, ८ फागुनः नेपाल प्रेस युनियनले ‘सामाजिक सञ्जाल विधेयक, २०८१’ फिर्ता लिन सरकारसँग माग गरेको छ ।युनियन केन्द्रीय समितिको आयोजनामा काठमाडौँमा यही फागुन ५ गते आयोजित प्रदेश अध्यक्ष र ६–७ गते शाखा अध्यक्षको राष्ट्रिय सम्मेलनले १२ बुँदे घोषणापत्र जारी गर्दै यस्तो माग गरेको हो । ‘सामाजिक सञ्जाल विधेयक, २०८१’ मा व्यवस्था भएका केही विषयमा युनियनको गम्भीर असहमति रहेको युनियनले सम्मेलन समापनपछि जारी घोषणापत्रमा उल्लेख छ ।विधेयकमा ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता’मा असर पार्ने गरी राखिएका प्रावधान सरोकार भएकाहरूसँग छलफल तथा परामर्श गरेर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई सुनिश्चितताका लागि फिर्ता लिन माग गरिएको हो ।सम्मेलनले नेपाल प्रेस युनियनका साङ्गठनिक गतिविधि, श्रमजीवी पत्रकार र पत्रकारिताका मुद्दा, पत्रकारको पेसागत सुरक्षा, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, प्रविधिको विकासले सञ्चारक्षे...

काम गर्ने इच्छाशक्ती हनेलाइ सहयोग गर्न नगरपालिका आतुर

कृषि, बिजनेस, ब्रेकिङ न्युज १, समाचार
कबीता श्रेष्ठ,सिन्धुपाल्चोक जिल्ला चौतारासाँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्ण प्रसाद सापकोटाले नगरपालिका कृषकलाइ अनुदान सहयोग गर्न आतुर रहेको नगरका कृषकहरु पनी अनुदान लिन इच्छुक रहेको भएता पनी नगरपालिका र कृषकबिचको दुरी नजीक नभएकै कारण अनुदानमा समस्या उत्पन्न भएको बताउँनु भएको छ । उँहाले चौतारासाँगाचोकगढी नगरपालिका वडा नं ८को सहयोगमा नेत्रज्योती कृषी सहकारी सस्थांको आयोजनामा भएको तरकारी उत्पादन तथा बजारिकरण सम्बन्धी भएको बित्तीय साक्षरता कार्यक्रममा सहभागी कृषकहरु सँगको कार्यक्रममा बोल्दै यस्तो बताउँनु भएको हो । उँहाले कृषकले म यो गर्छु म यो व्यवसाय गराउँछु भनेर भित्री मनले इच्छाशक्ती देखाएर सके नगरपालिका नसके वडा कार्यलयमा आएर माग पेश गर्नु भयो भने त्यसलाइ सम्बोधन हुन्छ । त्यसका लागी ब्यक्तीगत होइन सके सम्म समुहगतमा नै हुँदा राम्रो हुने बताउँनु भयो । उँहाले नगरपालिकाका भित्र उत्पादनमा आधा...

सिन्धुपाल्चोक सबै स्थानीय तहमा शिक्षकले बुझाए ध्यानाकर्षण पत्र

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
पृथ्वी जंग पाण्डे,       नेपाल शिक्षक महासंघका राष्ट्रिय समितिले देशव्यापी आन्दोलन सुरु गरेको छ।आन्दोलनका कार्यक्रमअन्तर्गत मंगलबार सिन्धुपाल्चोक जिल्लाको १२ वटै पालिकामा महासंघको स्थानीय कार्यसमितिले कालोपट्टि बाँधी खबरदारी जुलुससहित ध्यानाकर्षण पत्र बुझाएको छ।सिन्धुपाल्चोक शिक्षक महासंघका अध्यक्ष कुमारप्रसाद खतिवडाले आन्दोलन परिचालन समिति बनाएर सबै पालिकामा कालोपट्टि बाँधेर खबरदारी जुलुससहित ध्यानाकर्षण पत्र बुझाउन जिल्ला समितिको शनिबार बसेको जुम बैठक मार्फत अनुरोध गर्नुभएको थियो।    नेपाल शिक्षक महासघं चौतारासाँगाचोकगढी नगर कार्य समितीले नगर प्रमुख कृष्ण प्रसाद सापकोटालाइ पत्र बुझाएको छ ।      यसै क्रममा नेपाल शिक्षक महासंघ, मेलम्ची नगर समितिले मेलम्ची नगरपालिकामा ध्यानाकर्षण पत्र बुझाउने काम सम्पन्न गरेको छ । शिक्षक महासंघ मेलम्ची नगर अध्यक्ष शिवप्रसाद ढुंगानाले जिल्ला अध्यक्ष कुमारप्...

दलीत,अपाङ्ग,माझी, ६०बर्षमाथीको सबैको स्वास्थ्य बिमा नगरपालिकाले गरिदिने

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
नेपाल सरकारले सबैका लागी स्वास्थ्यमा पहुँच पुगोस भन्नका लागी पारिवारिक स्वास्थ्य बिमा लागु गरेको छ । यसरी बिमा गरेपछी अस्पतालमा बिमा गरेका बिरामीहरु उपचार गर्न जाँदा बिभिन्न बहाना बनाएर समयमा उपचार नपाएको गुनासो आईरहँदा चौतारा साँगाचोकगढी नगरपालिकाले पालिका मातहतमा अस्पाताल सञ्चालनका लागी सरकारसँग माग गर्ने निर्णय गरेको छ । संघ प्रदेस सरकार अन्तरगत सञ्चालित अस्पतालहरुले हरेक बहानामा बिमाका बिरामी उपचारमा ढिलाइ गरेको गुनासो आएपछी नगरपालिकाले यो कदम चाल्न लागेको नगरप्रमुख कृष्ण प्रसाद सापकोटाले बताउँनु भयो । मंगलबार नगरपालिकामा आयोजित स्वास्थ्य विमा बोर्ड जिल्ला सम्पर्क शाखा कार्यालय सिन्धुपाल्चोकका बिमा दर्ता अधिकारी वडागत स्वास्थ्य बिमा दर्ता सहयोगी, सञ्चारकर्मीहरु सहितको नगरपालिकाको लक्षीत बर्गको स्वास्थ्य बिमा कार्यन्वयन समितीको छलफलमा यस्तो बताउँनु भएको हो । कार्यक्रममा जिल्लाको १२ वटा ...
कृषकको सहयोगी साथी बन्दै नेत्रज्योती सहकारी

कृषकको सहयोगी साथी बन्दै नेत्रज्योती सहकारी

कृषि, ब्रेकिङ न्युज १, समाचार
स्थानीय कृषकको सहयोगी साथीको रुपमा नेत्र ज्योती कृषी सहकारी संस्था आएकोमा खुशी लागेको चौतारा साँगाचोकगढी नगरपालिकाका कृषकहरुले बताएका छन् । नेत्रज्योती कृषी सहकारी संस्थाको आयोजनामा वडा नं. २ मा भएको कृषि अनुसन्धान तथा अभिमुखीकरण कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन । सिन्धुपाल्चोक जिल्लाको चौतारा सागाचोकगढी नगरपालिका वडा नं. २ बतासेमा वडा नं.२ को आर्थिक सहयोगमा कृषि अनुसन्धान तथा अभिमुखीकरण कार्यक्रममा माटो अनुसार खेती कसरी गर्ने र हरेक नागरिकले आफ्नै जमिनमा खाद्यन्न उतपादन गर्ने तरिकाका बारेमा भवानी प्रसाद बराल र महेश गौतमले जानकारी गराउँनु भएको थियो । २ नं. वडा अध्यक्ष सुदिप श्रेष्ठको प्रमुख अतिथ्यतामा प्रधानमन्त्री कृषी आधुनिककरण परियोजना सिन्धुपाल्चोकका प्रमुख सुरेन्द्र पोख्रेलको बिशेष अतिथ्यतामा नेपाल पत्रकारमहासघं सिन्धुपाल्चोकका कोषाध्यक्ष दिपक खत्री वडा सचिब मोहन बहादुर थापा,...

चौतारामामहिला जनप्रतिनिधी तथा सरोकारवाला पक्षहरूबिच अभिमुखीकरण शुरु

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिकाले नगर भित्रका महिला जनप्रतिनिधी तथा सरोकारवाला पक्षहरूबिच अभिमुखीकरण कार्यक्रम गरेको छ । नगर महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाले मंगलबार र बुधवार मानव अधिकार, महिला अधिकार काम कर्तव्य सम्बन्धि अभिमुखिकरण कार्यक्रम गरेको हो । कार्यक्रम मङ्गलबार नगर प्रमुख कृष्ण प्रसाद सापकोटाको प्रमुख अतिथ्यतामा र नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बैकुण्ठ प्रसाद सापकोटाको बिशेष अतिथ्यतामा र उप–प्रमुख सिता थापाको सभापतित्वमा कार्यक्रम शूरु भएको हो । कार्यक्रमको शुरुमा आफ्नो भनाइ राख्नु हुँदै नगर प्रमुख सापकोटाले महिलाहरुले गरेका हरेक कामको पारदर्शीता हुने भएकाले महिलाको सहभागीतामा अनिवार्य गरिएको भएता पनि महिलाहरुले आफ्नो अधिकारका बारेमा पुर्णरुपमा जानकार नभएको हुँदा केही महिलाहरु ओझेलोमा पर्ने गरेकाले नगरपालिकाबाट त्यस्तो नहोस् भन्नका लागी यो कार्य...

आचार्य सहीत लाइ अख्तीयारको पुरस्कार

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
सुशासनको पक्षमा कलम चलाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्धारा सिन्धुपाल्चोकका सुदर्शन आचार्य सहीत ४जना पत्रकार पुरस्कृत हुनु भएको छ । आयोगले आफ्नो ३४ औँ स्थापना दिवसको अवसरमा स्तम्भकार तथा लेखक सुदर्शन आचार्यलाई भ्रष्टाचार नियन्त्रण र सुशासन अभिवृद्धिमा लेखमार्फत योगदान पु¥याएकोमा पुरस्कार प्रदान गरेको हो । यसै गरी कान्तिपुर टेलिभिजनका रमेश धमला, नागरिक दैनिकका वरिष्ठ संवाददाता टपेन्द्र कार्की र नयाँ पत्रिका दैनिकका नवराज मैनालीलाई सुशासन पुरस्कारबाट पुरस्कृत गरेको हो । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सभामुख देवराज घिमिरेले नेपाल प्रहरी प्रधान कार्यालयको अडिटोरियम हल, नक्सालमा पुरस्कार प्रदान गर्नु भएको हो । वरिष्ठ पत्रकार सुदर्शन आचार्य सम्मानित भएका छन् । लेखक तथा राजनीतिक विष्लेषक आचार्यलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुशासनको पक्षमा कलम चलाएको भन्दै सम्मान...

माघ सकिनै लाग्दा न हिउँ न वर्षा

कृषि, जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
गण्डकी, २८ माघ : यसपालिको हिउँदयाममा हिमाली जिल्लामा हिउँ पर्न सकेन । जाडोको खास महसुस गर्न नपाइ माघ गुज्रनै आँटेको छ । पहिलपहिले हिउँले सेताम्मे हुने हिमाली र उच्च पहाडी क्षेत्रमा सुक्खापन छाएको छ । गाउँबस्ती र डाँडाकाँडा फुस्रा भएका छन् । कृषि ज्ञान केन्द्र मुस्ताङका कृषि अधिकृत दिलीप नेपालीले हिउँ र वर्षा नहुँदा किसानलाई पिरलो थपिएको बताउनुभयो । “हिउँ नपर्दा स्याउ खेतीमा असर पुग्छ, रोककिराको प्रकोप बढ्न सक्छ”, उहाँले भन्नुभयो, “मुस्ताङमा लगाइने उवा, जौँ, गहुँ, लसुन, आलुलगायत बालीको उब्जाउ क्षमता पनि घट्छ ।” मौसमअनुसार हिउँ र पानी नपर्दा बालीनालीको उब्जनी र गुणस्तर खस्कने उहाँको भनाइ छ । पछिल्लो समय जलवायु परिवर्तनको तीव्र असर हिमाली भेगमा परेको विभिन्न अध्ययनले देखाएको छ । मौसमी घटना र प्रवृत्तिमा यस्तै क्रम दोहोरीरहे हिमाली क्षेत्रमा नयाँ खेतीबालीको प्रवेश हुने र रैथाने उत्पादन लोप हुन...

किसानले बारीको जगल्टा पोलेका कारण जेल जान पर्छ हाइड्रेपावरलाइ के हुन्छ ? बस्नेत

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
नेपााली काँग्रेसका केन्द्रीय सदस्य माननीय मोहन बहादुर बस्नेतले सासदको बैठकमा आफ्नो भनाइ राख्नु हुँदै गरिब किसानले बारीको जगल्टा पोल्दा हुने आगलागीका कारण बन कार्यलयले जेल हाल्छ हाइड्रेपावरलाइ के कार्बही हुन्छ भनी प्रश्न उठाँउनु भएको छ । उँहाले वनमा आगो लागेका कारण ठुलो क्षती भएकाले यसको क्षती पुर्तीको व्यस्था गर्न माग गर्नु भएको छ । उँहाले १८गते बाट आगलागी शुरु भयो हिन्दीमा हाइड्रेपावरको करेण्ट सट भएर आगलागी भएको स्पष्ट भएको छ । भोटेकोशी गााउपालिका नेपाली सेना प्रहरी पालिका अध्यक्ष सबै लागेर आगलागी नियन्त्रणमा लिन खोज्दा पनी नसके पछी हेलीकप्टरबाट निभाउँन पर्यो यसको क्षती कसले ब्योहोर्ने कसरी कार्बही हुन्छ भनी प्रश्न गर्नु भयो । उँहाले गरिब किसानले बारीमा जिलाउटा पोल्दा गएको आगो बाट बनमा आगलागी हुँदा र बारीको डिलमा रुख काट्दा जेल जान परिरहेको अबस्थामा अब यस्ता हाइड्रेपावरलाइ के कार्बाही हुन...