सम्पर्क

किसानले बारीको जगल्टा पोलेका कारण जेल जान पर्छ हाइड्रेपावरलाइ के हुन्छ ? बस्नेत

नेपााली काँग्रेसका केन्द्रीय सदस्य माननीय मोहन बहादुर बस्नेतले सासदको बैठकमा आफ्नो भनाइ राख्नु हुँदै गरिब किसानले बारीको जगल्टा पोल्दा हुने आगलागीका कारण बन कार्यलयले जेल हाल्छ हाइड्रेपावरलाइ के कार्बही हुन्छ भनी प्रश्न उठाँउनु भएको छ । उँहाले वनमा आगो लागेका कारण ठुलो क्षती भएकाले यसको क्षती पुर्तीको व्यस्था गर्न माग गर्नु भएको छ । उँहाले १८गते बाट आगलागी शुरु भयो हिन्दीमा हाइड्रेपावरको करेण्ट सट भएर आगलागी भएको स्पष्ट भएको छ । भोटेकोशी गााउपालिका नेपाली सेना प्रहरी पालिका अध्यक्ष सबै लागेर आगलागी नियन्त्रणमा लिन खोज्दा पनी नसके पछी हेलीकप्टरबाट निभाउँन पर्यो यसको क्षती कसले ब्योहोर्ने कसरी कार्बही हुन्छ भनी प्रश्न गर्नु भयो । उँहाले गरिब किसानले बारीमा जिलाउटा पोल्दा गएको आगो बाट बनमा आगलागी हुँदा र बारीको डिलमा रुख काट्दा जेल जान परिरहेको अबस्थामा अब यस्ता हाइड्रेपावरलाइ के कार्बाही हुन्छ भन्दै कानुन गरिब धनी साना ठुला सबैलाइ लागु हुन पर्ने बताउँनु भयो । सिन्धुपाल्चोक जिल्लामा मात्र ८२हेकटर जमीनमा आगलागी भएको छ । जिल्लाको भृोटेकोबी गाँउपालिकामा मात्र ६०हेक्टरमा आगलागी भएको छ । गाँउपालिकाकाा अध्यक्ष पासाङनुर्पु शेर्पाले समयमा नै होसीयारी अपनाउँदै सम्भाबीत क्षेत्रका मानीसहरुलाइ सुरक्षीत स्थानमा राख्न र सतर्क हुन सचेत गराएका कारण पनी मानबीय क्षेती हुन बाट बचेको स्थानीयबासीको भनाइ रहेको छ । लिपिङ खोलामा निर्माणाधीन २६ मेगावाटको लिपिङ खोला जलविद्युत् आयोजनाको टनेल साइडमा वेल्डिङ गर्ने क्रममा करेन्ट सर्ट भएर आगो सल्किएर डढेलो लागेका थियो । मानवीय क्षति नभएको र अहिले सबै वन क्षेत्रमा लागेको आगो नियन्त्रणमा आइसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमाशंकर यादवले जानकारी दिनु भयो । उँहाका अनुसार भोटेकोशी गाउँपालिका वडा नं २ लिपिङ्ग खोला स्थित गौरी शङ्कर संरक्षण वनमा ३५हेक्टर,सोही गाँउपालिका ५चन्द्रकु स्थित शेर्पा घुमेलान सामुदयक जङ्गलमा २५हेक्टर लिसखुंपादर गाँउपालिका वडा न २को झ्याङ्गबारी स्थित कृष्ण दर्जीको ब्यक्तीगत पाखो मा १हेक्टरजुगल गाँउपालिका वडा नं २किप्चे स्थित स्याङजी सामुदयक वनमा १हेक्टरर सोही गाँउवपालिका ५को चरे डाँडा स्थितमुल खर्क सुामुदायक बनमा १ हेकटर र जुगल गाँउपालिका ७को सिमानामा पर्ने खराने फोदन सामुदायक बनमा २० हेक्टर गरी जम्मा ८२हेक्टर जमीनमा आगलागी भएको हो । डढेलो नियन्त्रणको लागी सुरक्षाकर्मी, स्थानीय, जनप्रतिनिधिहरूले हेलिकोप्टरबाट पानी लगेर खन्याइएको थियो ।डढेलो नियन्त्रण गर्न सिम्रिक एयरको हेलिकोप्टरबाट भोटेकोशीको पानी ओसारेर हालिएको थियो । आठ सय लिटरको दरले ५४ पटक हेलिकोप्टरले डढेलोमा पानी खन्याएको थियो । हेलिकोप्टर प्रयोग गरेर पानी खन्याउदाँ दैनिक २० लाख बढी खर्च निस्किएको जनाएको छ ।उक्त खर्च लिपिङ खोलामा निर्माणाधीन २६ मेगावाटको लिपिङ खोला जलविद्युत् आयोजनाले व्यहोर्ने भएको छ । सोही आयोजनाको टनेल साइडमा वेल्डिङ गर्ने क्रममा करेन्ट सर्ट भएर आगो सल्किएर डढेलो लागेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत समेत रहनु भएक प्रनाउ यादवले बताउनुभयो । बस्तीमा आगो पुग्न नदिन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय, जनप्रतिनिधि खटेका कारण मानबीय क्षेती भएन । यसै गरी भोटेकोशी गाउँपालिका वडा १ काङलाङमा विद्युत्को तार सट भएर आगो लाग्दा आगोले घरमा भाँडाकुडा, खाद्यान्न लत्ताकपडा जलेर नष्ट भएपछि वीरबहादुरको परिवार विचल्लीमा परेको स्थानीय शिक्षक पशुराम गौतमले जानकारी दिनु भयो । पहिरोबाट बचेको जमिनमा खेतीपाती गरेर जिविकोपार्जन गरिरहेका विकको परिवारलाई दैनिक छाक टार्न मुस्किल छ । ‘विक गीत गाएर चिनिए, त्यसले गुजारा चलाउने प्रयास गरेको परिवारलाई अहिले आपत् परेको छ, बर्खामा घर जोखिममा थियो, अहिले त्यही घर पनि आगोले ध्वस्त बनाएको छ ।