सम्पर्क

ब्रेकिङ न्युज १

आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ । संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णय अनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो । सङ्घले घोषणा गरेका दिवसमध्ये ९० दिनमा १७७ देशले समर्थन गर्ने कीर्तिमान योग दिवसले कायम गरेको छ । सन् २०१६ देखि २१ जुनमा अन्तर्राष्ट्रिय योग दिवस विश्वभर मनाइएकोे थियो ।...

लप्सी पकेट क्षेत्रमा प्रशोधन प्रविधि हस्तान्तरण

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, समाचार
 विदुर आचार्य, चौतारा, असार ५ गते । सुनकोशी गाउँपालिकाले स्थानीय लघु उद्यमीहरुलाई लक्षित गर्दै लप्सी र साबुन प्रशोधनमा प्रयोग हुने प्रविधि हस्तान्तरण गरेको छ । बिहीबार आयोजित एक कार्यक्रममा गाउँपालिकाले वडा नं. १ र ५ मा सामूहिक रूपमा लप्सी तथा साबुन व्यवसायमा संलग्न उद्यमी समूहहरुलाई आवश्यक प्रविधि हस्तान्तरण गरेको हो । गाउँपालिका अध्यक्ष टपिन्द्र प्रसाद तिमल्सिनाले प्रविधि हस्तान्तरण गर्नुहुँदै भन्नुभयो, ‘प्रविधि हस्तारन्तरणले लघु उद्यमीहरुको उत्पादन क्षमता वृद्धि र व्यवसायिक विकासमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास रहेको छ ।’ कार्यक्रम गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको हो । यसअघि मानव स्रोतको भरमा सीमित मात्रामा लप्सी प्रशोधन हुँदै आएकोमा अब प्रविधिको सहयोगले उत्पादन वृद्धि र गुणस्तरीयता सुनिश्चित हुने अपेक्षा गाउँपालिकाले गरेको छ । गाउँपालिका उद्यम ...

बाह्रबिसे स्वास्थ्य चौकी बाह्रबिसे ३ मा प्रशूती प्रतिक्षा घर शुभारम्भ

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
  हिरा खड्का÷बाह्रबिसे,सिन्धुपाल्चोकजिल्लाको बाह्रबिसे नगरपालिका वडा नं ३ माथिल्ले थापा गाउँ स्थीत बाह्रबिसे स्वास्थ्य चौकी प्रशूती केन्द्रमा प्रशूती सेवा सँगै प्रशूती प्रतिक्षा घर शुभारम्भ भएको छ । बाह्रबिसे नगरपालिका नगरउपप्रमुख मन्जु तामाङले प्रशुती प्रतिक्षा घरको उद्धघाटन गर्नु भए सँगै शुभारम्भ भएको हो ।   प्रमुख अतिथी तामाङले यो नयाँ कार्यको प्रशंशा गर्नु हुँदै यसत प्रकारको सामाजीक काम मात्र होइन सेवामुखी काममा बाह्रबिसे नगरपालिकाले हरेक क्षेत्रमा सहयौगी काम गरिु रहेको बताउानु हुँदै आगामी दिनमा पनी आबश्यकता अनुसार यस्ता कामहरु गर्दे जाने बताउँनु भयो । केही बर्ष पहिले देखी क्षेमा देबी माध्यामिक विद्यालयसँगै रहेको ट्रस्ट (कच्ची) भवनबाट प्रशूती सेवा प्रबाह भए पनि नयाँ पक्की भवननिमार्ण सम्पन्न पश्चात केही महिना अघिबाट उक्त सेवा शुरु भएको थियो ।नयाँ भवनमा प्रशुती लगायत स्वास्थ्य चौ...
त्रिपुरासुन्दरीमा अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन पालिका घोषणा

त्रिपुरासुन्दरीमा अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन पालिका घोषणा

खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
 पृथ्वीजंग पाण्डे / पिस्कर सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिका अध्यक्ष भक्तध्वज बोहराको सभाध्यक्षतामा बुधबार गाउँपालिकाको सभाहलमा आयोजित एक समारोहबीच त्रिपुरासुन्दरीलाई अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन पालिका घोषणा गरिएको हो ।नेपालको संविधान २०७२ र अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन, २०७५ मा भएको व्यवस्थाअनुसार गाउँपालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा लागु गरिएको अध्यक्ष भक्तध्वज बोहराले ले जानकारी दिनुभयो।   आधारभूत शिक्षा प्राप्त नगरेमा राज्यबाट पाउने सेवा सुविधा नपाइने भएकोले निशुल्क शिक्षा प्राप्त गर्न लागि पर्न सबैलाई आव्हान गर्नुभयो ।गाउँपालिका उपाध्यक्ष गिताकुमारी नेपालले पालिकाको निर्मित समितिहरु चलायमान हुनुपर्ने र साना नानीहरुको ओठमा मुस्कान ल्याउन सबै मिलेर लाग्नुपर्ने बताउनुभयो...
भेटेकोशी र सुनकोशीमा सतर्क रहन अपिल

भेटेकोशी र सुनकोशीमा सतर्क रहन अपिल

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक र भोटेकोशी गाँउपालिकाले असार ३ देखि ७ गतेसम्म वर्षा र बाढीको जोखिम रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यलयका सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले एक सूचना जारी गर्दै असार ३ देखि ७ गतेसम्म वर्षा र बाढीको जोखिम रहेको भन्दै सतर्कता अपनाउन आग्रह गर्नु भएको छ । यस अघी भेोकोश िगाँउपालिकाकाले पनी सबैलाइ सतर्कता अपनाउँन आग्रह गरेको छ । ‘भोटेकोशी र सुनकोशी नदी आसपास ( भोटेकोशी गाउँपालिका, बाह्रबिसे नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, सुनकोशी गाउँपालिका, बलेफी गाउँपालिका र चौतारा साँगाचोकगढी नगरपालिकाको भोटेकोशी÷सुनकोशी नदी आसपास) क्षेत्रमा जोखिम हुन सक्ने भएकोले नदी आसपास क्षेत्रमा बसोबास गर्नुहुने महानुभावहरुमा सतर्कता अपनाउन अनुरोध छ’, सूचनामा भनिएको छ ।  ...
वृद्धवृद्धाहरूलाई सीप विकास तालिम ः स्वनिर्भर बनाउने उद्देश्य

वृद्धवृद्धाहरूलाई सीप विकास तालिम ः स्वनिर्भर बनाउने उद्देश्य

कृषि, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, समाचार, साहित्य, स्वास्थ्य
असार ४, केके मानन्धर । न्हापांगु पलाः नेवाः मिसा ग्वहालि पुचःले जेष्ठ नागरिकहरु लक्षित गरी क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको छ । मध्यपुर थिमिको बोदेस्थित कुमारी पार्कमा आयोजित समापन कार्यक्रममा सहभागीहरूलाई प्रमाणपत्र हस्तान्तरण गरिएको थियो । बागमती प्रदेश सरकारका सांसद माननीय नुरज बज्राचार्य; वडा अध्यक्ष रमेश थापा श्रेष्ठ र नेपाली सेनाका मेजर पूर्ण प्रजापतिले ४२ प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र प्रदान गरे ।  यसैबीच, मिसा पुचःको स्थापनादेखि नै योगदान गर्दै आएकी प्रमिला बज्राचार्यलाई सम्मान गरिएको थियो । पुचःले बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय र सामाजिक विकास कार्यालयको लागत साझेदारीमा तालिम दिएको थियो । तालिम अन्तर्गत प्रशिक्षार्थीहरूलाई डोला र बोटा बनाउने, लप्ते (नेवाः भोज खाँदा प्रयोग हुने पातबाट बनेको बस्तु) सिलाई गर्ने र सुकुल बुन्ने तालिम दिइएको थियो । घरमा छोराबुहारी र...

‘पाँचखालका तरकारी सुरक्षित र खानयोग्य रहेको प्रमाणित’

बिजनेस, ब्रेकिङ न्युज १, समाचार
काभ्रेपलाञ्चोक तरकारी र खाद्यान्नको भण्डारका रुपमा परिचित पाँचखाल नगरपालिकामा उत्पादन भएका तरकारी ‘सुरक्षित र खानयोग्य’ रहेको परीक्षणले देखाएको छ । गत जेठ अन्तिम साता विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ कालीमाटीका प्राविधिकहरुद्वारा सङ्कलित विभिन्न १५ जातका स्थानीय तरकारी परीक्षण गर्दा विषादीको अवशेष निकै कम देखिएको हो । प्राविधिक टोलीले पाँचखालका कृषकको खेतबारीमै पुगेर उत्पादित लौका, तुनेबोडी, काँक्रो, गालेभेँडा, बुलेट खुर्सानी, बन्दा, हरियो फर्सी, भेँडेखुर्सानी, रायो साग, हरियो धनियाँ, भिण्डी, तीतेकरेला, भण्टा, घिरौँला सङ्कलन गरी प्रयोगशालामा परीक्षण गरेकामा ती तरकारीमा सरदर शून्य दशमलव २१ देखि १२ दशमलव २४ प्रतिशतसम्म विषादीको अवशेष देखिएको स्पष्ट गरेको छ । विषादी अवशेष द्रूत विश्लेषण कार्यविधि, २०७५ मा ३५ देखि ४५ प्रतिशतसम्म देखिएमा चार–पाँच दिन क्वारेन्टिनमा राखेर पुनः परीक...

फेसबुकमा सुसाइड नोट लेखेर सम्पर्कविहिन बनेका डा.केशव श्रेष्ठ सकुशल फेला

ब्रेकिङ न्युज १, समाचार
फेसबुकमा सुसाइड नोट लेखेर सम्पर्कविहिन बनेका डा. केशव श्रेष्ठ सकुशल भेटिएका छन् । उनलाई प्रहरीले बालाजुबाट नियन्त्रणमा लिएको छ । प्रहरी स्रोतका अनुसार बालाजुको एउटा घर वा होटलमा उनी फेला परेका हुन् । डा. श्रेष्ठ सोमबार बिहान सामाजिक सञ्जालमा लामो स्ट्याटसमा आफू डाक्टर बन्ने सङ्घर्षदेखि अस्पताल व्यवस्थापनमा देखिएको प्रतिरोध, भ्रष्ट अभ्यासविरुद्धको प्रयास र त्यसबापत आफूले भोगेको अन्यायबारे पीडा पोखेर अलबिदा लेखेर सम्पर्कविहीन बनेका थिए ।...

बागमती प्रदेशसरकारको ६७ अर्बको बजेटमा को कुन मन्त्रालयलाई कति?६७ अर्बको बजेट

खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, समाचार
  बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८२÷८३ का लागि ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ। आइतबार राती आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले ६७अरबको बजेट प्रस्तुत गर्नु भएको हो । दिउसो ३बजे बजेट प्रस्तुत गर्नै भनीउको भउता पनी मनत्रालयका सचिबले बजेट बनाउँदा मन्त्री सँग सल्लाह नगरी एकलौटी बजेट निर्माण गरेको भन्दै बिबाद भए पछी बजेट प्रस्तुत गर्न राती भएको बताइएको छ । कुल विनियोजनमध्ये ४१ अर्ब ४३ करोड २६ लाख ३६ हजार रुपैयाँ पूँजीगततर्फ छुट्याइएको छ जुन कुल बजेटको ६१.४० प्रतिशत हो। चालु खर्चतर्फ भने २६ अर्ब ४ करोड ४६ लाख ९१ हजार रुपैयाँ अर्थात् ३८.६० प्रतिशत विनियोजन गरिएको छ।मन्त्री काफ्लेले आर्थिक वृद्धिसँगै सेवा प्रवाहको प्रभावकारिता र दिगोपनामा बजेटले टेवा पु¥याउने बताउँनु भयो ।बजेट कार्यान्वयनका लागि सरकारले कर तथा गैरकर स्रोतबाट आम्दानीको खाका ...

चौतारामा रक्त समूह परीक्षण कार्यक्रम सम्पन्न

ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
चौतारा विश्व रक्तदाता दिवसको अवसरमा शनिबार श्रीकृष्ण मन्दिर परिसर, पुरानो बजारमा रक्त समूह परीक्षण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा ६९ जना विभिन्न उमेर समूहका व्यक्तिहरूले रक्त समूह परीक्षण गराएका छन् । कार्यक्रम जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आर्थिक सहयोगमा, नेपाल रेडक्रस सोसाइटी, चौतारा रक्तसंचार सेवा केन्द्रको समन्वयमा र ब्लड डोनर्स एशोसिएसन नेपाल (ब्लोडान) सिन्धुपाल्चोकको आयोजनामा सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख उद्देश्यहरूमा जनस्वास्थ्यको सुदृढीकरण र व्यक्तिगत स्वास्थ्य सचेतना अभिवृद्धि रहेको थियो । रक्त समूहको पहिचान स्वास्थ्य सुरक्षाका दृष्टिकोणले महत्वपूर्ण हुने भएकाले यस्ता कार्यक्रमले जनस्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । आपतकालीन अवस्थामा, जस्तै दुर्घटना वा शल्यक्रिया जस्ता परिस्थितिमा छिटो र प्रभावकारी उपचारको लागि रक्त समूहको जानकारी ...