सम्पर्क

ब्रेकिङ न्युज १

माओवादी ,राप्रपाकाकार्यकता लगाएतले आगजनी गरे ः बस्नेत

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
अधिराजकुमार बस्नेत नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले जेनजीको आन्दोलनका क्रममा माओवादी र राप्रपाका कार्यकर्ताले आफ्नो घरमा आगो लगाएको बताउँनु भएको छ ।पूर्वमन्त्री बस्नेतले आइतबार आफ्नो बालकोटस्थित घरमा उपस्थित कार्यकर्ताहरुको भेटमा यस्तो बताउँनु भएको छ। उँहाले आन्दोलनमा राष्ट्रिय स्वतन्त्र पार्टी पनि चोखो नदेखिएको स्पष्ट पार्नु भयो । ’जेनजीको नाममा अहिले भएको आन्दोलनमा घुसपैठ भएको छ। राप्रपा पनि चोखो देखिएको छैन। ‘सिसिटिभी फुटेजहरु बाहिर आइरहेका छन् भन्नु हुँदै ‘आगजानीमा देशव्यापी रुपमा माओवादी अघि देखिएको छ। मेरै घर तिनकुनेमा र बालकोटमा पनि आगो लगाउने क्रममा माओवादी सक्रिय देखिन्छ। रास्वपा पनि सक्रिय भएको देखिन्छ। स्वदेशीमात्र छैन। विदेशी पनि देखिएका छन् भन्नु भएको छ । भदौ २३ गते भएको जेनजीको प्रदर्शनका क्रममा कांग्रेस नेता बस्नेतको तीनकुनेस्थित निवास र बालकोटस्थित निवास आगजानी भ...

आज बाल दिवसः राष्ट्रपति पौडेलद्वारा शुभकामना

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
काठमाडौँ, २९ भदौः राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय बाल दिवसका अवसरमा समस्त नेपाली बालबालिका तथा अभिभावकहरूमा शुभकामना व्यक्त गर्नुभएको छ । नेपालले बाल अधिकारसम्बन्धी महासन्धी अनुमोदन गरेको दिनलाई आधार मानी हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ । यस वर्षको बालदिवसका नारा ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’भन्ने रहेको छ । राष्ट्रपति पौडेलले सन्देशमा बालद दिवसले बालबालिकाका लागि शिक्षा, स्वास्थ्य, सुरक्षा एवं विकासमा ध्यान दिँदै आवश्यक लगानीको सुनिश्चितता प्रदान गर्ने अपेक्षा गरिएको बताउनुभएको छ । सन्देशमा भनिएको छ, “नेपालको संविधानले मौलिक हकका रूपमा बालबालिकाको हकलाई सुनिश्चित गरेको छ । बालबालिकाका सम्बन्धमा व्यवस्था गरिएका राष्ट्रिय र अन्तरराष्ट्रिय प्रतिबद्धता तथा संवैधानिक कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्न सरकारी तथा गैरसरकारी निकाय, नागरिक...

प्रतिनिधिसभा विघटन, निर्वाचन फागुन २१ गते बिहीबार

ब्रेकिङ न्युज १, राजनिती, विचित्र संसार, समाचार
काठमाडौँ, २८ भदौ : राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशिला कार्कीको सिफारिशमा प्रतिनिधिसभा विघटन गर्नुभएको छ । राष्ट्रपतिले यही भदौ २७ गते शुक्रबार रातको ११ः०० बजेदेखि लागू हुने गरी वर्तमान प्रतिनिधिसभाको विघटन गर्नुभएको राष्ट्रपति कार्यालयका उपसचिव रुपेशजंग थापा मगरद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ । आज यहाँ विज्ञप्तिका अनुसार नयाँ प्रतिनिधिसभाको निर्वाचनका लागि आगामी फागुन २१ गते बिहीबारका लागि मिति तोकिएको छ । विसं २०७९ मा गठन भएको प्रतिनिधिसभा राजनीतिमा आएको परिवर्तनसँगै आफ्नो कार्यकाल पूरा नगरी विघटन भएको छ । रासस...

राष्ट्रपतिसमक्ष नवनियुक्त प्रधानमन्त्री कार्कीको शपथ

जिबनशैली, बिदेश, ब्रेकिङ न्युज १, ब्रेकिङ न्युज २, राजनिती, विचित्र संसार, समाचार
काठमाडौँ, २७ भदौ : राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम सरकारका लागि नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई प्रधानमन्त्री पदको सपथ गराउनुभएको छ । राष्ट्रपति भवन शितल निवासमा आज राति अबेर आयोजित विशेष समारोहमा राष्ट्रपति समक्ष उहाँले पद तथा गोपनीयताको सपथ लिनुभएको हो । राष्ट्रपति पौडेलले विषम र असाधारण परिस्थितिमा युवा पुस्ताद्वारा प्रकट गरिएको माग र आकांक्षाअनुसार, राजनीतिक दल र सरोकारवालाको परामर्शमा उहाँलाई प्रधानमन्त्रीमा नियुक्ति गर्नुभएको हो । नेपालको संविधान बमोजिम राष्ट्रपतिमा निहित अधिकार प्रयोग गरी संविधानको पालना र संरक्षण एवम् राष्ट्रिय एकताको प्रवर्द्धन गर्न आवश्यक भएकाले छ महिनाभित्र अर्काे निर्वाचन सम्पन्न गराउनेगरी अन्तरिक सरकारको प्रधानमन्त्रीमा उहाँलाई नियुक्त गरिएको हो । सपथ ग्रहण समारोहमा उपराष्ट्रपति, प्रधानन्यायाधीश, नेपाल सरकारका उच्च पदस्थ अधिकृत, सुरक्षा निकायक...

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको शपथग्रहण आजै हुने

ब्रेकिङ न्युज १, समाचार
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै बेलुकी सरकार प्रमुख बनाउने गरी सहमति जुटेको छ । शुक्रबार दिनभर भएको छलफलपछि प्रतिनिधिसभा विघटन गर्ने गरी सहमति जुटेको हो । राजनीतिक सहमति जुटेसँगै नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको शपथग्रहण आजै हुने भएको छ । उहाँको शपथ आज ९ बजे हुने भएको छ । राष्ट्रपतिका सल्लाहकार किरण पोखरेलले सो जानकारी दिनुभयो । नेपाली राजनीतिक इतिहासमा उहाँ पहिलो महिला प्रधानमन्त्री हुनुहुन्छ ।...

बालबालिकाको स्वास्थ्य, संरक्षण र शिक्षामा विशेष ध्यान दिन बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानको अपिल ।

खानेपानी, ब्रेकिङ न्युज १, राजनिती, समाचार
रामु गैर जेन जी पुस्ताले २०८२ भाद्र २३ गते सुरु गरेको शान्ति पूर्ण प्रदर्शन र त्यस पछिका विकसित घटनाक्रम प्रति सिजपको गम्भीर ध्यानाकर्षण भएको छ ।भ्रष्टाचार, बेथितिका विरुद्ध भएको आन्दोलनमा बालबालिका र युवा गरी ५१ जनाले ज्यान गुमाईसकेका छन् । जसमध्ये १८ वर्ष भन्दा कम उमेरका ४ जना बालबालिकाको समेत मृत्यु भएको कुरा आधिकारिक रुपमा पुष्टि भएको छ, भने १००० भन्दा बढि घाइते छन् । मृतक बालबालिका तथा युवाप्रति भावपूर्ण श्रदाञ्जली र यस दुखद घडीमा परिवारजनमा समवेदना व्यक्त गर्दछौँ । प्रदर्शनका क्रममा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना सहित निःशुल्क र प्रभावकारी उपचारको लागि सरकारसँग जोडदार माग गर्दछौँ ।प्रहरी दमन र मानव अधिकारको चरम उल्लंघन प्रदर्शनमा मानवीय क्षति त्यसपछिको परिस्थितिमा कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका, सरकारी तथा निजी घर उद्योग, समाचार गृह, संघसंस्थाका कार्यालय, विद्या...

अस्पतालमा मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, एक हजार बढी घाइते

ब्रेकिङ न्युज १, समाचार
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘जेनजी’ आन्दोलनमा परी अहिलेसम्म अस्पतालमा ३४ जनाको मृत्यु र एक हजार बढी घाइतेहरुको उपचार भएको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीका अनुसार देशभरका ४१ अस्पतालमा ३४ जनाको मृत्यु र एक हजार ३६८ जनाको उपचार भएको छ । मन्त्रालयले जेनजी आन्दोलनका क्रममा मृत्यु र घाइते भएकाको विवरण विभिन्न अस्पतालमा सम्पर्क गरी सार्वजनिक गरेको जनाएको छ । निजामती कर्मचारी अस्पतालमा छ, राष्ट्रिय ट्रमा सेन्टरमा आठ, एभरेष्ट अस्पतालमा तीन, काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा दुई, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा एक, बयोधा अस्पतालमा दुई, फ्रन्टलाइन अस्पतालमा तीन, बी एन्ड सी अस्पताल विर्तामोडमा एक, विर्तासिटी अस्पतालमा एक, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा दुई र भेरी अस्पतलालमा पाँच गरी ३४ जनाको निधन भएको जनाइएको छ । त्यसैगरी अहिले ३२१ जना घाइतेक...

संवैधानिक सर्वोच्चता बाहिर खोजिने समाधान स्वीकार्दैनौं, विरोध गर्छौं– नेपाल बार

जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार
नेपाल बार एसोसिएसनले संवैधानिक सर्वोच्चता बाहिरबाट खोजिने कुनै पनि समाधान वा नियुक्ति नस्वीकार्ने र विरोध गर्ने जनाएको छ।बिहीबार अहिलेको घटनाक्रमबारे बसेको भर्चुअल बैठकपछि सार्वजनिक अपिल जारी गर्दै नेपाल बार एसोसिएसनले संवैधानिक सर्वोच्चताको कायम राख्न अपिल गरेको हो। अपिलमा ‘संवैधानिक सर्वोच्चता बाहिरबाट खोजिने कुनै पनि समाधान वा नियुक्ति नेपाल बार एसोसिएसन स्वीकार गर्दैन, विरोध गर्दछ। यसो नगर्न हार्दिक अनुरोध गर्दछौं,’ अपिलमा भनिएको छ, ‘अन्तमा, हालको संकटको निकास संवैधानिक मान्यता भित्र खोज्न जेन–जी लगायत सम्पूर्ण जनसमुदायमा नेपाल बार एसोसिएसन हार्दिक अपिल गर्दछौँ। यस्तै, संवैधानिक उपलब्धिहरूको सम्झौता नगर्न र राष्ट्रपतिको भूमिका यो बेलामा अहम् हुने बताउँदै सक्रियताको अपेक्षा रहेको बारले जनाएको छ। ‘देश जोगाऔं, संविधानमा आवश्यक सुधार, परिमार्जन र संशोधन गरौं, नेपाली भूमिमा नेपाली जनताको ढु...

सरकार बनाउने पहल राष्ट्रपति बाटै हुनु पर्छ ः पत्रकार महासंघ

., अन्तर्वाता, कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, समाचार, साहित्य
नेपाल पत्रकार महासघले राष्ट्रपतिले वार्ताका लागि बोलाई सकेको अवस्थामा जतिसक्दो छिटो सहजीकरण सुरक्षाको हिसावले मात्र सुरक्षा निकायले गर्ने हो अन्य सरकार बनाउने लगायतको पहल राष्ट्रपति बाटै हुनु पर्छ भनेको छ । यसको लागि सहजीकरण गर्न पत्रकार महासंघ लगायतका ६ वटा पेशागत सञ्जाल पापड तयार रहेको समेत महासघंले जनाएको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले आज एक बिञेप्ती प्रकाशन गरी यस्तो जनाउँनु भएको हो । उँहाद्धारा जारी बिज्ञेप्तीमा नेपाल पत्रकार महासंघ लोकतन्त्र, मानव अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संरक्षणको लागि निरन्तर वकालत गर्दै आएको छ । अहिले जेनजी पुस्ताको आन्दोलनबाट मुलुकमा विषम परिस्थिति उत्पन्न भएको छ । सरकारले राजीनामा दिएको र अर्को सरकार नबनिसकेकोले मुलुक संक्रमणकालिन अवस्थामा छ । यसलाई जति सक्दो छिटो सुरक्षित अवतरण गरिनु जरुरी छ । भ्रष्टाचार नियन्त्रण र सुशासनक...

गणतन्त्रलाई थप बलियो बनाउन बृहत् नागरिक आन्दोलनको आग्रह

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
काठमाडौँ, २६ भदौः बृहत् नागरिक आन्दोलनले संविधानका संरक्षक राष्ट्रपतिको अभिभावकत्वमा ‘जेनजी’ क्रान्तिको सफलताको बाटो पहिल्याउनु आजको आवश्यकता भएको ठहर गरेको छ । आन्दोलनले आज विज्ञप्ति जारी गर्दै राष्ट्रपतिको सहभागिता र अभिभावकत्वमा मात्रै वर्तमान राजनीतिक परिस्थितिको निकास खोज्ने काम गर्न आग्रह गरेको छ ।“संविधानले आफूलाई दिएको गम्भीर उत्तरदायित्व र जेनजी क्रान्तिले दिएको ऐतिहासिक भूमिकालाई मनन गर्दै नेपाली सेनाको नेतृत्वले आफ्नो भूमिका पूरा गरोस्”, आन्दोलनका तर्फबाट जारी विज्ञप्तिमा उल्लेख छ । आन्दोलनले नागरिकको सङ्घर्षको बलमा स्थापित गणतन्त्र र धर्मनिरपेक्षतालाई थप बलियो बनाएर लैजानुपर्ने आवश्यकता औँल्याएको छ । अब बन्ने नागरिक सरकारलाई वर्तमान संविधानको आडमा उभ्याएर र संवैधानिक मार्गबाट विमुख नभई भ्रष्टाचार र बेथितिविरुद्ध निरन्तर सतर्कता साथ अघि बढ्न खबरदारी गर्नुपर्ने उल्लेख गर्दै आन...