सम्पर्क

ब्रेकिङ न्युज १

दुई दिनपछि खुल्यो अवरुद्ध बीपी राजमार्ग

दुई दिनपछि खुल्यो अवरुद्ध बीपी राजमार्ग

#, ब्रेकिङ न्युज १, विचार, समाचार
काभ्रेपलाञ्चोक, १४ वैशाखः शनिबारको वर्षापछि रोशी खोलाको बाढीका कारण अवरुद्ध बीपी राजमार्ग दुई दिनपछि खुलेको छ । रोशी खोलामा अस्थायी डाइभर्सन बनाइ आज दिउँसो ३ बजेदेखि आवागमन गराइएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । आइतबार दिनभर डाइभर्सनको काम गरे पनि आइतबार अपराह्नको वर्षाले केही स्थानको डाइभर्सनमा पुनःक्षति पु¥याएपछि आइतबार साँझ आगावमन सञ्चालन गर्न नसकिएको कार्यालयका प्रमुख प्रमुख सिनियर डिभिजनल इञ्जिनियर सुमन योगेशले बताउनुभयो । उहाँका अनुसार आज बिहानदेखि पुनः डाइभर्सन बनाइ दिउँसो ३ बजेदेखि आवागमन नियमित गराइएको हो । वर्षाले राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी क्षेत्रमा करिब चार किलोमिटर डाइभर्सन बगाएको थियो । कार्यालयका अनुसार उक्त क्षेत्रको आठ स्थानको बाट डाइभर्सन बनाइ आवागमन गराइएको हो । आइतबार नै सात स्थानको डाइभर्सन बनाएपछि चारसयबेंसी भन्ने स्थानमा डाइभर्सन बनाउने क्रममा ब...
काठमाडौंमा जेष्ठ नागरिकहरूको सांस्कृतिक उत्सव

काठमाडौंमा जेष्ठ नागरिकहरूको सांस्कृतिक उत्सव

#, जिबनशैली, ब्रेकिङ न्युज १, मनोरन्जन, विचार, समाचार
काठमाडौं — जेष्ठ नागरिकहरूको सक्रिय सहभागितामा आधारित एक विशेष सांस्कृतिक तथा सम्मान कार्यक्रम राजधानीको हनुमानढोका दरबार क्षेत्र मा सम्पन्न भएको छ। न्हापांगु पलाः नेवाः मिसा पुचःको आयोजनामा भएको उक्त कार्यक्रममा ७० वर्ष नाघेका बाजे–बज्यैहरूले भजन–कीर्तन, परम्परागत नृत्य तथा सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए। कार्यक्रममा सहभागी जेष्ठ नागरिकहरूले नेवार समुदायका मौलिक पोशाकमा जीवनशैली झल्किने गरी नृत्य र गीत प्रस्तुत गरेका थिए। बिहानको दैनिक क्रियाकलापदेखि साँझसम्मका सांस्कृतिक अभ्यासलाई समेटेर विभिन्न रैथाने गीतमा आधारित प्रस्तुति दिइएको थियो। यसले परम्परा र जीवनपद्धतिलाई जीवन्त रूपमा देखाएको उपस्थित दर्शकहरूले बताएका छन्। त्यसैगरी, गिरिजा प्रसाद जोशी का कृतिमा आधारित गीतहरू पनि कार्यक्रममा समावेश गरिएको थियो। लगन टोलका स्थानीय समूहले भजन प्रस्तुत गरी कार्यक्रमलाई थप आकर्षक बनाएका थिए...
नेपालपत्रकार महासघंशाखा काठमाण्डौको साधरण सभा जेष्ठ ९ गते

नेपालपत्रकार महासघंशाखा काठमाण्डौको साधरण सभा जेष्ठ ९ गते

कृषि, खानेपानी, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, राजनिती, विचार, शिक्षा, समाचार
नेपाल पत्रकार महासघं जिल्ला शाखा कार्यलय काठमाण्डौका शनीबार बसेको बैठकले जेष्ठ ९ गते साधरण सभागर्ने निर्णय गरेको छ । शाखाका अध्यक्ष शोभा अर्यालको अध्यक्षतामा शाखाका सल्लाहकार तथा केन्द्रीय सदस्य सुर्य सुबेदीको बिशेष अतिथ्यतामा बसेको बैठकले पत्रकार महासंघ काठमाडौं जिल्ला शाखालाई पत्रकार महासंघको सञ्चार ग्रामम रहेको सानो भवन कार्यलय प्रयोजनका लागि उपलब्ध गराउनु भएकोमा केन्द्रीय अध्यक्ष ,केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्य हरु सहित सम्पूर्ण केन्द्रीय समितिलाई आभार तथा धन्यवाद ज्ञापन व्यक्त गर्ने निर्णय गरेको छ । यसै गरी साधारणसभाको तयारीका लागि शाखा अध्यक्ष शोभा अर्यालको नेतृत्वमा सम्पूर्ण कार्यसमिति रहने गरि कुल १०१ सदस्यीय मुल व्यवस्थापन समिति बनाउने निर्णय भएको छ ।आर्थिक व्यवस्थापनको लागि कोषाध्यक्ष रामचन्द्र कार्कीको संयोजकत्वमा ५ सदस्य रहने गरि आर्थिक विभाग गरिएको छ ।यसै गरी बैठकले ल...
आँगनबाटै बजारसम्म

आँगनबाटै बजारसम्म

कृषि, खानेपानी, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचित्र संसार, समाचार
-पाल्चोकी माइ कृषक हाट बजारले किसानमा ल्याएको रूपान्तरण श्याम शर्मा एल सि सिन्धुपाल्चोक जिल्लामै पहिलो पटक सञ्चालनमा आएको पाल्चोकी माइ कृषक हाट बजार ले स्थानीय कृषकहरूको उत्पादनलाई प्रत्यक्ष बजारसँग जोड्दै ग्रामीण अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्न थालेको छ। वि.सं. २०८२ साल पौष १९ गतेबाट सञ्चालनमा आएको यो हाट बजार हालसम्म निरन्तर रूपमा सक्रिय रहँदै आएको छ। हेलम्बु गाउँपालिकाको समन्वय तथा जस्ट नेपाल फाउन्डेसनको सहयोगमा सञ्चालित उक्त हाट बजारमा स्थानीय किसानहरूले उत्पादन गरेका अर्गानिक तरकारी, ताजा फलफूल तथा अन्य कृषि उपजहरू प्रत्यक्ष रूपमा बिक्री हुँदै आएका छन्। यसले एकातिर स्थानीय उत्पादनको बजारीकरणलाई सहज बनाएको छ भने अर्कोतिर उपभोक्तालाई गुणस्तरीय र ताजा खाद्य सामग्री उपलब्ध गराएको छ। पाल्चोकी माइ भगवती मन्दिर दर्शनका लागि आउने भक्तजनहरू तथा स्थानीय बासिन्दाहरूका लागि हाट बजार आकर्षणको ...
थापाथली क्षेत्रका चालिस प्रतिशत घरटहरा हटाइयो

थापाथली क्षेत्रका चालिस प्रतिशत घरटहरा हटाइयो

#, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
काठमाडौँ, १२ वैशाखः थापाथलीस्थित बागमती नदी किनाराका घरटहरा शान्तिपूर्ण रूपमा हटाइएका छन् । हालसम्म ४० प्रतिशत टहरा हटाइएका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र काठमाडौँ महानगर प्रहरीले संयुक्त रूपमा घरटहरा हटाइरहेका छन् । बल प्रयोग नगरी शान्तिपूर्ण रूपमा थापाथली क्षेत्रका करिब ४० प्रतिशत घरटहरा हटाइसकिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले राससलाई जानकारी दिनुभयो । “अवैध रूपमा बनाइएका संरचना हटाउन सुरक्षाकर्मीले बल प्रयोग गर्नुपर्ने अवस्था कहीँ पनि छैन । त्यहाँ बसोबास गरिरहनुभएका नागरिकले सरकारको अभियानलाई सहयोग गरिरहनुभएको छ”, प्रजिअ पौडेलले भन्नुभयो, “सुकुमबासीलाई घरटहरा खाली गर्न सुरक्षाकर्मीले मद्दत गरिरहेका छन् ।” आवश्यक पर्नेलाई सुरक्षाकर्मीले मानवीय सहायता पनि गरिरहेका उहाँले जानकारी दिनुभयो । सरकारले दुई दिन अघि देखिनै जोखिमयुक्त सार्वजनिक क्षेत्रमा बसिरहेक...
मन्त्रिपरिषद् निर्णयः संसद्को ‘विजनेस’का लागि अधिवेशन स्थगन

मन्त्रिपरिषद् निर्णयः संसद्को ‘विजनेस’का लागि अधिवेशन स्थगन

ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
काठमाडौँ, ११ वैशाखः मन्त्रिपरिषद् बैठकको विभिन्न मितिमा भएका निर्णयहरू आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले विभिन्न मितिमा भएका मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो । मन्त्रिपरिषद् बैठकले यही वैशाख २१ र २२ गते रोमानियाको बुखारेष्टमा आयोजना हुने नेपाल रोमानियाबीचको द्विपक्षीय परामर्श संयन्त्रको पहिलो बैठकमा सहभागी हुन परराष्ट्र मन्त्रालयका सचिवको नेतृत्वमा प्रतिनिधिमण्डललाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । सरकारले नेपाली महावाणिज्य दूतावास हङकङमा कार्यरत महावाणिज्यदूत डा विन्देश्वरप्रसाद लेखकलाई परराष्ट्रमा हाजिर हुन आउने गरी फिर्ता बोलाउने निर्णय गरेको छ । बैठकले नेपाली सेनाका तीन जना रथीलाई सम्बन्धित सेवा, समूह तथा उपसमूहको उपरथी दर्जामा बढुवा गर्ने निर्णय गरेको शिक्षामन्त्री पोखरेलले जानक...
नेत्र ज्योति कृषि सहकारीद्धारा आयोेजित  तरकारी खेती तथा अचार बनाउने तालिम सम्पन्न

नेत्र ज्योति कृषि सहकारीद्धारा आयोेजित तरकारी खेती तथा अचार बनाउने तालिम सम्पन्न

#, कृषि, ब्रेकिङ न्युज १, मनोरन्जन, विचार, शिक्षा
सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर २ बतासेमा नेत्र ज्योति कृषि सहकारी संस्था लिमिटेडद्धारा आयोजित तरकारी खेती तथा अचार बनाउने तालिम कार्यक्रम सपन्न भएको छ । संस्थाका अध्यक्ष कृष्ण्बहादुर नेपालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुदीप श्रेष्ठ प्रमुख अतिथि रहनुभएको थियो भने भुपेन्द्र थिङ विशेष अतिथि रहनुभएको थियो । कार्यक्रमको सञ्चालन नेत्र बहादुर बस्नेत ले गर्नुभएको थियो । बागमती प्रदेश सरकार, सहकारी तथा गरिबी निवारण मन्त्रालयको आर्थिक सहयोगमा सञ्चालित उक्त तालिम चैत्र २२ गतेदेखी वैशाख १० गतेसम्म सञ्चालन गरिएको थियो । तालिममा स्थानीय कृषक तथा महिलाहरुको उत्साहजनक सहभागिता रहेको थियो । तालिममार्फत सहभागीहरुलाई आधुनिक तरकारी खेती, उत्पादन वृद्दि, संरक्षण विधि तथा विभिन्न प्रकारका अचार बनाउने व्यावहारिक सीप प्रदान गरिएको सहकारीले जनाएको छ । समापन कार्यक्रममा बोल्दै वक...
मेलम्चीमा जिल्ला स्तरीय राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता शुरु

मेलम्चीमा जिल्ला स्तरीय राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता शुरु

कृषि, खानेपानी, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
सिन्धुपाल्चोकजिल्लाको मेलम्ची नगरपालिकामा १२औँ जिल्ला स्तरीय राष्ट्रपती रनिङ शिल्ड खेलकुद प्रतियोगिता आजदेखि मेलम्चीमा सुरु भएको छ । जिल्ला खेलकुद विकास समिति सिन्धुपाल्चोकको आयोजनामा शुरुमा भएको उद्घाटन समारोह समितिका अध्यक्ष रामकृष्ण दंगालको अध्यक्षतामा र मेलम्ची नगरपालिकाका नगर प्रमुख आइतमान तामाङको प्रमुख अतिथ्यतामा खेल शुरु भएको हो खेलको उद्घाटन गर्दै प्रमुख अतिथि नगर प्रमुख आइतमान तामाङले मेलम्चीमा यस्तो महत्वपूर्ण जिल्ला स्तरीय प्रतियोगिता आयोजना हुनु गौरवको विषय भएको उल्लेख गर्दै यसले स्थानीय स्तरमा खेलकुदको विकास, खेल पूर्वाधार विस्तार र नयाँ प्रतिभा पहिचानमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । नगर प्रमुख तामाङले सहभागी सबेले अनुशासित र मर्यादित तरिकाले खेल खेलेर खेलकुदको पहीचान दिनु पर्ने बताउँनु भयो ।उँहाले खेलकुदलाई जित–हारको प्रतिस्पर्धामा सीमित नराखी सिकाइ, अनुशासन र सहकार्...

नगरका खेलाडीहरुलाइ चौसागढीको पोशाक सहीचत शुभकामना

जिबनशैली, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, शिक्षा, समाचार, साहित्य, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको मेलम्चीमा हुने जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडीहरूलाई चौतारा साँगाचोकगढी नगरपालिका द्वारा जितको शुभकामना र पोसाक सहित सहभाग्गिताका लागी पठाइएको छ ।बुधबार देखी मेलम्ची नगरपालिकामा आयोजना हुने १२औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुनेखेलाडीहरूलाई चौतारा साँगाचोकगढी नगरपालिकाले आफ्नो सभाहलमा सहभागी गराएर खेलाडीहरु लाइ जितेर पहीलो स्थानमा हासिल गर्न हौसला प्रदान गर्दै नगर प्रमुख कृष्ण प्रसाद सापकोटाले खेलकुदले व्यक्तित्व विकास, अनुशासन सिकाउँने बताउँनु हुँदै हरेक खेलमा जित र हार सँग सँगै हुने तर मनोबलकै आधारमा जित हासिल गर्ने भएकाले खेलाडीहरूलाई उच्च मनोबलका साथ प्रतिस्पर्धामा सहभागी भई सहभागी हुन अनुरोध गर्नु भयो । उहाँले उत्कृष्ट प्रदर्शनमार्फत उज्ज्वल भविष्य निर्माण गर्न खेलाडीहरूलाई सफलताको लागी अगाडी बढ्न ...

भवानी शङ्कर माबी मा नकुल नेपाल

कृषि, खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, शिक्षा, समाचार, साहित्य, स्वास्थ्य
सगुन बस्नेत, सिन्धुपाल्चोक जिल्लाको चौतारासाँगाचोकगढी नगरपालिका वडा नं १४मा रहेको श्री डडुवा भवानी शङ्कर माबीको बिद्यालय व्यवस्थापन समितीका अध्यक्षमा समाजसेबी नकुल नेपाल सर्ब सम्मत हुनु भएको छ । बिद्यालय व्यवस्थपन समितीका निबर्तमान अध्यक्ष जिबन कृष्ण नेपालको अधयक्षतामा भएको भेलाले अध्यक्षमा नकुल नेपाल र सदस्यहरुमा सलिना तामाङ, दिपक श्रेष्ठ,शिबराम नेपाल, र राधिका अधिकारी र शान्ता बिक सदस्य रहनु भएको छ । बिद्यालय व्यवस्थापन समितीको गठन प्रकृया अनुसार अभिभावक मध्यबाट सलिना तामाङ दिपक श्रेष्ठ, शिबराम नेपाल र राधिका अधिकारी चयन हुने भएको थियो ।   यसरी सर्बसम्मत भएका ४ जनाबाट जेष्ठ सदस्य बर्ष ४२को राधिका अधिकारकिो अध्यक्षतामा बसेको बैठकले समाजसेवी नकुल नेपाल र शान्ता बिक लाइ सदस्यमा मनोनित गर्नुका साथै बिव्यवसको अध्यक्षमा नकुल नेपाललाइ चयान गरेको बिद्यालयका प्र अ बद्री प्रसाद नेपालले जानकारी दिन...