सम्पर्क

ब्रेकिङ न्युज १

बाढी पहिरोको जोखिम नागरिकहरुलाई सतर्क रहन आग्रह गर्दै एमालेको विज्ञप्ती

ब्रेकिङ न्युज १, समाचार
नेकपा एमाले सिन्धुपाल्चोकले जोखिम रहेका वस्तीका नागरिकहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारसँग आग्रह गरेको छ । अविरल वर्षासँगै देशका विभिन्न क्षेत्रमा बाढी–पहिरोको जोखिम बढेको छ । जिल्लाको हेलम्बु,पाँचपोखरी,मेलम्ची क्षेत्रमा लगात्तार परेको वर्षातले बाढी पहिरोको जोखिम बढेको भन्दै सुरक्षित स्थानमा स्थानान्तरण गर्न आग्रह गरेको हो । शुक्रबार एमाले सिन्धुपाल्चोकका अध्यक्ष कमल नेपालले एक विज्ञप्ति जारी गर्दै नागरिकहरुलाई सतर्क रहन आग्रह गर्नुभयो । ‘जोखिमयुक्त बस्तीहरु तत्काल पहिचान गरी नागरिकहरुलाई तत्काल सुरक्षित स्थानमा सार्न र अवरुद्ध भएको सडकहरु तत्काल मर्मत गरी यातायात सुचारु गर्न नेपाल सरकारको सम्वन्धित निकायहरुलाई निर्देशन गर्दछौ’,विज्ञप्तिमा भनिएको छ ।...

गुणस्तरिय शिक्षा विना समृद्ध समाजको परिकल्पना साकार हँुदैन ः सापकोटा

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
  गुणस्तरिय शिक्षा विना समृद्ध समाजको परिकल्पना साकार नहुने भएकाले गुण स्तरिय शिक्षामा सबैको ध्यान जान जरुरी रहेको नगर प्रमुख प्रमुख कृष्णप्रसाद सापकोटाले बताउँनु भएको छ । जिल्ला सदरमुकाम चौतारास्थित चौतारा बहुमुखी क्याम्पसको २३ औं वार्षिकोत्सवसमारोहको उद्घाटन गर्दै चौतारा साँगाचोकगढी नगरपालिकाका नगर प्रमुख सापकोटाले यस्तो बताउँनु भएको हो । सो अवसरमा नगर प्रमुख सापकोटाले सिंगो नगरपालिाकाको शैक्षिक गुणस्तरियताका लागि नगरपलिका कटिवद्ध रहेको बताउनु हुँदै गुणस्तरिय शिक्षाका लागि नगरपालिकाले कुनै पनि कसर बाँकी नराख्ने बताउनुभयो । उहाँले चौतारा क्याम्पसलाई दिंदै आएको सहयोगमा बढाइने पनि प्रतिवद्धता जाहेर गर्नुभयो ।पूर्व माननीय कृष्णराज श्रेष्ठ, निर्वतमान नगर प्रमुख अमानसिं तामाङ, ५ नम्बर वडा अध्यक्ष शिव श्रेष्ठ, १३ नम्बर वडा अध्यक्ष तथा सामाजिक बिकास शाखाका संयोजक रामप्रसाद गौतम, नेपाल पत...

तातोपानी नाकाको विषयमा सिन्धु१ का जनप्रतिनिधि र व्यवसायीद्वारा प्रधानमन्त्री, गृहमन्त्री र परराष्ट्र मन्त्रीको ध्यानाकर्षण, चीन भ्रमणका क्रममा नाकाको पूर्ण सञ्चालन र मानसरोबर रुटको विषय उठाउने प्रधानमन्त्रीको प्रतिवद्धता

बिदेश, ब्रेकिङ न्युज १, राजनिती, समाचार
८ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले आफ्नो आगामी चीन भ्रमणका क्रममा नेपाल चीनबीचको व्यापारिक तातोपानी नाका पूर्ण रुपमा सञ्चालन गर्ने विषय प्राथमिकतामा राख्ने बताउँनभएको छ। तातोपानी नाका क्षेत्रको सडक स्तरोन्नति गरी सोही रुटबाट मानसरोबर पर्यटकीय मार्गका लागि राजनीतिक र कुटनीतिक पहल गरिदिन ध्यानाकर्षण पत्र लिएर शुक्रबार विहान बालुवाटार पुग्नु भएका सांसद माधव सापकोटा ’सुबोध’ नेतृत्वको टोलीसँग प्रधानमन्त्रीले यस्तो प्रतिवद्धता जाहेर गर्नु भएको सञ्चार कर्मी श्रीधर न्यौपानेले जानकारी दिनु भउको छ । उँहाका अनुसार प्रधानमनत्रीले ’प्रचण्ड’ले सिन्धुपाल्चोकका लागि आफूले विगतमा पनि ध्यान दिएको स्मरण गर्दै सडक स्तरोन्नति र मानसरोबर जाने रुटबारे नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताउँनु भएको छ। शुक्रबार विहान सिन्धुपाल्चोकबाट निर्वाचित जनप्रतिनिधिहरु र तातोपानी क्षेत्रका व्यवसायीहरु...

अरनिकोको बसपार्क सञ्चालनमा बागमती प्रदेसको सहयोग

ब्रेकिङ न्युज १, राजनिती, समाचार
  २०२९ साल देखी प्रयोग गर्दै आएको बागबजारको पुरानो बसपार्कबाट अरनिकोयातायातलाइ पुरानो बसपार्क ठेक्कामा दिए पछी बसको क्यु लगाउँन समस्यामा परेका कारण र महानगरपालिकाकाले गगंबुबाटै बस सञ्चालन गर्न निर्देशन गरेको कारण जडीबुटीमा निर्माण भइरहेको बसपार्कको बागमती प्रदेस सरकारका बन ,भुसंरक्षण तथा बाताबरण मन्त्री मसिना खड्का सहीत बागमती प्रदेस सभाका सदस्यहरुले स्थल गत निरिक्षण गनु भएको छ। अरनिको यातायात सेवा प्रालीले जडीबुटीमा बसपार्क निर्माणका लागि काठमाडौं महानगरपालिकासँग अनुमति मागेपनि नदिएपछि वागमती प्रदेश सरकारका मन्त्री तथा सासंदहरुलाई निर्माणधिन बसपार्कमा ल्याएर यही बसपार्कबाट यात्रुहरुलाई सेवा दिनका लागि सहयोग गर्न समितिको तर्फबाट अनुरोध गरिएको अरनिको यातायात सेवा प्रालीका अध्यक्ष केदार क्षेत्रीले जानकारी दिनु भयो।बसपार्क निरीक्षणपछि बाग्मती प्रदेशकी वनमन्त्री मसिना खडका भण्डारीले मह...

अविरल बर्षाका कारण जनजिवन कष्टकर मेलम्ची बढी जोखिममा

#, बिजनेस, ब्रेकिङ न्युज १, समाचार
काठमाडौं– बिगत चार दिनदेखिको परेको अविरल वर्षाका कारण देस भर नै जनजिबन कष्टकर बन्दै गएको छ । यसरी परिरहेको बर्षाको कारण सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची क्षेत्रमा बढी जस्तो बाढीले क्षति गरेको छ ।  वर्षाका कारण मेलम्ची नदीमा बाढी आउँदा करिडोरमा समेत क्षति पुगेको मेलम्ची स्थित पत्रकार देवराज सुबेदी ले जानकारी दिनु भयो । उँहाका अनुसार बाढीले सडक तथा खेतीयोग्य जमिन कटान गरेको छ । नदीमा आएको बाढीका कारण मेलम्ची–हेलम्बु सडक यातायात अवरुद्ध भएको छ । मेलम्ची मात्र अविरल बर्षाको कारण पहिरो गएर (मेलम्ची–४) मध्य पहाडी लोकमार्ग सिन्धु सुरुङ्ग छेउ बाटो बन्द भएको छ साथै दुई घरमा क्षेती पुर्याएको छ।.मेनपा–११ स्थित सिमखेतमा हेलम्बु–मेलम्ची राजमार्ग अवरूद्द भएको छ। भोटेचौर, पिप्ले, काउले दोभान हुँदै मेलम्ची जाने बाटो अविरल बर्षाको कारण मेलम्ची १ र २ को सिमानामा पहिरोबाट सडक अबरुद्ध भएको खबर छ । मेलम्ची– ...

जिल्ला सम्मन्वयको बार्षीक समिक्षा सुकुटेमा स्वास्थ्य क्षेत्रमा जनताले अनुभुति हुनेगरी काम गर्छु – स्वास्थमन्त्री बस्नेत

#, बिजनेस, ब्रेकिङ न्युज १, समाचार
  कुमार बस्नेत (अधिराज) जिल्ला समन्वय समिती सिन्धुपाल्चोकले जिल्लाका १२वटै स्थानीय तहको काम गराइ र त्यसमा परेका समस्याका बारेमा एक बार्षीक समिक्षा कार्यक्रम गरेको छ । सिन्धसपाल्चोकको सुकुटे च्यानेमा रहेको सिन्धु बिच होटलमा गरिएको कार्यक्रमको प्रमुख अतिथी स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेत हुनुहुन्थ्यो भने बिशेष अतिथीका रुपमा बागमती प्रदेस बन तथा बाताबरण मन्त्री मसिना खड्का रहनु भएको थियो । कार्यत्र।मको उद्धघाटन गर्दै स३ीय मन्त्री मोहन बहादुरबस्नेतले जनताले अनुभुति गर्नेगरी स्वास्थ्य क्षेत्रमा काम गर्ने बताउदै जनप्रतिनिधिहरुले पनि राम्रो काम गरेको छ है भन्ने गरी जनताको अपेक्षा अनुसार काम गर्ने वताउनु भएको छ । हामीले एक सय दिनको काम सार्वजनिक गरिसकेका छौं । अहिले सरकारी अस्पतालमा विरामीको चाप बढ्दै छ । राम्रो भएर नै सरकारीमा चाप भएको हो ।अझै राम्रो बनाउन लाग्नेछौं । भनसुनको भरमा...

निर्माण व्यवसायी संघ सिन्धुपाल्चोकमा नयाँ नेतृत्व

ब्रेकिङ न्युज १, समाचार
निर्मल बस्नेत निर्माण व्यवसायी संघ सिन्धुपाल्चोकको ७औं अधिवेशन तथा १६ औं साधारण सभाबाट अध्यक्षमा युवा व्यवसायी दिपेन्द्र थापा अध्यक्षमा सर्वसहमत चयन भएका छन् । थापासँंगै प्रथम उपाध्यक्षमा सगुन श्रेष्ठ, द्वितीय उपाध्यक्षमा मोहनकुमार श्रेष्ठ, तृतीय उपाध्यक्षमा घनश्याम नेपाल, महासचिवमा जयचन्द्र कुमार लामा, सचिवमा डबले लामा कोषाध्यक्षमा बालसुन्दर कटुवाल, सहकोषाध्यक्षमा राजेन्द्र टीकाराम थापा र महिला सदस्यमा निर्मला श्रेष्ठ सर्वसहमतीले निर्बिरोध निर्वाचित हुनुभएका छन् । बाँकी ६ सदस्य पदमा भने १८ जनाको उम्मेदवारी परेको थियो । कुल मतदाता ४ सय ४४ जना रहेकोमा ३ सय ३० मतदान भएको थियो । निर्वाचनमा १७ जना उम्मेदवारहरुबिच भएको प्रतिस्पर्धाबाट ६ सदस्य निवाचित भएका छन् । यसरी निर्वाचित हुने सदस्यहरुमा खसेको कुल मत ३ सय ३० मा भेषनाथ सापकोटाले सर्वाधिक मत १ सय ५४ पाएर लोकप्रीय बनेका छन् । साथै बुद्धकुमा...

चक्लाबन्दी खेतीमा किसान आकर्षितहुँदै

कृषि, जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
व्यावसायिक कृषि उत्पादनका लागि किसान चक्लाबन्दी खेतीतर्फ आकर्षित भएका छन् । गण्डकी प्रदेशका विभिन्न जिल्लाका ३० स्थानमा पाँच हजार चार सय ७७ रोपनी जग्गामा चक्लाबन्दी खेती सुरु गरिएको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले जनाएको छ । गत आवमा मात्र तनहुँ र नवलपुरमा गरी पाँच सय ३२ रोपनी जग्गालाई चक्लाबन्दी गरिएको मन्त्रालयको भूमि स्रोत नक्साङ्क महाशाखाका प्रमुख गङ्गालाल पोखरेलले बताउनुभयो । “लागत अनुमानका आधारमा चक्लाबन्दीका लागि ९० प्रतिशतसम्म अनुदान मन्त्रालयले दिन्छ, १० प्रतिशत लगानी किसान आफैले गर्नुपर्छ”, उहाँले भन्नुभयो, “चक्लाबन्दी खेतीका लागि ५० रोपनीभन्दा बढी जग्गा हुनुपर्छ ।” कम लागतमा कृषि उत्पादन र उत्पादकत्व वृद्धिका लागि मन्त्रालयले चक्लाबन्दी कार्यक्रम सुरु गरेको हो । छरिएर रहेको खेतीयोग्य जग्गा एकीकृत गरी व्यावसायिक कृषि खेतीमा किसानलाई आकर्षण गर्न चक्लाबन्दीमा अनुदान दिने गरिएको म...

निर्माण व्यवसायी संघको अधिबेशन सुरु, महासंघको माग पुरा हुने अध्यक्ष शिहंको संकेत

ब्रेकिङ न्युज १, समाचार
निर्मल बस्नेत निर्माण व्यवसायी संघ सिन्धुपाल्चोकको ७औं अधिवेशन तथा १६औं साधारण सभा चौतारामा भएको छ । बुधबार र बिहीबार गरी दुई दिनसम्म चल्ने साधरण सभाले नयाँ नेतृत्वको समेत चयन गर्ने भएको छ । निर्माण व्यवसायी महाँसंघका केन्द्रीय अध्यक्ष रवि सिंहले उद्घाटन गर्नु भएको साधरण सभामा उद्धघाटनकै दिनमा दिपेन्द्र थापा अध्यक्ष संगै प्रथम उपाध्यक्ष सगुन श्रेष्ठ, द्वितीय उपाध्यक्ष मोहन श्रेष्ठ, तृतीय उपाध्यक्ष घनश्याम नेपाल, महासचिव जयचन्द्र कुमार लामा, सचिव डबले लामा कोषाध्यक्ष बालसुन्दर कटुवाल, सहकोषाध्यक्ष राजेन्द्र टीकारामा र महिला सदस्य निर्मला श्रेष्ठ निर्बिरोध निर्वाचित हुनु भएको छ । १५ सदस्यीय कार्यसमितीमा ९ सदस्यीय कायसमिती सर्ब सम्मत भए पनी बाँकी ६ सदस्य पदमा भने १८ जनाको उम्मेदवारी परेको छ । उक्त सदस्य पदको लागि भने अहिले सम्म सहमति नभईसकेको बुझिएको छ । व्यवसायीबिच निर्वाचन गर्नुभन्दा सक...

त्रिशूली नदीमा यात्रु बस खस्दा ८ जनाको मृत्यु

ब्रेकिङ न्युज १, समाचार
धादिङको गजुरी–२ चालिसे भन्ने स्थानबाट त्रिशूली नदीमा यात्रु बस खस्दा ८ जनाको मृत्यु भएको छ । आठ जना घाइते भएका छन् । काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस बुधबार बिहान ११ बजे सडकबाट करिब ४० मिटर तल त्रिशूली नदीमा खसेको थियो । दुर्घटनामा २ महिला र ६ पुरुष गरी ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता एवम् डिएसपी सन्तु जयसवालले जानकारी दिनुभयो । उहाँका अनुसार सवारी साधनमा २५ जना सवार रहेको थियो ।...