निर्मल बस्नेत
निर्माण व्यवसायी संघ सिन्धुपाल्चोकको ७औं अधिवेशन तथा १६औं साधारण सभा चौतारामा भएको छ । बुधबार र बिहीबार गरी दुई दिनसम्म चल्ने साधरण सभाले नयाँ नेतृत्वको समेत चयन गर्ने भएको छ ।
निर्माण व्यवसायी महाँसंघका केन्द्रीय अध्यक्ष रवि सिंहले उद्घाटन गर्नु भएको साधरण सभामा उद्धघाटनकै दिनमा दिपेन्द्र थापा अध्यक्ष संगै प्रथम उपाध्यक्ष सगुन श्रेष्ठ, द्वितीय उपाध्यक्ष मोहन श्रेष्ठ, तृतीय उपाध्यक्ष घनश्याम नेपाल, महासचिव जयचन्द्र कुमार लामा, सचिव डबले लामा कोषाध्यक्ष बालसुन्दर कटुवाल, सहकोषाध्यक्ष राजेन्द्र टीकारामा र महिला सदस्य निर्मला श्रेष्ठ निर्बिरोध निर्वाचित हुनु भएको छ । १५ सदस्यीय कार्यसमितीमा ९ सदस्यीय कायसमिती सर्ब सम्मत भए पनी बाँकी ६ सदस्य पदमा भने १८ जनाको उम्मेदवारी परेको छ । उक्त सदस्य पदको लागि भने अहिले सम्म सहमति नभईसकेको बुझिएको छ । व्यवसायीबिच निर्वाचन गर्नुभन्दा सकेसम्म सहमतिमा टुङ्याउन उचित हुँनेहुँदा सर्वसहमति गर्ने प्रयास जारी राखेकोे निवर्तमान तृतीय उपाध्यक्ष राजेन्द्र श्रेष्ठले बताउँनुभयो । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि सिंहले देशभरमा २५ सय देखि ३ हजार योजनाको भुक्तानी म्याद थपबाट लिनुपर्ने अवस्था रहेको बाताउँनु हँुदै सरकारको बिभिन्न निकायले बाहनाबाजी गरेरव्यवसायीलाई दुःख दिने र सकिएको कामको समेत समयमा भुक्तानी नदिदा व्यवसायी मारमा परेको बताउँनुभयो । उहाँले जिल्ला दररेटलाई समय अनुकुल परिमार्जन गर्नु पर्ने र पर्याप्त बजेट नहुँदा पनि ठेक्का लगाउने प्रथाको अन्त्य हुनुपर्ने जोड दिनुभयो । उहाँले यसको लागि सार्वजनिक खरिद ऐन संसोधन गरि व्यवसायीको हितमा काम गर्ने दायित्व महासंघमा आएको बताउँनु भयो ।
अध्यक्ष शिंहले विगत ३ हप्ताभन्दा बढी समयदेखि ९ बुँदे माग राखेर आन्दोलनमा होमिएका निर्माण व्यवसायीहरुको आन्दोलन सडक हुँदै वार्ताको टेवलसम्म पुगेको जानकारी दिंदै वार्ताबाट आफ्ना मागहरु पुरा हुने संकेत गर्नु भएको छ ।
संघका अध्यक्ष छत्र तामाङको अध्यक्षतामा भएको कार्यक्रममा निर्माण व्यवसायी महासंघका बरिष्ठ उपाध्यक्ष एवि लामा, महासचिव शम्भू दाहाल, केन्द्रिय सदस्य बिष्णु लामा, नेपाली काँग्रेस जिल्ला सभापति जंगबहादुर तामाङ, एमालेका जिल्ला अध्यक्ष कमल नेपाल, नेकपा (माओवादी केन्द्र)का उपत्यका बिशेष प्रदेश समिति सदस्य टोपनाथ सापकोटा (टिएन),मेलम्ची नगरपालिकाका नगर प्रमुख आइतमान तामाङ, बलेफी गाउँपालिका अध्यक्ष गंगाबहादर तामाङ, भोटेकोसी गाउँपालिका अध्यक्ष पासाङ नोर्बु शेर्पा, चौतारा साँगाचोकगढीकी उप प्रमुख सीता थापा, नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जीवनप्रसाद श्रेष्ठ, काभ्रे निर्माण व्यवसायी संघका अध्यक्ष बिजय लामा लगायतले संघको साधारण सभा सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो । चौतारामा रहेको संघको आफ्नै भवनमा सुरुभएको अधिवेशन २ दिन चल्ने छ । संघमा ४ सय ४४ जना सदस्य रहेको छ । संघको अधिवेशन तथा साधारण सभा उद्घाटन समारोह बुधवार र बन्द सत्र तथा निर्वाचनको कार्यक्रम भने बिहिबारमात्र हुने संघको अध्यक्ष छत्र तामाङले बताउँनु भएको छ ।
अध्यक्षता गरिरहनु भएका तामाङले आफ्नो कार्यकाल हालसम्मकै स्वर्ण कार्यकाल भएको दावी गर्नु हँुदै बाढी पहिरो र कोरोना महामारीको बखत पनि सरोकारवालाहरुको सहभागितामा कार्यबिधि बनाई निर्माण कार्यलाई कहिल्यै पनि नरोकी काम गरेको बताउँनु भयो ।
