कानुन, सुशासन र प्रशासनिक सुधारमा उल्लेख्य प्रयास भएको छः अर्थमन्त्री डा वाग्ले
काठमाडौँ, २९ वैशाखः अर्थमन्त्री डा स्वर्णिम वाग्ले अर्थ मन्त्रालयमार्फत ३० दिनमा भएका महत्त्वपूर्ण कार्यबारे संसदीय समितिलाई जानकारी दिनुभएको छ । प्रतिनिधिसभाको अर्थ समितिको आजको बैठकमा उहाँले आर्थिक नीति तथा कानुन, सुशासन र प्रशासनिक सुधार, बजेट तथा सरकारी वित्त व्यवस्थापनलगायत विषयमा यसबीचमा महत्त्वपूर्ण काम भएको उल्लेख गर्नुभयो । उहाँले पदबहालीपछिका ३० दिनमा दुई सय २६ निर्णय भएको र दैनिक औसतमा सात दशमलव ५३ निर्णय गरिएको बताउनुभयो । अर्थमन्त्री डा वाग्लले दिएको जानकारीअनुसार यसबीचमा नेपालको वर्तमान आर्थिक स्थितिपत्र सार्वजनिक गरिएको छ । यस्तै, निजी उद्यम–व्यवसाय सुरक्षा एवं प्रवर्द्धन र ठूला विकास आयोजना सहजीकरणलगायत नयाँ विधेयक वा विद्यमान कानुन संशोधनको प्राथमिकीकरण तय गर्दै बृहत् आर्थिक–कानुनी सुधारको मार्गचित्रको मस्यौदा तयार भएको छ । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सुझावअनुरुप ...









