सम्पर्क

ब्रेकिङ न्युज १

सरकारका कार्ययोजना सफल बनाउन ‘स्मार्ट पुलिसिङ’ को रणनीति, तर साधन–स्रोतको अपर्याप्तता

सरकारका कार्ययोजना सफल बनाउन ‘स्मार्ट पुलिसिङ’ को रणनीति, तर साधन–स्रोतको अपर्याप्तता

कृषि, खानेपानी, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
ताराचन्द्र देवकोटा नेपाल प्रहरीको रणनीतिक योजना २०८३–२०८५ सार्वजनिक गर्दै प्रहरी महानिरीक्षक दानबहादुर कार्की । नवप्रवर्तन, इमान्दारिता र तत्परतामार्फत् मानवअधिकारमैत्री नागरिककेन्द्रीत प्रहरी सेवालाई अझ परिस्कृत गर्दै लैजाने र रुपान्तरण गर्ने ध्येयका साथ ७ वटा रणनीतिक क्षेत्र, ३६ वटा रुपान्तरणकारी रणनीति र ९९ वटा मुख्य कार्यक्रम समेटेर नेपाल प्रहरीले रणनीतिक योजना २०८३–२०८५ सार्वजनिक गरेको छ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको प्रमुख आतिथ्यतामा सार्वजनिक गरिएको नेपाल प्रहरीको रणनीतिक योजना २०८३–२०८५ ले नेपाल प्रहरीको आधुनिकीकरणमा ठूलै फड्को मार्ने अपेक्षा गरिए पनि त्यसको लक्ष्य भेट्टाउन परम्परागत बजेटले नधान्ने देखिन्छ ।रणनीतिक योजनाको कार्यान्वयन र अनुगमनको पाटोलाई प्रभावकारी बनाउन विगतका योजना कार्यान्वयनमा देखिएका समस्या तथा कमजोरीहरुको पूर्वानुमान गरी सम्भावित चुनौतीहरुको निराकर...
गोल्मादेवी माध्यामिक विद्यालयमा आधुनिक वर्षा पानी शुद्दिकरण प्रणाली हस्तातन्तरण

गोल्मादेवी माध्यामिक विद्यालयमा आधुनिक वर्षा पानी शुद्दिकरण प्रणाली हस्तातन्तरण

#, खानेपानी, ब्रेकिङ न्युज १, विचार, समाचार
सिन्धुपाल्चोक, जेठ  ०५- चौतारा साँगाचोकगढी नगरपालिका–९, जितपुरस्थित श्री गोल्मादेवी माध्यामिक विद्यालयमा जडान गरिएको आधुनिक आकासीय पानी संकलन तथा शुद्दिकरण प्रणाली को औपचारिक हस्तान्तरण सम्पन्न भएको छ। Gravity Water Nepal को  सहयोगमा स्थापना गरिएको उक्त प्रणाली विद्यालय तथा स्थानीय समुदायलाई स्वच्छ, सुरक्षित र दिगो खानेपानी उपलब्ध गराउने उदेश्यले सञ्चालनमा ल्याइएको हो । विद्यालय परिसरमा आयोजित कार्यक्रममा पिद्यालय व्यवस्थापन समिति, शिक्षक–शिक्षिका, अभिभावक, विद्यार्थी, स्थानीय समाजसेवी तथा विभिन्न सरोकारवाला निकायको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरुले विद्यालयमा स्वच्छ खानेपानीको पहुँच विस्तार हुनु सकरात्मक उपलब्धि भएको बताएका थिए । कार्यक्रममा Gravity Water Nepal का प्रतिनिधिहरूले वर्षाका पानी संकलन गरी आधुनिक प्रविधिबाट शुद्दिकरण गरेर प्रयोगमा ल्याइने प्रणालीबारे जानका...
मार्मिङ माविमा माध्यमिक शिक्षा परिक्षा (SEE ) नतिजापछि गम्भीर समिक्षा शैक्षिक सुधारका लागि सबै पक्षको साझा प्रतिबद्धता

मार्मिङ माविमा माध्यमिक शिक्षा परिक्षा (SEE ) नतिजापछि गम्भीर समिक्षा शैक्षिक सुधारका लागि सबै पक्षको साझा प्रतिबद्धता

ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, शिक्षा, समाचार
भोटेकोशी गाउँपालिका–५ स्थित मार्मिङ माध्यमिक विद्यालयमा यस वर्षको माध्यमिक शिक्षा परिक्षा ( क्भ्भ्) को नतिजा अपेक्षाअनुसार नआएपछि विद्यालयको शैक्षिक अवस्था, चुनौती र सुधारका उपायबारे व्यापक समिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिका प्रमुख पासाङ नुर्पु शेर्पाको प्रमुख अतिथ्यतामा आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, अभिभावक, शिक्षक तथा विद्यार्थीबीच खुला छलफल गरिएको थियो। कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दावात्यम्बा शेर्पाले विद्यालयले सीमित स्रोतसाधनका बाबजुद विद्यार्थीको शैक्षिक सुधारका लागि निरन्तर प्रयास गरिरहेको बताउनु भयो। उहाँका अनुसार गोल्ची, पोखरी र छ्यादी क्षेत्रका विद्यार्थीहरूलाई परीक्षा अवधिभर विद्यालयमै निःशुल्क खाना तथा बसोबासको व्यवस्था गरिएको थियो भने परीक्षा केन्द्र झिर्पुसम्म पुग्न आउजाउका लागि यातायात सुविधा ...
‘एभरेष्ट  म्यान’ कामीरिताले फेरी बनाए विश्व कीर्तिमान

‘एभरेष्ट म्यान’ कामीरिताले फेरी बनाए विश्व कीर्तिमान

#, ब्रेकिङ न्युज १, विचार, समाचार
नेपाली पर्वतारोही कामीरिता शेर्पाले विश्वको स्र्वौच्च शिखर सगरमाथा ३२ औँ पटक आरोहण गर्दै आफ्नै विश्व कीर्तिमानलाई थप अचाईमा पुर्याएका छन् । उनी विश्वभर ‘एभरेष्ट म्यान’ का रपमा परिचित छन् । अभियान आयोजकका अनुसार ५६ वर्षीय कामीरिताले आईतबार बिहान सफलतापूर्वक सगरमाथाको चुचुरोमा पाईला टेकेका हुन् । यससँगै उनले संसारमा सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने आफ्नो कििर्तमानलाई अझ बलियो बनाएका छन् । सोलुखुम्बुको थामे गाउँका कामीरिताले सन् १९९४ मा पहिलो पटक सगरमाथा आरोहण गरेका थिए । त्यसयता उनी सगरमाथा, केटू, मनास्लु, ल्होत्से लगायतका ८ हजार अग्ला हिमालहरु ४५ पटक उक्लिसकेका छन् । उनी हरेक वर्ष आरोही टोलिलाई मार्गदर्शन गर्दै सगरमाथा चढ्दै आएका छन् । उनले एउटै सिजनमा पाँच पटकसम्म पनि सगरमाथा आरोहण गरिसकेका छन् ।  ...
सिन्धुपाल्चोक घोषणा पत्र जारी गर्दै पत्रकार महासघं काठमाण्डौको बैठक सम्पन्न

सिन्धुपाल्चोक घोषणा पत्र जारी गर्दै पत्रकार महासघं काठमाण्डौको बैठक सम्पन्न

कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिदेश, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, शिक्षा, समाचार, साहित्य, स्वास्थ्य
नेपाल पत्रकार महासघं काठमाण्डौ शाखाले पाचौ पुर्ण बैठक सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारामा सिन्धुपाल्चोक घोषणा पत्र जारी गर्र्दै सम्पन्न गरेको छ । चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ५मा रहेको गौरीशङ्कर होटलको सभाहलमा भएको बैठकले १० बुदै घोषणा पत्र जारी गरेको हो । नेपाल पत्रकार महासंघ जिल्ला शाखा काठमाण्डौका सभापती शोभा अर्यालको अध्यक्षतामा बसेको बैठकले आगामी जेष्ठ ९गते काठमाण्डौ शाखाको २५औ साधरणा सभामा प्रस्तुत हुने कार्यक्रम पास गर्दै शाखाका सचिब रमेश कुमार बोहोरा द्धारा प्रस्तुत शाखाका कार्यक्रमहरु प्रशासनिक प्रतिबेदन र शाखाको कोषाध्यक्ष रामचन्द्र कार्कीद्धारा प्रस्तुत आर्थीक प्रतिबेदेन सर्ब सम्मत पास गरेको छ । बैठकले जारि गरेको सिन्धुपाल्चोकको घोषणा पत्रमा सरकारले तोकेको न्युनतम पारिश्रमीक अती न्युनतम रहेकोले दोब्बर गर्न माग गरिएको छ । यसै गरी साना तथा स्वरोजगार मुखी सञ्चार माध्ययम...
बार ईकाइ सिन्धुपाल्चोकको ३५ औं साधारण सभा सम्पन्न

बार ईकाइ सिन्धुपाल्चोकको ३५ औं साधारण सभा सम्पन्न

कृषि, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्ला नेपाल बार एशोसियशन जिल्ला बार ईकाइको ३५ औं साधारण सभा शनिवार चौतारामा सम्पन्न भएको छ । जिल्ला न्यायाधीस रिताकुमारी बख्रेलको प्रमुख अतिथ्यतामा उद्घाटन गर्नु भएको हो । जिल्ला बारका अध्यक्ष भुपेन्द्र बहादुर थिङको सभापतपत्वमा सम्पन्न सभाले बारका सचिव नानि लक्ष्मी थापा द्वारा प्रस्तुत प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष प्रेमकुमार श्रेष्ठ द्वारा प्रस्तुत आर्थिक प्रतिवेदन सर्वसम्वतले पास गरेको छ ।सभालाई सम्वोधन गर्दै जिल्ला न्यायाधिस बख्रेलले न्याय सम्पादन प्रकृया पुरा गर्न तथा पीडितरुले न्याय पाउन कानून व्यवसायीहरुको ठुलो भुमिका रहने बताउनु भयो । बार र बेन्च विचको सुमधुर सम्वन्धले मात्रै न्यायिक प्रकृया छिटो र सहज रुपले सम्पन्न हुने न्यायाधीश बख्रेलको भनाइलाई थियो ।पीडित न्याय माग्न अदालत भन्दा पहिला कानून व्यवसायीकोमा आउने प्रावधान रहेकाले सहि सल्लाह र सहज र छिटो प्रकृयामा लान...
बजार व्यवस्थापनमा मेलम्ची नगरपालिकाको सक्रियताःमूल्यसूची राख्न व्यवसायीलाई आग्रह

बजार व्यवस्थापनमा मेलम्ची नगरपालिकाको सक्रियताःमूल्यसूची राख्न व्यवसायीलाई आग्रह

#, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
मेलम्ची नगरपालिकाले उपभोक्ताको संरक्षण, बजार अनुशासन कायम तथा व्यवसायिक पारदर्शिता सुदृढ गर्ने उद्देश्य सहित तीनदिने बजार अनुगमन सम्पन्न गरेको छ। नगरपालिकाको नेतृत्वमा सञ्चालन गरिएको उक्त अनुगमन कार्यक्रममा नगर उद्योग वाणिज्य संघ, उपभोक्ता हित संरक्षण मञ्च, सुरक्षा निकाय, सञ्चारकर्मी तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। गत २९ देखि ३१ गते सम्म सञ्चालन गरिएको अभियान अन्तर्गत मेलम्ची, बाहुनेपाटी, भोटेचौर, तालामाराङ, दुवाचौर, सिन्धुखोला लगायतका प्रमुख बजार क्षेत्रमा सञ्चालित खाद्य पसल, होटल, ग्यास डिलर, बेकरी तथा अन्य व्यवसायहरूको स्थलगत निरीक्षण गरिएको नगरपालिकाले जनाएको छ । अनुगमनका क्रममा व्यवसायहरूलाई वस्तु तथा सेवाको स्पष्ट रुपमा देख्नेगरी मूल्यसूची अनिवार्य राख्न आग्रह गरिएको छ। बजारमा हने अस्वाभिक मूल्यवृद्दि,उपभोक्ता ठगी, नियन्त्रण उदेश्यले अभियान सञ्चालन गरिएको जनाएको छ ...
पत्रकार महासंघ काठमाण्डौ शाखालाइ चौतारामा स्वागत

पत्रकार महासंघ काठमाण्डौ शाखालाइ चौतारामा स्वागत

कृषि, खानेपानी, खेलकुद, ब्रेकिङ न्युज १, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, समाचार, साहित्य, स्वास्थ्य
नेपाल पत्रकार महासंघ जिल्ला शाखा काठमाण्डौलाइ सिन्धुपाल्चोकमा भब्य स्वागत गरिएको छ । नेपाल पत्रकार महासघं काठमाण्डौ शाखाका अध्यक्ष शोभा अर्यालको नेतृत्वमा सिन्धुपाल्चोक आएको जिल्ला कार्यसमिती काठमाण्डौ शाखाका पदाधिकारीहरुलाइ लोकप्रिय समाचार दैनिकको कार्यलय नेपाल पत्रकार महासघं सिन्धुपाल्चोकको कार्यलय र चौतारा साँगाचोकगढी नगरपालिकाको कार्यलयमा स्वागत गरिएको थियो ।स्वागतको क्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा काठमाण्डौ शाखाका पूर्ब अध्यक्ष बर्तमान सल्लाहकार सुर्य सुबेदीले पत्रकारिता क्षेत्र सङ्कटमा पर्दै गएका प्रती चिन्ता ब्यक्त गर्नु भयो भने जिल्ला शाखा सिन्धुपाल्चोकका अधयक्ष ध्रुब दङ्गालले पत्रकार महासघं केन्द्रले पत्रकारिताका बारेमा खाशै नेतृत्वदायी भुमिका खेल्न नसकेको हुँदा देसकै ठुलो शाखा भएका कारण काठमाण्डौ शाखाले त्यसको भुमिका निर्बाह गर्नु पर्ने बताउँनु भयो । सो अबशरमा क...
विन नेपालको बित्तिय साक्षरता चौतारामा

विन नेपालको बित्तिय साक्षरता चौतारामा

कृषि, खानेपानी, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचित्र संसार, समाचार
विन नेपाल लघुिबत्त बित्तिय संस्था लि.  ले चौतारामा बितिय साक्षरता कार्यक्रम गरेको छ। नेपाल पत्रकार महासंघ  जिल्ला शाखा सिन्धुपाल्चोकको सभाहलमा भएको कार्यक्रममा नगर शाखाका विभिन्न समूहहरुको  उपस्थिती रहेको थियो । कार्यक्रमको सभापति समूहका मुना परियार रहनु भएको थियो भने संस्थाका कार्कारि अधिकृत दिपेन्द्र खतिवडा प्रमुख अतिथी र वडा अध्यक्ष शिव श्रेष्ठ को बिशेष अतिथ्यतामा भएको थियो । केन्द्र प्रमुख गोष्टी तथा बित्तिय साक्षरता कार्यक्रममा जिल्लाका विभिन्न ब्यक्तित्वहरुको उपिस्थति रहेको थियो विशेष गरि आर्थिक अनुशासन का बारेमा जानकारी गराईएको थियो । कार्यक्रमको स्वागत मन्तब्य भिमसेन माझिले राख्नु भएको थियो भने कार्यक्रमको प्रमुख अतिथी दिपेन्द्र खतिवडाले नेपालमा ग्रामीण क्षेत्रमा रहेका न्युन आय भएका तथा अल्पसंख्यक नागरिकहरुमा उच्च स्तरको सेवा प्रदान गर्दै आएको संस्थाले बागमती प्रदेशका ८ वटा जिल्लाम...
समयमै रासायनिक मलको व्यवस्था गर्न सांसदहरुको माग

समयमै रासायनिक मलको व्यवस्था गर्न सांसदहरुको माग

#, कृषि, ब्रेकिङ न्युज १, विचार, समाचार
काठमाडौँ, ३० वैशाखः प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले किसानलाई तत्काल रासायनिक मल उपलब्ध गराउन माग गर्नुभएको छ । खेतीको मौसम सुरु हुन लागेकाले तत्काल रासायनिक मल उपलब्ध गराउन, कृषिलाई थप जिम्मेवार र व्यावसायिक बन्ने वातावरण बनाउन उहाँहरुले माग गर्नुभएको हो । सांसद विक्रम खनालले खेतीको मौसम सुरु भए पनि रासायनिक मल प्राप्त हुन नसकेको र मल खरिदका लागि साहुसँग ब्याजमा ऋण लिनुपरेको बताउनुभयो । उहाँले किसानलाई तत्काल रासायनिक मल उपलब्ध गराउन सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो । सांसद सुनिल केसीले समयमै आवश्यक मात्रामा किसानलाई रासायनिक मल उपलब्ध गराउन माग गर्नुभयो । सांसद शम्भुप्रसाद ढकालले गरिब नेपाली किसानले लगाएको केरा बिक्रीका लागि वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले सीमापारिबाट सामान ल्याउनेभन्दा पनि नेपाली उत्पादन नै उपभोग गर्नुुपर्ने बताउनुभयो । सांसद लक्ष्...