सिन्धुपाल्चोक जिल्लाको बाह्र्बिसे नगरपालिकाको १९ नगर सभा सम्पन्न भएको छ। खेर्सानबिारी स्थित कवडहलमा भएको नगर सभाले नगर प्रमुख बालकृष्ण बस्नेतले प्रस्तुत गर्नु भएको निती तथा कार्यक्रम र उप प्रमुख ान्जु तामाङले प्रस्तुत गर्नु भएको बजेट लाइ अनुमोदन गर्दै सभा सम्पन्न भएको हो । १९औ नगरसभामा उपस्थित सदस्यहरुलाइ निती तथा कार्यक्रम प्रस्तुत गर्दै शिक्षा क्षेत्रमा कक्षा १० सम्म दिवा खाजा खुवाउँने योजना ल्याएानु भएको छ । शिक्षा, स्वास्थ्य र कृषीलाइ बढी पथमिकतामा राखेर ल्याइएको निती तथा कार्यक्रममा निजीक्षेत्रबाट संचालित विद्यालय, सामुदायिक सिकाई केन्द्रहरुको गुणस्तर अभिबृद्धिका लागि उचित कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गरिने , शैक्षिक तथा भौतिक पूर्वाधार निर्माण गर्दा बालमैत्री, अपाङ्गमैत्री तथा लंैगिकमैत्री बनाइने नीति लिइने भएको छ ।
निःशुल्क दिवा खाजाको कार्यक्रमलाई विस्तार गरी कक्षा १० सम्म पोषणयुक्त निःशुल्क दिवा खाजा कार्यक्रम लागु गरिनेछ । आधारभूत शिक्षा (कक्षा ८उत्तीर्ण परीक्षालाई थप मर्यादित, व्यवस्थित र स्तरयुक्त बनाइनेछ । साथै आन्तरिक परीक्षालाई व्यवस्थित, मर्यादित र विश्वसनीय बनाउनका लागि स्थानीय तहबाट आर्थिक र प्राविधिक सहयोग उपलव्ध गराइनेछ ।
स्थानीय पाठ्यक्रमलाई आवश्यक परिमार्जन गरी, उक्त पाठ्यक्रममा स्थानीय भाषामा समेत अध्यापन गराउन प्रोत्साहन गरिनेछ । मातृभाषामा विकास गरिएका पाठ्यपुस्तकलाई एउटै मात्र मातृभाषाका विद्यार्थीहरु अध्ययनरत विद्यालय पहिचान गरी नमूनाको रुपमा त्यस्ता विद्यालयमा लागु गरी आवश्यक शिक्षकको दरवन्दी समेत थप गरिनेछ । स्थानीय पाठ्यक्रम लागू भएका सबै कक्षाका लागि स्थानीय पाठ्यपुस्तक निर्माण तथा छपाई गरी सबै विद्यार्थीलाई वितरण हुने व्यवस्था मिलाइने निती तथा कार्यक्रममा समाबेश रहेको छ । कृषि योग्य जमिन बाँझो रहने प्रवृत्ति वढ्दो क्रममा रहेको हुँदा उक्त कार्यलाई निरुत्साहित गर्दै भूमि बैङ्क प्रणाली मार्फत बाँझो जमिनलाई उत्पादन कार्यमा उपयोग गर्न युवा लक्षित करार खेती, सहकारी खेती र कृषि बन प्रणालीलाई प्रोत्साहन गरिने निती नगरपालिकाले लिएको छ । बाली संरक्षणका कार्यहरुलाई अगाडि वढाई स्थानीय रैथाने बालीहरु जौ, फापर, मास, हिमाली धान(घैया) अनती, तिल उत्पादन, संरक्षण र प्रवद्र्धन गर्ने नीति लिइनेछ । नगरपालिकालाई तरकारीजन्य उत्पादनमा आत्मनिर्भर बनाई थप बजारीकरणलाई विशेष प्राथमिकतामा राखी किसान सहुलियत प्रोत्साहन तथा कृषि उपजहरुको सहज उपलव्धताको लागि कृषि एम्वुलेन्सको व्यवस्था मिलाइने बताउँदै कृषि क्षेत्रको विकासका लागि परम्परागत खेती प्रणालीको संरक्षण गर्दै आधुनिक प्रविधि तथा यान्त्रीकरण प्रयोगमा प्रोत्साहित गरी कृषि उत्पादन पूर्वाधार निर्माणमा प्राथमिकता दिइनेछ । लोपोन्मुख चौरी र भेडापालन कार्यक्रमको संरक्षण र प्रवद्र्धन गर्न आवश्यक व्यवस्था मिलाइने जनाइएको छ । नगर उप प्रमुख मन्जु तामाङले शैक्षिक विकास, स्वास्थ्य विकास, आर्थिक विकास, पूर्वाधार विकासअधुरा योजनाहरु सम्पन्न गर्ने ।सार्वजनिक सेवा तथा क्षमताको विकास, न्यायिक कार्यलक्षित वर्ग उत्थान एवं समावेशीकरण संघीय सरकार र प्रदेश सरकारका प्राथमिकताका योजना तथा कार्यक्रम प्रभाबकारी ढङ्गबाट कार्यन्वयन गर्नेमा जोड दिनु भएको छ । कायृक्रममा लेखा समितीका संयोजक तथा वडा नं ३का वडा अध्यक्ष जिबन भण्डारीले लेखा प्रतिबेदन प्स्तुत गर्नु भएको थियो भने नगर प्रबक्ता तथा वडा न.९का वडा अध्यक्ष बिमल पौडेलले स्वागत गर्नु भएको थियो ।
