
जवाफदेहीपूर्ण असल शासनको विधिमा बाँधिएर समुन्नतिको यात्रा तय गर्ने उद्घोष गर्दै रास्वपाले शासकीय शक्तिको सङ्ग्रह र उपयोग गर्न आवधिक निर्वाचनबाट संसद् र सरकार बनाउने तथा विधिको शासनमार्फत शासकीय शक्तिको सीमा तोक्ने उल्लेख गरेको छ । “रास्वपा कानुनबाट शासन गर्ने होइन, कानुनको शासनमा आधारित व्यवस्थामा विश्वास गर्छ, कानुन सत्तापक्षीय होइन, जनपक्षीय बन्नुपर्छ, यसले नागरिक र राज्यबीच विश्वास स्थापित गर्न मद्दत गर्छ”, प्रस्तावमा भनिएको छ । डा वाग्लेले राज्यको संरचनात्मक रुपान्तरण शान्तिपूर्ण राजनीतिक परितालनको स्वतन्त्र एवं मर्यादित अभ्यास, बहुआयामिक विविधताको न्यायोचित व्यवस्थापन एवं विभेद र विषमताको विसर्जनबाट मात्रै सम्भव हुने उल्लेख गर्नुभएको छ । रास्वपाले आफूलाई सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बुहलवादी लोकतान्त्रिक पार्टीका रुपमा चिनाउँदै वैयत्तिक स्वतन्त्रता र मौलिक हकको प्रत्याभूति र जवाफदेहीपूर्ण असल शासनमार्फत समावेशी राज्य निर्माणलाई प्राथमिकतामा राखेको जनाएको छ । रासस