सम्पर्क

विचित्र संसार

साँझ ७बजे देखी बिहान ५बजे सम्म सवारी सञ्चालनमा रोक, प्रशासनको आग्रह अनाबश्यक बाहीर ननिस्कनु

साँझ ७बजे देखी बिहान ५बजे सम्म सवारी सञ्चालनमा रोक, प्रशासनको आग्रह अनाबश्यक बाहीर ननिस्कनु

अन्तर्वाता, कृषि, खानेपानी, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, ब्रेकिङ न्युज २, राजनिती, विचित्र संसार, शिक्षा, समाचार
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले मनसुन सक्रिय बाढीपहिरो, डुवानको जोखिम बढेको जनाउँदै जिल्ल बासीहरुलाइ यात्रामा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज र भोलि अति भारी वर्षाको सम्भावना रहेको सूचनालाई आधार मान्दै सिन्धुपाल्चोक जिल्लाको अरिनको राजमार्ग लगाएतका राजमार्गहरुमा बेलूका ७बजे देखी बिहान ५बजे सम्म सवारी आबत जावतमा रोक लगाएको छ । प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरे ले सिन्धुपाल्चोक जिल्लाका राजमार्गहरुमा पहीरोको जोखीम र सानातिना खोल्सा तथा खोलाहरुमा समेत बाढीको सम्भावना रहेकोले रात्रीको समयमा समस्या हुन सक्ने भएकाले सवारीसाधन हरुलाइ रोक लगाइएको बताउँनु भयो । यो सँगै कुनै समस्या भएमा तत्काल हटलाइन नम्बर १२३४ नेपाल प्रहरीको१००फोन गर्न समेत अनुरोध गर्नु भएको छ ।  ...
लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट गर्दै सिन्धुपाल्चोक जिल्ला अदालतको उल्लेखनीय उपलब्धि

लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट गर्दै सिन्धुपाल्चोक जिल्ला अदालतको उल्लेखनीय उपलब्धि

., खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचित्र संसार, समाचार
चौतारा । सिन्धुपाल्चोक जिल्ला अदालतले आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक मुद्दा समीक्षा कार्यक्रम सम्पन्न गर्दै न्याय सम्पादनको क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको जनाएको छ। अदालतले बिहीबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार यस आर्थिक वर्षमा निर्धारित लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट गर्न सफल भएको छ, जसले न्यायिक प्रशासनलाई प्रभावकारी, उत्तरदायी र परिणाममुखी बनाउने प्रयासलाई थप मजबुत बनाएको देखिएको छ।अदालतमा आर्थिक वर्षको सुरुआतमा अघिल्लो वर्षबाट जिम्मेवारी सरी आएका २०० मुद्दा रहेका थिए भने चालु वर्षमा थप ७६० नयाँ मुद्दा दर्ता भएका थिए। यससँगै कुल ९६० मुद्दाको लगत कायम भएको थियो। तीमध्ये ७५१ वटा मुद्दा फछ्र्योट गरिएको छ भने २०९ वटा मुद्दा अझै बाँकी रहेका छन्।  अदालतले चालु आर्थिक वर्षमा ६७६ मुद्दा फछ्र्योट गर्ने लक्ष्य निर्धारण गरेको थियो। तर निर्धारित लक्ष्यभन्दा ७५ वटा बढी मुद्दा टुंग्याउँदै...
देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी

देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी

अन्तर्वाता, कृषि, खानेपानी, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, शिक्षा, समाचार, स्वास्थ्य
काठमाडौँ, १ साउनः देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि तथा पूर्वमा सरदर स्थान आसपास रहेकाले देशका विभिन्न भागमा वर्षा हुने छ । महाशाखाका अनुसार हाल देशभर साधारणतया बदली रहेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थान तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधारणतया बदली रहने छ भने पहाडी भूभागका धेरै स्थान तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही तथा मधेस र कोशी प्रदेशका तराईका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । हिमाली भूभागका केही स्थानमा वर्षासँगै हिमपातको सम्भावना पनि छ । महाशा...
आज साउने सङ्क्रान्ति पर्व

आज साउने सङ्क्रान्ति पर्व

कृषि, खानेपानी, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, शिक्षा, समाचार, साहित्य, स्वास्थ्य
काठमाडौँ, १ साउनः सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान गरी मनाइँदैछ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रूपमा मनाउने प्राचीन परम्परा छ । साउनदेखि सूर्य दक्षिणतर्फ गमन गर्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ । माघ १ गते सुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनलाई वैदिक सनातन परम्परामा विशेष महत्वका साथ मनाइन्छ । अधिकांश नेपाली खेतीपातीमा संलग्न हुने भएकाले असार महिनाभर कृषिकर्ममा व्यस्त हुन्छन् । त्यसक्रममा हिलोमैलोका कारण लाग्ने छालासम्बन्धी रोगबाट बच्न लुतो फाल्ने परम्परा रहेको प्रा डा देवमणि भट्टराई बताउनुहुन्छ । परम्पराअनुसार काग भलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपातीलगायत औषधीय गुण भएका वनस्पति राखी कण्डारक नाम गरेको राक्षसको पूजा ...
डुडुवाको सार्बजनिक सुनुवाई  सम्पन्न

डुडुवाको सार्बजनिक सुनुवाई सम्पन्न

खेलकुद, ब्रेकिङ न्युज २, विचित्र संसार, समाचार, स्वास्थ्य
माधब कार्की,नेपालगञ्ज डुडुवा गाँउपालिकाको आयोजना तथा बास नेपालको सहजीकरणमा आज गाउँपालिकाको सभाहलमा आयोजित सार्बजनिक सुनुवाई कार्यक्रमबाट ५ बुद्धे साझा सार्बजनिक प्रतिबद्धता जाहेर गरिएको छ ।जाहेर गरिएका साझा सार्बजनिक प्रतिबद्धताहरुमा, वडा नम्बर ५ को बाटो अधुरो रहेकाले सो बाटो आगामी आर्थिक बर्षमा निर्माण गर्ने, आवागमनका लागि बाटो सहज बनाउन ग्राभेल खसाउने, डुडुवा गाँउपालिका वडा नम्बर ६ हिरमिनियाको मुनासिपुरको सडकमा आगामी आर्थिक बर्षमा ग्राभेल गर्ने, पालिका सँग सम्बन्धित सार्बजनिक सुचना प्रक्रियागत रुपमा माग भएमा आम नागरिकलाई सुचना उपलब्ध गराउने, गाँउपालिकाको सेवा सुबिधा र बिकास निर्माणको गुणस्तरियता थप अभिबृद्धि गर्ने, बिगतमा पालिकामा भएको आगजनीका बिषयमा छानबिन गर्ने लगायतका रहेका छन् । २५० बढि सहभागीहरुको उपस्थिति रहेको उक्त सार्बजनिक सुनुवाईको खुल्ला छलफलमा सुकुम्बासी समस्याको बारेमा, पाल...
१४ नं वडामा कपडाको झोला वितरण गर्दै प्लास्टिकमुक्त अभियान सञ्चालन

१४ नं वडामा कपडाको झोला वितरण गर्दै प्लास्टिकमुक्त अभियान सञ्चालन

अन्तर्वाता, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
असार ३१ – प्लास्टिकजन्य फोहोर न्यूनीकरण तथा वातावरण संरक्षण गर्ने उद्देश्यले चौतारा साँगाचोकगढी नगरपालिका–१४ मा प्लास्टिकमुक्त अभियान तथा कपडाको झोला वितरण कार्यक्रम गरिएको छ। कार्यक्रमका प्रमुख अतिथि संघीय सांसद युवराज दुलालले वातावरण संरक्षणका लागि प्लास्टिकको प्रयोग घटाउनु आजको आवश्यकता भएको बताउँदै स्थानीय तह, संघसंस्था र नागरिकको संयुक्त प्रयासबाट मात्र प्लास्टिकमुक्त समाज निर्माण सम्भव हुने धारणा व्यक्त गर्नुभयो।     उहाँले वातावरणमैत्री व्यवहार अपनाउन सबैलाई आग्रह गर्नुभयो। कार्यक्रममा उँहाले वातावरण संरक्षणलाई नीति र व्यवहार दुवै तहबाट अघि बढाउनुपर्ने आवश्यकता भउको उल्लेख गर्नु हुादै संसदमा आफूले किसानको हित, कृषि क्षेत्रको विकास तथा जनजीविकासँग जोडिएका विषयमा निरन्तर आवाज उठाउँदै आएको र वातावरण संरक्षण पनि कृषिको दिगोपनासँग प्रत्यक्ष रूपमा जोडिएको विषय भएको बताउँनु भयो । दुलालले व...
निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वाेच्चद्वारा खारेज

निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वाेच्चद्वारा खारेज

कृषि, खानेपानी, खेलकुद, बिजनेस, ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, शिक्षा, समाचार, साहित्य, स्वास्थ्य
काठमाडौँ, ३० असारः सर्वोच्च अदालतले निजी सञ्चारमाध्यमहरुलाई सरकारी विज्ञापन नदिने सरकारको परिपत्र खारेज हुने ठहर गरेको छ । सर्वाेच्च अदालतका न्यायाधीशद्वय शारङ्गा सुुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले २०८२ चैत १८ गते सरकारले निजी मिडियालाई सरकारी विज्ञापन नदिने निर्णयविरुद्ध परेको रिट निवेदन खारेज हुने फैसला गर्दै सरकारले जारी गरेको उक्त परिपत्र खारेज हुने ठहर गरेको छ । सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार फैसलाको पूर्णपाठ भने आउन बाँकी छ । मिडिया सोसाइटीका अख्तियार प्राप्त निवेदक अधिवक्ता अनन्तराज लुइँटेलले सरकारले निजी सञ्चारमाध्यमलाई मात्र सरकारी विज्ञापन दिने निर्णय गैरकानुनी भएको उल्लेख गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो । सरकारले सरकारी विज्ञापनहरु सरकारी सञ्चार माध्यमहरुबाट मात्रै प्रकाशित एवं प्रशारित गर्ने निर्णय गरी प्रधानमन्त्री कार्याल...
काउन्सिल अध्यक्ष श्रेष्ठद्वारा पदबहाली, एआईसम्बन्धी मार्गनिर्देशिका बनाएर अघि बढ्ने

काउन्सिल अध्यक्ष श्रेष्ठद्वारा पदबहाली, एआईसम्बन्धी मार्गनिर्देशिका बनाएर अघि बढ्ने

अन्तर्वाता, कृषि, खानेपानी, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, शिक्षा, समाचार, साहित्य
काठमाडौँ, २९ असार । प्रेस काउन्सिल नेपालका हालै मनोनित अध्यक्ष उमेश श्रेष्ठले सोमबारदेखि कार्यभार सम्हाल्नुभएको छ । कार्यभार सम्हाल्नुअघि अध्यक्ष श्रेष्ठले उपस्थित काउन्सिल सदस्य सामुन्ने शपथ लिनुभएको हो । शपथग्रहणपश्चात् उहाँले काउन्सिलमा पदबहाली गर्नुभयो । अध्यक्ष श्रेष्ठले अहिलेको एआई र सोसल मिडियाको परिवर्तित अवस्थामा प्रेस काउन्सिल नेपालको भूमिकामा परिवर्तन गर्नुपर्ने आवश्यकता रहेकोमा जोड दिनुभयो । साथै, प्रेस स्वतन्त्रताको रक्षा गर्नु पनि काउन्सिलको महत्वपूर्ण जिम्मेवारी रहेको उल्लेख गर्दै उहाँले कुनै पनि दबाबबाट मुक्त भई स्वच्छ भएर पत्रकारिता क्षेत्र र सरकारबिचको पुलको रूपमा काम गर्न प्रयत्नरत रहने बताउनुभयो । अध्यक्ष श्रेष्ठले कर्मचारीका समस्याहरूलाई समेत प्राथमिकतामा राखेर अगाडि बढ्ने स्पष्ट पार्नुभयो ।अध्यक्ष श्रेष्ठलाई काउन्सिल सदस्य निर्मला शर्मा, सदस्यसचिव छबीन्द्र पराजुली, म...
सिन्धुपाल्चोकलाई पूर्णखोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा

सिन्धुपाल्चोकलाई पूर्णखोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा

अन्तर्वाता, कृषि, खानेपानी, खेलकुद, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, शिक्षा, समाचार
सिन्धुपाल्चोक जिल्लालाई सबै प्रकारका नियमित खोपको पहुँच सुनिश्चित गर्दै पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। सिन्धुपाल्चोक जिल्लालाई पूर्णखोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। जिल्ला पूर्णखोप समन्वय समिति, सिन्धुपाल्चोकको आयोजनामा असार २९गते चौतारास्थित जिल्ला समन्वय समितिको सभाहलमा आयोजित विशेष समारोहबीच जिल्लालाई पूर्णखोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरिएको हो।राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत जिल्लाका सबै स्थानीय तहमा तोकिएका उमेर समूहका बालबालिकाले नियमित रूपमा सबै खोप प्राप्त गरेको सुनिश्चित भएपछि जिल्लालाई पूर्णखोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरिएको आयोजकले जनाएको छ।कार्यक्रममा प्रमुख अतिथि, विशेष अतिथि, विभिन्न स्थानीय तहका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि, विकास साझेदार र सरोकारवालाहरूको सहभागिता रहेको थियो।...
सोमेश्वरगढीमा प्रधानसेनापति अभिमानसिंहको शालिक अनावरण

सोमेश्वरगढीमा प्रधानसेनापति अभिमानसिंहको शालिक अनावरण

कृषि, खानेपानी, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, विचार, विचित्र संसार, समाचार, साहित्य
नारायणगढ (चितवन), २७ असारः समुद्र सतहबाट ८८० मिटरको उचाइमा उभिएर हेर्दा देखिने माडी उपत्यकाको सुन्दर दृश्य, चुरे पर्वतमालाको विशाल रूप र ऐतिहासिक गढीले आज एउटा जीवन्त इतिहास बोकेर बसेको अनुभूति गराउँछ । चितवनको माडी नगरपालिकास्थित सामरिक एवं धार्मिक दृष्टिले देशकै महत्वपूर्ण आधारस्थल मानिने ऐतिहासिक सोमेश्वरगढी एउटा विशेष र ऐतिहासिक क्षणको साक्षी बन्यो । माडी नगरपालिका र नेपाली सेना श्री नयाँ गोरख गणको संयुक्त सहकार्यमा यहाँ निर्मित प्रधानसेनापति (काजी) अभिमानसिंह बस्न्यातको शालिकको अनावरण गरिएसँगै पार्कले पूर्णता पाएको छ । नेपाली सेनाको निरन्तरको पहल, खोज-अनुसन्धान तथा स्थानीय जनप्रतिनिधिको दृढ इच्छाशक्तिका कारण यहाँ निर्मित शालिक र पार्कले पूर्णता पाएको हो । नेपाली सेना मध्य पृतनापति उपरथी विष्णुकुमार खड्काले महान् योद्धा तथा सोमेश्वरगढी विजयका नायक बस्न्यातको सम्मान, श्रद्धा र स्मरण स्व...