नेपाली महावाणिज्यदूत निरौला र महानिर्देशक तिङबीच भेटवार्ता
ल्हासा, २०८२ भदौ ११
ल्हासा स्थित नेपाली महावाणिज्यदूतावासका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र चीनको सिचाङ स्वायत्त क्षेत्रका वैदेशिक मामिला कार्यालयका महानिर्देशक पाओ तिङबीच आज महावाणिज्यदूतावासमा भेटवार्ता सम्पन्न भयो ।महावाणिज्यदूत निरौलाले महावाणिज्यदूतावासमा महानिर्देशक तिङको स्वागत गर्दै महानिर्देशकको पहिलो पटक भएको महावाणिज्यदूतावास भ्रमणका लागि धन्यवाद ज्ञापन गर्नु भयो । उँहाले नेपाल चीनबीचको ऐतिहासिक संबन्ध बारे प्रकाश पार्दै चीन सरकारका तर्फबाट हालसम्म पु¥याएको साथ र सहयोगका लागि समेत धन्यवाद दिनु भयो । सो अवसरमा उँहाले यो वर्ष नेपाल र चीनबीच कुटनैतिक संबन्ध स्थापना भएको ७० औं वार्षिकोत्सव भएकाले विविध कार्यक्रमहरु आयोजना भइरहेका उल्लेख गर्दै पारस्पारिक सद्भाव, एकअर्काको सार्वभौमिकताको सम्मान र आन्तरिक मामिलामा अहस्तक्षेपमा आधारित भई दुबै देशबाट भइरहेका कार्यले संबन्धमा थप बल ...
