हिराहरी तेक्वान्दो डोजाङ्गको जुनियर ग्रेडिङ सम्पन्न
नेपाल तेक्वान्दो संघको नियमित कार्यक्रम अनुसार हिराहरी तेक्वान्दो डोजाङ्ग चौतारामा प्रशिक्षणरत तेक्वान्दो खेलाडीहरुको जुनियर ग्रेडिङ Junior Belt Promotion Test सम्पन्न भएको छ ।
सिनियर खेलाडीहरु मेनुका श्रेष्ठ सचिन तामाङ, प्रवेश नेपाल , निभा श्रेष्ठ , युग काफ्ले, रेगिना गुरुङ , कृन्जल दंगाल तथा अभिभावकहरुको बाक्लो उपस्थिति रहेको थियोे ।
साथै कार्यक्रममा सिनियर खेलाडीहरुको प्रमाणपत्र पनि वितरण गरिएको थियोे । ग्रेडिङमा सेतो पेटी तर्फ प्रान्जल श्रेष्ठ, ज्वाला तामाङ, आरोशी तामाङ, करिस्मा घले, एलिना दंगाल, पहेँलो पेटीतर्फ रेमन श्रेष्ठ डबल प्रमोसन र अन्य सहभागीहरु उतिर्ण हुन भएको छ । सिन्धुपाल्चोक जिल्लाको सिनियर प्रशिक्षक, कालो पेटी छैठौं डान , डोजाङ्गका संस्थापक तथा डोजाङ्ग प्रमुख रमेश गुरुङले ग्रेडिङ लिइएको थियो ।...


