सम्पर्क

Author: लोकप्रिय समाचार

फोहोरमैला ब्यबस्थापन भवनको शिलन्यास

ब्रेकिङ न्युज २, समाचार
धापमा फोहोरमैला ब्यबस्थापन केन्द्र भवनको शिलन्यास गरिएको छ । शनिबार पाँचपोखरी थाङ्पाल गाउँपालिका – ६ धापमा वडा अध्यक्ष नारायण भट्टराईले भवनको शिलन्यास गर्नुभएको हो । ग्रामीण समाज कल्याण सघं आर्सो नेपाल र टिजिएच नेपालको आर्थिक सहयोग तथा पाँचपोखरी थाङपाल गाउँपालिकाको समन्वयमा थाङपाल उपत्यका एकीकृत पुनर्लाभ कार्यक्रम अन्तरगर्त भवनको शिलन्यास गरिएको आर्सो नेपालका परियोजना सहजकर्ता मनोज पौडेलले जानकारी दिनुभयो । फोहोरलाई मोहोरमा रुपान्तरण गरौं र पाँचपोखरी थाङ्पाल गाउँपालिकालाई स्वच्छ,सफा, फोहोरमुक्त गाउँपालिका बनाउने उद्धेश्यले यस यसअघि संस्थाको सहयोगमा पालिकाको वडा नम्बर ३,४ र ५ मा भवन बनिसकेको परियोजना संयोजक हर्क गोलेले जानकारी दिनुभयो । फोहोरमैला ब्यबस्थापन केन्द्र बनेका वडा हरुमा अहिले फोहोरमैला ब्यबस्थापन समिति बनाएर प्रत्येक महिनाको १ पटक फोहोर संकलन हुँदै आएको छ । जस्ले गर्दा त्यहाँको ...

राससमा नयाँ वर्ष शुभकामना आदानप्रदान

#, ब्रेकिङ न्युज १, समाचार
  राष्ट्रिय समाचार समिति, राससमा नयाँ वर्ष २०८० का उपलक्ष्यमा आज रासस केन्द्रीय कार्यालय काठमाडौँमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरियो । सो कार्यक्रममा राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले राससले समाचार सेवाको विविधतासहित गुणस्तर सुधारमा जोड दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । सेवाग्राही आमसञ्चार माध्यमबाट प्राप्त सुझावलाई समेत मध्यनजर गरी समाचार सेवाको गुणस्तर सुधार गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो । उहाँले आधुनिक सूचना प्रविधिको अधिकतम प्रयोग गरी नयाँ ऊर्जा र अठोटका साथ छिटोछरितो ढङ्गबाट समाचार तथा फोटो सम्प्रेषण गर्न सबै सञ्चारकर्मीलाई आग्रह गर्नुभएको थियो । सो कार्यक्रममा नेपाल पत्रकार महासङ्घका सभापति विपुल पोखरेलले सत्यतथ्य एवं आधिकारिक समाचार सम्प्रेषण गरी आमजनतालाई सुसूचित गराउँदै आएको राससको सेवा अझ प्रभावकारी र विश्वसनीय हुने विश्वास व्यक्त गर्नुभयो ।...

‘विपद् व्यवस्थापनमा स्थानीय पालिकाको क्षमता अभिवृद्धि गर्नुपर्छ’

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ ९आएएफआरसी० र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उच्च पदाधिकारीबीचमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा थप आपसी समन्वय र सहकार्य गर्दै जाने भएका छन् । आएएफआरसीले नेपाल रेडक्रस सोसाइटीमार्फत आफ्नो मानवीय सेवामा सहयोग गर्दै आएको छ । आइएफआरसीका राष्ट्रिय प्रतिनिधिमण्डल प्रमुख अजमत उल्ला र प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलका बीचमा बिहीबार छलफल भएको थियो । उहाँहरुले विपद् व्यवस्थापन गर्न स्थानीय पालिकाहरुको क्षमता अभिवृद्धिमा जोड दिनुभएको थियो आइएफआरसीका राष्ट्रिय प्रतिनिधिमण्डल प्रमुख उल्लाले आइएफआरसीका मानवीय सेवाका बारेमा जानकारी गराउनुभएको थियो भने प्राधिकरणका कार्यकारी प्रमुख पोखरेलले प्राधिरकणका पछिल्ला गतिविधि प्रस्तुत गर्नुभएको थियो । आइएफआरसीले गत माघमा नेपाल रेडक्रस सोसाइटीलाई ३० नयाँ ए...

यस्तो छ यस वर्षको ग्रहयोग

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
काठमाडौँ, १ वैशाख (रासस) : आजदेखि नववर्ष २०८० सुरुआत भएको छ । यो वर्ष ज्योतिष शास्त्रअनुसार कस्तो हुन्छ भनी यसका विज्ञसँग गरिएको प्रश्नका आधारमा तयार पारिएको सामग्री यहाँ प्रस्तुत गरिएको छ । नववर्ष २०८० मा राजनीतिक क्षेत्रमा असहिष्णुता र उग्रता बढ्ने ग्रहयोग देखिएको वाल्मीकि विद्यापीठ फलित ज्योतिषका सहप्राध्यापक डा माधवप्रसाद पाण्डेय बताउनुहुन्छ । प्रतिस्पर्धात्मक राजनीतिमा मात्र नभई राज्य व्यवस्था सञ्चालनमा समेत असहिष्णु र उग्र प्रवृत्ति देखा पर्ने भएको छ । नयाँ वर्षको पहिलो महिना वैशाखमा केही कठोर एवं अलोकप्रिय निर्णयको ग्रहयोग देखिएको उहाँले बताउनुभयो । “यस्ता निर्णय राष्ट्रको दूरगामी हितका दृष्टिले आवश्यक पनि ठानिएला, आर्थिक वर्षको अन्त्य सम्ममा केही सकारात्मक परिणाम पनि देखा पर्छ, नयाँ आर्थिक वर्षको सुरूआतसँगै अस्तव्यस्तताको स्थिति आउने सम्भावना छ, राष्ट्रप्रमुख एवं सरकारप्रमुख ...

प्रेस काउन्सिल नेपालले छापा सञ्चार माध्यमहरुको बर्गीकरण गरेको छ

ब्रेकिङ न्युज १, समाचार
प्रेस काउन्सिल नेपालले छापा सञ्चार माध्यमहरुको बर्गीकरणको नतीजा प्रकाशन गरेको छ । पत्रपत्रिका-वर्गीकरण-नतिजा-२०७७-७८-1जस मध्य सिन्धुपाल्चोक बाट प्रकाशित लोकप्रिय समाचार दैनिक राष्ट्र्रीय स्तरको ख,मा बर्गीकृत भएको छ भने सिन्धुपाल्चोकबाट प्रकाशित सिन्धु प्रवाहसाप्ताहीक, सिन्धुपोष्ट साप्ताहीक प्रदेस क सर्बपक्ष दैनिक प्रदेस ख सिन्धु सन्देशसाप्ताहीक,सिन्धुज्वालासाप्ताहीक, सिन्धु जागरणसाप्ताहीक,सिन्धु बुलन्द साप्ताहीक र सिन्धुयात्रा मासिक स्थानीय क जनता पत्र साप्ताहीक ओख्रेनी साप्ताहीक र नेत्रज्योती मासिक स्थनीय ख मा परेका छन ।...

मेलम्ची नगरपालिका वडा नम्बर ७ दुवाचौरलाई बालमैत्री वडा घोषणा

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वडा नम्बर ७ दुवाचौरलाई बालमैत्री वडा घोषणा गरिएको छ ।बुधबार एक कार्यक्रमका बीच उक्त वडालाई बालमैत्री वडाका रूपमा घोषणा गरिएको हो । बालमैत्री स्थानीय शासनका आधारभूत सूचकहरु पूरा गरी वडालाई बालमैत्री वडा घोषणा गरिएको वडाध्यक्ष पासाङ तामाङले जानकारी दिनुभयो । बालमैत्री वडा घोषणा गर्नका लागि केही मापदण्डहरु पूरा गर्नुपर्ने हुन्छ । बालबालिका मैत्री वडा हुन् बालबालिकाको क्षेत्रमा बजेट विनियोजन, शतप्रतिशत बालबालिका विद्यालय भर्ना, सबै विद्यालयमा छात्रछात्रामैत्री शौचालय, सबै बालबालिकालाई पूर्ण खोप, सबै घरमा शौचालय, सबै बालबालिकाको जन्मदर्तालगायतका न्यूनतम मापदण्ड पूरा गर्नुपर्ने प्रावधान छ ।बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीतिअनुसार स्थानीय तहलाई बालमैत्री गराउनका लागि ५१ वटा सूचक पूरा गर्नुपर्ने उल्लेख छ । यो वडा जिल्लाको दोस्रो तथा मेलम्चीको पहिलो बाल...

चौतारासाँगाचोकगढी नपामा पशु शिबीर

समाचार, स्वास्थ्य
सिन्धु पाल्चोक जिल्ला चौतारा साँगाचोक गढी नगरपालिका ले १२५००००को पशु सुत्केरी(गाइ भैसी सुत्केरी प्रोत्सहन रकम ) प्रत्साहन रकम बाडेको छ । नगरपालिकाले यस आबमा सुत्केरी गाइ र भैसी गरी जम्मा ५००वटा लाइ रु २५००का दरले १२५००००। रुपैया बितरण गरेको नगर पशु शाखाका प्रमुख अर्जुन बहादुर खड्काले जानकारी दिनु भयो ।   उँहाका अनुसार सुत्केरी गाई भैसी प्रोत्साहन अनुदान बापत प्रति गाई भैसी रु.२५००का दरले ५०० गाई भैसीको रु.१२,५०,०००।वितरण गरिनुका साथै ७०० गाई भैसीको विमा गरिएको , र ४ स्थानमा पशु स्वास्थ घुम्ती शिविर कार्यक्रम गरिएको जानकारी दिनु भयो । शिबीर गरिएको मध्य सबै भन्दा बढी वडा नं १४डडुवामा २०३ ले सेवा लिएका थिए । यसरी सेवा लिनेमा गाइ६३ भैसी ११९ बोका बाख्रा १५७७ बङ्गुर ४६ कुखुरा ७१२ले शिबीरबाट औषधी पाएका छन भने २२वटा को बन्ध्याकरण गरिएको छ । यसै गरी स्याउलेमा जम्मा १५९ले सेवा लिएका थिए । यसरी सेवा ...

सञ्चार रजिस्ट्रारमा पुन रेवती सापकोटा

ब्रेकिङ न्युज २, राजनिती, समाचार
बागमती प्रदेशको सञ्चार रजिस्ट्रारमा रेवती सापकोटा ले निरन्तरता पाउँनु भएको छ । चौतारा साँगाचोकगढी नगरपालिका वडा न ४, कुबिण्डेका सापकोटा दोस्रोपटक प्रेस रजिस्ट्रारमा नियुक्ति हुनुभए पछी उँहाले निरन्तरता पाँउनु भएको होे ।बागमती प्रदेश सरकारको मंलबार बसेको मन्त्री परिषद्को बैठक निर्णयबाट दोश्रो कार्यकालको लागि सापकोटा पुनः नियुक्ति हुनुभएको प्रेस रजिस्ट्रारको कार्यालयले जनाएको छ ।पहिलो कार्यकालमा सञ्चार क्षेत्रको व्यवस्थापन‚ प्रवर्द्धन र सवलीकरणका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका सापकोटाको दोस्रो कार्यकाल अझ सशक्त हुने सञ्चारकर्मीहरुले विश्वास लिएका छन् ।...

स्थानीय सरकारको मुख्य उद्धेश्य घर दैलो बाटै सेवा प्रदान गर्ने ः तामाङ्ग

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार
घर दैलो बाटै सेवा प्रदान गर्ने घर दैलो बाटै सेवा प्रदान गर्ने स्थानीय सरकारको मुख्य उद्धेश्य रहेको , त्यही उद्धेश्य पुरा गर्नका लागी मेलम्ची नगरपालिका लागी परेको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ्गले बताउँनु भएको छ । मेलम्ची नगरपालिकमेलम्ची नगरपालिका वडा नम्बर १३ फटकसिलाको प्रशासनिक भवनको उद्घाटन गर्दै नगर प्रमुख तामाङ्गले यस्तो बताउँनु भएको हो । उँहाले मेलम्ची नगरपालिका ले श्रोत र साधनले भ्याए सम्म नागरिकको सेवा का लागी घर आँगनमा उपस्थित हुने बताउँदै त्यसैका लागी हरेक वडा कार्यलयको आफ्नै भवन बनीरहेको बताउँनु भयो । उँहाले भवन निर्माण सँगै त्ँयहा नागरिकले सुबीधा कसरी पाएका छन त्यस प्रती नगरको ध्यान केन्द्रीत हुने समेत सो अबशरमा बताउँनु भयो । मंगलबार मेलम्ची नगरपालिकाका प्रमुख भवनको उद्घाटन गर्दै नगर प्रमुख तामाङले जनताको नजिकको सरकार भनेकै स्थानिय तह भएकाले जनताको दुःख सुखदुःखको सारथ...

किसानलाई कृषि सामग्रीसँगै तालिम

ब्रेकिङ न्युज १, समाचार
पाँचपोखरी थाङपाल गाँउपालिकाका किसानलाई ५० प्रतिशत अनुदानमा कृषि सामग्रीसँगै तालिम पनि दिएपछि किसानलाई काम गर्न सहज भएको छ । पालिकाले अनुदानमा किसानका लागि १७ थान ९ र १० एच. पी मिनिटिलर वितरण गरेको पालिकाका कृषि शाखा प्रमुख निमराज गिरीले जानकारी दिनुभयो । समयानुसार किसानहरूलाई अत्ति आवश्यक कृषि पेशासँग सम्बन्धित कृषिऔजार, बिउविजन, पा्रविधिक सरसल्लाह, तालिम, उत्पादित कृषिजन्य वस्तुहरुको बजारीकरणमा सहजता ल्याउन थप कायक्रमहरुको आपेक्षा गरिएको स्थानिय हसिना वाइवा बताउनुहुन्छ । ती सामग्री हस्तान्तरण गर्दै गाँउपालिका उपाध्यक्ष सुनिता अधिकारीले उन्नत बाली लगाउन आग्रह गर्नुभयो । उहाँले कृषिमा आधुनिकीकरण गर्न र व्यवस्थित बनाउनका लागि विभिन्न कृषि औजारहरु वितरण गरिएको जानकारी गराउँदै कृषकका समस्या समाधान गर्न गाँउपालिका तयार रहेको बताउनुभयो । कृषि औजार बिग्रने र बनाउन समस्या भएपछि किसानहरुको...