सम्पर्क

Author: लोकप्रिय समाचार

पत्रपत्रिकाको वर्गिकरण नतिजाप्रति पत्रकार महासंघको ध्यानाकार्षण

ब्रेकिङ न्युज १, समाचार
प्रेस काउन्सिल नेपालले गरेको आर्थिक वर्ष २०७८/७९ को पत्रपत्रिका वर्गिकरण÷मूल्यांकनको प्रारम्भिक नतिजाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । प्रेस काउन्सिल नेपालले गरेको बर्गिकरण सुचिकृतमा जाल झेल भएको भन्दै नेपाल पत्रकार महासंघ लगायत स्वतन्त्र पत्रकारहरुले बिरोध जनाएका छन् । नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव गोबिन्द चौलागाई, शान्ताराम बिडारी लगायतका ब्यक्तिहरु सहितको समुहले सोमबार प्रेस काउन्सिल नेपालमा ध्यानाकर्षण ज्ञापन पत्र बुझाइएको हो । नतिजालाई लिएर देशभरबाट श्रमजीवि पत्रकार साथीहरुले गम्भिर असहमति जनाएको अवस्थामा तत्काल निर्णय सच्याइ पारदर्शी र निष्पक्ष ढंगबाट प्रक्रियागत रुपमा नतिजा सार्वजनिक गर्न जोडदार माग गरेको छ । देशैभरीबाट नियमित प्रकाशन हुँदै आएका पत्रपत्रिकाहरुको वार्षिक मुल्याङ्कन र वर्गिकरण गर्दै आएको वितरण संपरिक्षण समिति र स्वयम् प्रेस काउन्सिल नेप...

भोलिदेखि मनसुन पुनःसक्रिय हुँदै

ब्रेकिङ न्युज १, समाचार
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानूमान महाशाखाले भोलिदेखि मनसुन पुनः सक्रिय हुँदै जाने जनाएको छ । महाशाखाका अनुसार भोलि र पर्सि मुलुकका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुनुका साथै केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । आज मनसुन विशेष तीन दिने मौसम बुलेटिन सार्वजनिक गर्दै विभागले कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका केही तथा कर्णाली र मधेस प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको हो । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक÷दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको बुलेटिनमा उल्लेख गरिएको छ । विभागले बुलेटिन जारी गरी देशभर समान्यदेखि पूर्णतया बदली रही अधिकांश स्थानमा वर्षा हुने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ । जिल्लागत मनसुनी वर्षाको उच्च जोखिममा कोशी प्रदेशको ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, तेह्रथुम दे...

दर्जनौ मोटरेबल पुल र बेलिब्रिज उच्च जोखिममा

ब्रेकिङ न्युज २, समाचार
अबिरल बर्षासँगै आएको बाढि पहिराको कारण सिन्धुपाल्चोकका दर्जनौ मोटरेबल पुल र बेलिब्रिज उच्च जोखिममा परेका छन् । भे्रमाथाङबाट आएको बाढीले हेलम्बुस्थित चनौटेमा रहेको बेलिब्रिज र इन्द्रावती नदीको बाढीले बाहुनेपाटीको पक्की पुल जोखिममा परेको हो । बाह्रबिसेमा रहेको मोटरेबल पुललाई भोटेकोशी र खाडीचौरमा रहेको मोटरेबल पुल सुनकोशी नदीको बाढीले जोखिममा पारेको छ । खाग्दल खोलाको बाढीले खाग्दलमा रहेको बेलिब्रिज बगाएको छ । मोटरेबल पुल र बेलिब्रिज जोखिममा परेपछि सवारीसाधन सञ्चालनमा समस्या भएको छ । निरन्तरको वर्षाले ठुलासाना नदी र ठाडो खोलामा भीषण बाढी आइरहेको छ । बाढीले पुलछेउका भाग कटान गरेको छ । यस्तै बाह्रबिसे, खाडीचौर, बाहुनेपाटीलगायतका स्थानमा रहेका मोटरेबल पुल ५० वर्ष पुराना छन् । जोखिममा रहेका पुलबाटै भने दैनिक रुपमा सवारीसाधन आवतजावत भइरहेको छ । पुलको संरक्षणमा तिनै तहका सरकार लाग्नुपर्ने जिल्ला स...

प्राकृतिक प्रकोपपछिको पुनर्निर्माणका लागि संघीय र प्रदेश सरकारको ध्यानाकर्षण

ब्रेकिङ न्युज २, राजनिती, समाचार
मेलम्ची नगरपालिकाका नगर प्रमुख आइतमान तामाङले प्राकृतिक प्रकोपबाट क्षति पुगेको सार्वजनिक संरचनाहरुको पुनर्निर्माणका लागि संघीय र प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । जिल्ला प्रशासन कार्यालय, जिल्ला विपद व्यवस्थापन समितिद्वारा आइतबार मेलम्चीमा आयोजित बहुप्रकोपमा आधारित पूर्व सूचना प्रणाली तथा विपद् जोखिम न्युनिकरण सम्बन्धि नीतिगत छलफल तथा आगामी योजनाका विषयमा अन्तरक्रिया कार्यक्रममा आफ्नो धारणा राख्दै नगर प्रमुख तामाङले संघ र प्रदेश सरकारको समन्वय र सहयोगको अभावमा मनसुन जन्य विपदबाट क्षति पुगेका सार्वजनिक तथा व्यक्तिगत संरचनाहरुको पुनर्निर्माणमा कठिनाई भएको बताउनुभएको छ । कार्यक्रमको अवसरमा बोल्दै पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्रि तथा कार्यक्रमका प्रमुख अतिथि मोहन बहादुर बस्नेतले जनप्रतिनिधिले अरुलाई सिकाउने मात्र नभई आफैं नेतृत्व गर्नुपर्नेमा जोड दिनुभएको छ । प्राकृतिक विपत्...

एसइई परीक्षामा उत्कृष्ट ८० थारु विद्यार्थीलाई सम्मान

समाचार
काठमाण्डौँ यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसइईमा उत्कृष्ट हुने ८० जना थारु समुदायका विद्यार्थीहरूलाई सम्मान गरिएको छ । थारु विद्यार्थी सभाले काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी यस वर्षको एसइई परीक्षामा उत्कृष्ट हुने विद्यार्थीहरूलाई सम्मान गरेको हो । त्यस अवसरमा उत्कृष्ट एसइईमा ४ जिपिए सहित उत्कृष्ट हुने २० जना थारु विद्यार्थीहरूलाई विशेष सम्मान गरिएको थियो । कार्यक्रममा उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान गर्दै पूर्व मन्त्री एवं सांसद भगबती चौधरीले शिक्षा हासिल गरेर नै भविष्य निर्माण गर्न सकिने बताउनुभयो । त्यसैले पढ्ने उमेरमा पढाइमा ध्यान केन्द्रित गर्न सांसद चौधरीले आग्रह गर्नुभयो ।...

बाँझो जग्गा सदुपयोग गर्न फलफूल खेती

बिजनेस, ब्रेकिङ न्युज २, समाचार
बाँझो रहेका जग्गाको सदुपयोग गर्दै भोजपुरका कृषक फलफूल खेतीमा जुटन थालेका छन् । वषौँदेखि बाँझिएका खेतीयोग्य जमिनमा लगाएको फलफूल खेतीबाट पर्याप्त  आम्दानी हुन थालेपछि कृषक उत्साहित भएका छन् । ड्रागन फ्रुटको माग बढेसँगै भोजपुर नगरपालिका–१२ टक्सारको पिप्लेमा बाँझो रहेको एक सयभन्दा बढी रोपनी जग्गा भाडामा लिई ‘भोजपुर ड्रागन फ्रुट कम्पनी’ले व्यावसायीकरुपमा खेती गरेको छ । झण्डै ५० रोपनी जग्गामा अहिले ड्रागन फ्रुटको खेती गरिएको छ । ड्रागन फ्रुटका आठ हजार बिरुवा रोपिएको सञ्चालक एक्सन राईले बताउनुभयो । यस वर्ष रु आठ लाखदेखि रु १० लाखसम्म आम्दानी हुने उहाँको अनुमान छ । यस्तै  टेम्केमैयुङ गाउँपालिका–८ सल्लेनीमा ४२ रोपनी जग्गामा कृषक शम्भु नेपालले ड्रागन फ्रुट र कागती खेती गर्दै आउनुभएको छ । बाँझो जमीनमा चार वर्ष अघि ‘दानाबोटे फलपूmल तथा कृषि फर्म’ दर्ता गरी कृषि कर्म सुरु गरेको उहाँले बताउनुभयो । ने...

फैलँदै हैजा, देशभर २५ जनामा पुष्टि

ब्रेकिङ न्युज २, समाचार
वर्षायामसँगै हैजाको प्रकोप फैलिएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)ले सार्वजनिक गरेको पछिल्लो बुलेटिनअनुसार मुलुकभर सङ्क्रमितको सङ्ख्या २५ पुगेको हो । पछिल्लो २४ घण्टामा दुई जनामा सङ्क्रमण पुष्टि भएको छ । अहिलेसम्म ललितपुरको गोदावरी नगरपालिकामा १६, काठमाडौँको टोखा नगरपालिकामा आठ र कैलालीको धनगढी उपमहानगरपालिकामा एकजनामा हैजा सङ्क्रमण देखिएको इडिसिडीले जनाएको छ । हैजा ‘भिब्रियो कोलेरी’ प्रजातिको जीवाणुबाट मानिसमा लाग्ने अति सङ्क्रामक झाडापखालासम्बन्धी रोग हो । हैजालगायत पानीजन्य रोगहरुबाट बच्न सरसफाइमा ध्यान दिन र पानी उमालेरमात्र पिउन स्वास्थ्य क्षेत्रका विज्ञले सुझाव दिएका छन् । विशेष गरेर निरन्तर मात्रामा पातलो दिसा लाग्नु यस रोगको प्रमुख लक्षण हो । हैजा हुँदा बान्ता हुने, लुज मोसन हुने, चौलानी पानी जस्तो पखाला हुने गर्छ । तर, पेट दुख...

७१ वर्षीया वृद्धाको लुटपाटपछि हत्या

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका–७, घुम्थाङ खनियाबासमा अज्ञात समूहद्वारा लुटपाटपछि एक वृद्वाको हत्या भएको छ । शुक्रबार दिउँसोको समयमा गरगहना र नगद लुटेर स्थानीय ७१ वर्षीया रत्न कुमारी थापाको हत्या भएको इलाका प्रहरी कार्यालय बाह्रबिसेले जनाएको छ । प्रहरीका अनुसार मृतक थापाको शरीरमा कुनै चोटपटक नदेखिएको, तर हत्या भएको देखिन्छ । कति सामाग्री चोरी भयो भनेर यकिन भने भइसकेको छैन । जिल्ला प्रहरीको बिशेष अनुसन्धान टोलीसहित तालिमप्राप्त दुई कुकुर घटनास्थलमा खटाइएको जिल्ला प्रहरी सिन्धुपाल्चोक डिएसपी निरन्जन भट्टराईले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान अघि बढाइरहेको प्रहरीले जनाएको छ । दिनधाडै यस्तो घटनापछि स्थानीयबासी भने त्रसित बनेका छन् ।...

घरेलु तथा साना उद्योेगको प्रवर्द्धनमा सरकार हरतरहले लागेको छ ः उद्योगमन्त्री

ब्रेकिङ न्युज २, समाचार
काठमाण्डौँ उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निर्यातजन्य वस्तु साना तथा मझौला उद्योगमा प्रचुरमात्रामा रहेका भन्दै त्यस्ता उद्योेगको प्रवर्द्धनमा सरकार हरतरहले लागेको बताउनुभएको छ । नेपाल घरेलु तथा साना उद्योग महासङ्घका पदाधिकारीहरुसँग भएको छलफलमा उहाँले उद्योग मन्त्रालय र नेपाल घरेलु तथा साना उद्योग महासङ्घका पदाधिकारीबीच निरन्तर समन्वय र सहकार्य भएमा मुलुकको औद्योगिक विकासमा सहयोग पुग्ने बताउनुभयो । आत्मनिर्भर अर्थतन्त्रको बाटो भनेकै लघु, घरेलु, साना तथा मझौला उद्योग हुन् भन्दै मन्त्री भण्डारीले भन्नुभयो, “घरेलु तथा साना उद्योग भनेको तान बुन्ने मात्रै होइन कषि उद्योग पनिहो, विभिन्न उत्पादनमूलक उत्पादन, जडीबुटी सङ्कलन पनि हो । यी क्षेत्रलाई अझ समृद्ध बनाउनुहोस् । त्यसका लागि सहजीकरण गर्न मन्त्रालय तयार छ ।”उद्योगी व्यवसायीलाई प्रोत्साहित गर्ने र उद्योग व्यवसायको विकासका ल...

लक्ष्यभन्दा बढीलाई पोलियो विरुद्धको खोप

ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
काठमाडौँ उपत्यकामा लक्ष्यभन्दा बढी बालबालिकालाई पोलियो रोग विरुद्धको खोप लगाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत साउन ९ गतेदेखि साउन १५ गतेसम्म सञ्चालन गरेको खोप अभियानमा लक्ष्यभन्दा बढी खोप लगाएको हो । स्वास्थ्य सेवा विभागका बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले दुई लाख ९७ हजार नौ सय २५ बालबालिकालाई खोप लगाएको जानकारी दिनुभयो । उहाँले १०४ प्रतिशत बालबालिकालाई खोप लगाएको बताउनुभयो । उपत्यकामा दुई लाख ७९ हजार छ सय ८१ बालबालिकालाई पोलियो रोग विरुद्धको खोप खुवाउने लक्ष्य लिएको थियो । उहाँका अनुसार काठमाडौँ जिल्लामा दुई लाख तीन हजार आठ सय ९८ जना, ललितपुरमा ५२ हजार दुई सय ३२ र भक्तपुरमा ४१ हजार सात सय ९५ जनालाई पोलियो रोग विरुद्धको खोप लगाएका छन् । यसपटक मुखबाट खुवाइने ‘ओपिभि’ खोप खुवाइएको थियो ।  मन्त्रालयले टुकुचा खोला र बागमती नदीको सङ्गमस्थल टेकुमा पोलियो जीवाणु भे...