सम्पर्क

जुगलको तेगा पहिरो पिडितलाई नगद, खाद्यान्न र कपडा वितरण

सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका ३ तेगा पहिरो पिडितलाई नगद, खाद्यान्न र कपडा वितरण गरेको छ ।
प्रमुख जिल्ला अधिकारी किरण थापा, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्का, नेपाल आर्मी, जिल्ला प्रहरी लगायतको टोली हेलिकप्टर मार्फत् पहिरोस्थल पुगेर विस्थापितलाई नगद, खाद्यान्न र कपडा वितरण गरेको प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिनुभयो ।
उहाँका अनुसार पीडित परिवारलाई प्रति परिवार २५ हजारको दरले एक लाख २५ हजार ,१३ बोरा चामल ,६५ केजि दाल ,तेल ,चिनि, नुनजस्ता उपभोग्य सामाग्री वितरण गरिएको छ भने तत्कालीन गाँस र बास गर्न सहज बनाउन ब्याल्केट ,बाल्टिन जस्ता सामान दिइएको छ ।
अविरल वर्षासँगै आएको पहिरोले शनिबार ’माथिल्लो तेगाको भूभाग भास्सिएर आएको पहिरोले तेगागाउँको नौ घरमध्ये तिन घरको नामोनिसान मेटाएको थियो । दुई घरमा आशिंक क्षति पुगेको छ । घरसहित पहिरोमा सर्वस्व गुमाएपछि यँहाका तीन घरका स्थानीय बिचल्लीमा थिए । अन्य घरमा पनि खाद्यान्न सकिएपछि शनिबारदेखि पीडितहरु भोकभोकै बसिरहेका थिए । तत्कालीन अवस्थामा सुरक्षित स्थानमा तेम्बाथानमा विस्थापितलाई सारिएको छ ।
जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङ्बो र उपाध्यक्ष हिमाल कुमार श्रेष्ठले प्रहरी प्रशासनलाई जानकारी गराएपछी प्रमुख जिल्ला अधिकारी किरण थापा, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्का, नेपाल आर्मी, जिल्ला प्रहरी लगायतको टोली हेलिकप्टर मार्फत् पहिरोस्थल पुगेको थियो ।

तेगामा अलपत्र परेका एक बिरामी सुत्केरी ३४ वर्षिया शङ्मु शेर्पालाई हेलिकप्टर मार्फत उद्वार गरेर चौतारा अस्पताल ल्याइएको छ । सोमबार नेपाली सेनाको हेलिकप्टरबाट उद्वार गरेर ल्याएर सुत्केरी शेर्पाको चौतारा अस्पतालमा ल्याएको हो । विरामी शेर्पाको हातगोडा नचल्ने गम्भीर अवस्थामा उद्धार गरेर हाल चौतारा उपचार चलिरहेको जिल्ला प्रहरीले जानकारी दिएको छ ।