सम्पर्क

बाढी– पहिरोले सिन्धुपाल्चोकमा १३ सहित देशभर ९९ जनाको मृत्यु

  तीन दिनदेखिको अविरल वर्षाका कारण आएको बाढी, पहिरोका कारण सिन्धुपाल्चोकमा १३ सहित देशभर ९९ जनाको मृत्यु भएको छ ।
शनिवार लिसंखुपाख गाउँपालिका ३ का पुर्व वडाध्यक्ष दम्पतीको मृत्यु भएको छ । त्यसैगरी सोही वडाकै तृष्णा मोक्तानको घर पहिरोले बगाउँदा मोक्तान र उहाँको एक छोरा र एक छोरी गरी तीनै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
प्रहरीका अनुसार सुनकोसी गाउँपालिका सुकुटे स्थित सिन्धु बीच रिसोर्टमा गएको पहिरोमा परि ३ जना कोरियन नागरिकसहित १ नेपाली गाईड गरी ४ जनाको मृत्यु भएको छ । १५ जनालाई सकुशल उद्धार गरीएको छ । यस्तै जुगल गाउँपालिका–१ कुनेगाँउमा पहिरोले ३ घर बगाउँदा ४ जनाको मृत्यु भएको हो । चीन जोड्ने कोदारी राजमार्गको लिपिङ पुल बगाएको छ । लार्चास्थित बेलिब्रिज पनि भोटेकोसी नदीले बगाएको छ ।
जिल्लाका अधिकांश सडक पहिरोको कारण अवरुद्ध भएका छन् । बाढी पहिरोले स्थानीयको बिचल्ली भएको छ ।