सागिंतिक प्रस्तुतिका लागी चर्चित गायिका सम्झना लामिछाने मगर कतारमा
दर्शन सुनार /लोकप्रिय दैनिक, कतार
नेपाल मगर संघ शाखा कतारको आयोजनामा शुक्रबार हुन लागेको मगरहरुको प्रमुख राष्ट्रिय साँस्कृतिक चाड “माघ्या सकराटी” कार्यक्रममा आफ्नो सांगीतिक प्रस्तुति दिन नेपालबाट आमन्त्रित अतिथि कलाकार कतार आईपुग्नुभएको छ । “सम्पूर्ण मगरहरूको एकता अहिलेको आवश्यकता“ भन्ने मूल नाराका साथ (मिनाम ल्हेस् ५०१८)– २०२५ को अवसरमा आयोजित वनभोज तथा बिविध साँस्कृतिक कार्यक्रमका लागी चर्चित लोक तथा दोहोरी गायिका सम्झना लामिछाने मगर बुधबार राती कतार आईपुगेकी हुन ।
अतिथि कलाकार लामिछाने मगरलाई भब्य स्वागत गर्नको लागी कार्यक्रम संयोजक,सह संयोजक लगायत अन्य विभिन्न पदाधिकारीहरु हमद अन्तर्राष्ट्रिय विमान स्थलमा पुगेका थिए । संघले हरेक बर्ष मनाउदै आएको आफ्नो साँस्कृतिक चाड बिगतका बर्षहरुमा जस्तै यस बर्ष पनि नयाँ बर्षको अवसर पारेर आयोजना गरिएको कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको कार्यक...
