सम्पर्क

दैलेखका क्यान्सर पिडितलाई अन्तराष्ट्रिय नेपाली समाज कतारको सहयोग

दर्शन सुनार /लोकप्रिय दैनिक, कतार
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रवास संगठन अन्तराष्ट्रिय नेपाली समाज कतारले दैलेख डुङ्गेश्वरकी ब्लड क्यान्सरबाट पिडित सीता रावललाई आर्थिक सहयोग गरेको छ । अन्तराष्ट्रिय नेपाली समाज कतारका कोषाध्यक्ष खड्क बहादुर बुढाका अनुसार नेपाली रुपैयाा २९,२६४ सहयोग रकम पठाई सकिएको बताउनुभयो ।

क्यान्सर पिडित रावलको भारतको अहम्दावाद स्थित सिभिल क्यान्सर अस्पतालको आईसीयूमा लामो समयदेखी उपचार भैरहेको र आर्थिक अवस्था अत्यन्तै कमजोर रहेकाले उपचारको सहयोगको लागि सो रकम संकलन गरेको अन्तर्राष्ट्रिय नेपाली समाज, कतारका सचिव लेकेन्द्र कार्कीले बताउनु भयो । अन्तर्राष्ट्रिय नेपाली समाज कतारका अध्यक्ष राजाराम शाहीका अनुसार यस संगठनले पहिले देखि नै राहत तथा सहयोगहरु गरिरहेको बताउनुभयो । उहाँका अनुसार संगठनले भैपरी आउने समस्याहरु र यस्ता सहयोग कार्यक्रमहरुमा सधै अग्रसर हुने बताउनुभएका छन् ।