सम्पर्क

Month: २०८१ कार्तिक २९ बिहीबार

मङ्सिर १२ गतेभित्र वक्यौता रकम बुझाउन प्राधिकरणको आग्रह

ब्रेकिङ न्युज २, समाचार
काठमाण्डौँ नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रङ्कलाइनबाट विद्युत् आपूर्ति लिएका उपभोक्तालाई आगामी मङ्सिर १२ गतेभित्र बक्यौता रकम बुझाउन आग्रह गरेको छ । प्राधिकरणले आज एक सूचना जारी गर्दै बक्यौता रकम बुझाउन बाँकी रहेका उद्योगलाई तोकेको समयभित्र बक्यौता रकम बुझाउन आग्रह गरेको हो । मन्त्रिपरिषद् बैठक र सञ्चालक समिति बैठकको निर्णयअनुसार नै १५ दिनभित्र बक्यौता तिरिसक्न प्राधिकरणले उपभोक्तालाई आग्रह गरेको हो । “वितरण केन्द्रहरूबाट सम्बन्धित उद्योगको २०७२ माघदेखि २०७५ वैशाखसम्म टिओडी मिटरमा रेकर्ड भएको डिमान्ड तथा टी–वान, टि–टु र टि–थ्री टाइम इन्टरभलमा रेकर्ड भएको खपत इनर्जीको आधारमा गणना गरिएको छुट बिल प्राप्त गर्नुभएको, अतः उक्त बिल अनुसारको बक्यौता महसुल १५ दिन अर्थात २०८१ मङ्सिर १२ गतेभित्र सम्बन्धित वितरण केन्द्रमा बुझाउनुहुन अनुरोध गरिन्छ,” प्राधिकरणद्वारा जारी सूचनामा भनिएको छ । तो...

गाउँमा घर र जमिनको मूल्य घट्नुको प्रमुख कारण

अन्तर्वाता, जिबनशैली, विचार, विचित्र संसार, समाचार
आरपी गैरे नेपाल आफ्नो सुन्दर प्रकृति र विविध सांस्कृतिक धरोहरका लागि प्रसिद्ध छ, तर अहिले गम्भीर र बढ्दो चुनौतीको सामना गरिरहेको छः गाउँहरूको जनसङ्ख्या घट्दै जानु र त्यसको बेवास्ता हुनु। कहिल्यै नथाक्ने उर्जाका साथ गुञ्जायमान हुन्थे ती उर्वरभूमिहरू, तर अहिले तिनमा मौनता र उपेक्षाको छायाँ छाएको छ। युवा पुस्ता शहरतिर दौडिरहेकोले गाउँहरूमा बुढा आमा–बुवा र साना बालबालिकाहरू मात्र बस्छन्, जसले गाउँको जीवनशैली र शहरी क्षेत्रमा स्थिरतालाई चुनौती दिइरहेको छ।गाउँहरूबाट युवाहरूको पलायनले गर्दा उर्वर भूमिहरू खालि छन्, र खेतीयोग्य जमिनमा कुनै खेतीपाती गरिँदैन। यो विडम्बना नै हो कि संसारभरि खाद्यान्नको संकट छ, तर नेपालका उर्वर फाँटहरू दिन–प्रतिदिन सुनसान हुँदैछन्। सोच्नुहोस्, पहिले सुनौला गहुँका खेतहरूमा चल्ने हावाले समृद्धिको कथा सुनाउँथ्यो, तर अहिले मौनताको प्रतिध्वनि मात्र सुनिन्छ। यो “ब्रेन ड्रेन“...

नगर खेलकुद विकास समिति बाह्रबिसेमा सानु तामाङ

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकामा सानु तामाङको अध्यक्षता नगर खेलकुद विकास समिति गठन भएको छ । नगर प्रमुख बालकृष्ण बस्नेतको अध्यक्षता र नगर उपप्रमुख मञ्जु तामा, प्रमुख प्रशासकीय अधिकृत ईश्वरी प्रसाद शर्मा र वडा अध्यक्षहरूको विशेष उपस्थितिमा भएको खेलाडीहरूको भेलाले सानु तामाङको अध्यक्षता सात सदस्यीय नगर खेलकुद विकास समिति गठन गरेको हो । गठित पदाधिकारीहरूमा अध्यक्षमा सानु तामाङ, उपाध्यक्षमा अन्जना प्रधान, सचिवमा दीपेन्द्र श्रेष्ठ, कोषाध्यक्षमा गौरव श्रेष्ठ र सदस्यहरूमा जीवन राउत, पार्वती श्रेष्ठ, राम बहादुर श्रेष्ठ रहनु भएको नगर शिक्षा शाखाका सुदिप पराजुलीले जानकारी दिनुभयो । गठित नगर खेलकुद विकास समितिका पादाधिकारीहरुलाई नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत लगायतले बधाई दिनुभएको थियो । नगर शिक्षा शाखाको आयोजनामा बुधवार नगरपालिकाको सभा हलमा नगरभित्रका विभिन्न खेलका प्रतिनि...

धनराज गुरुङ द्धारा अनुसन्धान गर्न माग

ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, समाचार
  काठमाडौँ– नेपाली कांग्रेसका उपसभापति एवं प्रतिनिधिसभा सदस्य धनराज गुरुङले आफू कृष्णप्रसाद भट्टराईको अनुयायी रहेको बताउँदै आफुले गलत तरिकाले सम्पत्ति कमाएको भए राज्यको निकायले जहिले पनि छानबिन गर्न सक्ने बताउनु भएको छ । आफू सहकारी ठग नभएको र बेथितिका विरुद्ध लडिरहने प्रतिवद्धता पनि व्यक्त गर्नुभएको छ । उपसभापति गुरुङ्गले मंगलबार एक विज्ञप्ति जारी गर्दैे सहकारी प्रकरणमा आफू दोषी नभएको स्पष्ट पार्नु भएको छ ।पूर्वश्रीमती ज्योति गुरुङ जहाँ भए पनि झिकाएर अनुसन्धान गर्न माग गर्नु भएको छ ।सहकारीको रकम अपचलन प्रकरणमा आफू संलग्न नभएको स्पष्टीकरण दिनु भएको छ।‘म विद्यार्थी राजनीतिमा पहिल्यैदेखि लागेकोले मेरो कमजोर आर्थिक अवस्थाका कारणले मैले मेरो तत्कालीन श्रीमती ज्योतिलाई मितेरी सहकारीको सञ्चालक समिति अध्यक्ष कुम्भराज गुरुङसँग अनुरोध गरेर जागिरमा लगाएको थिएँ,’ गुरुङले भनेका छन्, ‘उक्त जा...

३० गते चौतारासाँगाचोकढी नगरपालिकामा बिदा

जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार
सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ६ स्थित रहेको प्रशिद्ध मन्दिर गौराती भिमेश्वरको मेला लाग्ने भएका कारण चौतारा साँगाचोकगढी नगरपालिकाकाले बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको नगर कार्यपालिकाको बैठकको निर्णय अनुसार कात्र्तिक ३० गते (शुक्रबार) एक दिनका लागी स्थानीय पर्ब बिदा दिने निर्णय भएको प्रमुख प्रशासकीय प्रमुख बैकुण्ड प्रसाद सापकोटाले सुचना प्रकाशित गरेर जानकारी दिनु भएको हो । जिल्लाको प्रसिद्ध मन्दिर गौराती मेलामा दर्शनार्थिहरुलाई मनोरञ्जन गराउन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति सहित सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । विशेषगरी हिन्दू धर्ममा आस्था राख्ने भक्तजनको मुख्य श्रद्धाको केन्द्र गौरती ’गौराती’’ भिमसेनको दर्शन गर्नाले सोचेको आटेको मनोकामना पूरा हुने जनविश्वास रहेको छ । श्रद्धालुले मन्दिरमा अलौकिक शक्ति रहेको विश्वास गर्दै इच्छ्याए...

विज्ञापन दिँदा स्थानीय सञ्चार माध्यमलाई नदिई अन्यत्र दिए कारबाही हुन्छः हुमागाईँ

ब्रेकिङ न्युज १, समाचार
स्थानीय सरकारले आफ्नो जिल्लामा रहेका सञ्चार माध्यमहरूमा विज्ञापन नदिई कुनै पनि बहानामा बाहिरी जिल्ला सञ्चार माध्यमहरूमा सूचना तथा विज्ञापन दिन नपाइने त्यसरी दिँदा उजुरी परेमा कारबाही हुने विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईँले बताउनु भएको छ । सिन्धुपाल्चोक जिल्लाको पत्रकार महासघंको सभा हलमा भएको सिन्धुपाल्चोक जिल्लाका पत्रकार तथा सञ्चार गृहहरूलाई विज्ञापन बोर्डका बारेमा जानकारी दिँदै यस्तो बताउनु भएको हो । सूचना तथा प्रसारण विभागले गरेको पत्रकारहरूको क्षमता अभिवृद्धि तथा परिचयपत्र वितरण तथा नवीकरण घुम्ती शिविरमा सहभागीहरूलाई विज्ञापन बोर्डको काम कर्तव्य र अधिकारका बारेमा जानकारी दिँदै पत्र पत्रिका मार्फत दिइने विज्ञापन नियमन नहुँदा बिचैलीयाबाट ठुलो घोटाला हुँने हुँदा यो घोटाला रोक्नका लागी विज्ञापन बोर्डले काम गरिरहेको बताउनु भयो । सञ्चार माध्यमले जारी गरेको विलको आधारमा सरकारी निका...

कार्तिक महिनाको लघुकथासम्बन्धि गतिबिधि

समाचार, साहित्य
लघुकथाको फेसबुक पेज लघुकथा प्रतिष्ठान नेपालले शुभकामना आदान प्रदान सहित बिविध कार्यक्रम गर्दै तेस्रो वार्षिकोत्सव मनाएको छ । प्रथम चरण अन्तर्गत पेजले लघुकथा आह्वान गरेर लघुकथा प्रतियोगिता सम्पन्न गरेको थियो । जसमा पहिलो चरणबाट उत्कृष्ट १५ लघुकथाको छनौट गरिएको थियो । त्यसमध्ये नारायणप्रसाद निरौलाको पहिचान लघुकथा सर्वोत्कृष्ट भएको थियो । वार्षिकोत्सवको अवसरमा पेजले बुढ्यौली साहित्य समाज सप्तरीको आयोजनामा यहि कार्तिक ३ गते कंचनपुर सप्तरीमा कार्यक्रम सम्पन्न भयो । बुढौली साहित्य समाज सप्तरीका अध्यक्षको सभापतीत्वमा सम्पन्न उक्त कार्यक्रममा सप्तरी शिक्षा समन्वय इकाईका प्रमुखले प्रमुख आतिथ्यता ग्रहण गर्नु भएको थियो भने खेमराज पोखरेल ,गोपाल संग्रौला आदि विशेष अतिथिहरूको भूमिकामा हुनुहुन्थ्यो । कार्यक्रममा रमेन्द्र कोइराला , निरज कोइराला , पुण्य कार्की र ललिता झाले खेमराज पोख्रेलको एकालाप लघुकथा...

डडुवामा फस्टाउँदै ड्रागन फुड खेती

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, समाचार
विदेश जाने खर्च गाउँमा नै गरे पनि वार्षिक १२, १५ लाख कमाउन सकिने स्थानीय कृषकहरूले बताउन थालेका छन् । सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका १४ का ओम बहादुर बस्नेतले हाल ६ रोपनी जग्गामा ड्रागन फुड खेती गरिरहनु भएको छ । यो खेतीका लागी यो ठाउँ उ ठाउँ भनी रहन पर्दैन जुनसुकै माटो र ठाउँमा पनि यो खेती गर्न सकिने भएकाले आफूले यो व्यवसाय सुरु गरेको बताउनु हुँदै बस्नेतले आफूले ३० लाख लगानी गरेर बस व्यवसाय गरेको त्यो जमनामा महिनाको ५०, ६० हजार बच्ने गर्दा पनि आफूले बस बिक्री गरेर आफ्नै गाउँमा व्यवसाय गर्न खोजेको मा हरेक व्यवसाय गर्दा पनि चित्त नबुझेर अहिले यो व्यवसाय गर्दा चाही राम्रो सङ्केत देखिएको बताउनु भयो । बस्नेतले पहिले वर्षमा नै ३० ,४० हजार लिई सकेको बताउनु भयो । उहाँका अनुसार १२००वटा सिमेन्टको पोल बनाएर खेती गरिएको र एउटै पोलमा २०, २५ केजी सम्म फल दिने भएकाले यो खेतीबाट मनग्य आम...

हरिबोधिनी एकादशी व्रत (तुलसी बिवाह) | विश्व निमोनिया दिवस

अन्तर्वाता, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार
ठुलो एकादशी हरिबोधिनी एकादशीलाई एकादशीहरूमा सबैभन्दा ठुलो एकादशीका रूपमा लिइन्छ । त्यसैले पनि जनजिब्रोमा यो एकादशीलाई ठुली एकादशी भन्ने पनि छ । यसको महिमाका कारण पनि यसलाई ठुलो एकादशी भनिएको हो । भगवान् विष्णु उठ्ने एकादशी जनविश्वास तथा धार्मिक परम्पराअनुसार आजको दिन भगवान् विष्णु उठ्नुहुन्छ भन्ने छ । हरिशयनी एकादशीबाट चीर निद्रामा सुत्नुभएका विष्णु भगवान् आज उठ्ने विश्वास भएकाले पनि आजको एकादशीलाई विशेष मानिन्छ । तुलसीको विवाहको दिन आजको दिन तुलसीको विवाहको दिन भनेर पनि चिनिन्छ । वैदिक सनातन हिन्दु धर्मशास्त्रमा आयुर्वेदमा पनि महत्त्वपूर्ण भूमिका भएको तुलसीको बिरुवाको धार्मिक, सांस्कृतिक र वैज्ञानिक रूपमा पनि निकै महत्त्व रहेको छ । त्यसैले त हिन्दु धर्मालम्बीहरुले आआफ्नो घरमा पनि तुलसीको मठ बनाउने र त्यसलाई पूजा गर्ने गर्छन् । तुलसी पूजाको महत्त्व वैदिक सनातन संस्कारमा तुलसी ...

दुर्गम क्षेत्रमा कार्यरत पत्रकारहरुको क्षमता अभिविद्धि सम्बन्धी तालिम तथा घुम्ती शिविर सुरु

समाचार
सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारामा रहेको नेपाल पत्रकार महासंघको सभा हलमा सञ्चारकर्मीहरूको क्षमता अभिवृद्धि तालिम सुरु भएको छ । नेपाल पत्रकार महासङ्घका अध्यक्ष जीवनकुमार श्रेष्ठको सभापतित्वमा भएको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै सूचना विभागका निर्देशक भरत गौतमले पत्रकारिता पेसामा लागेका साथीहरूको समस्याका बारेमा जानकारी पनि हुने उहाँहरूको क्षमता विकासका साथै नयाँ परिचयपत्र लिन नवीकरण गर्न र अनलाइन सञ्चार गृह दर्ताको लागी घुम्ती शिविर समेत सञ्चालन गरिएको बताउनु भयो । उहाँले पत्रकारिता क्षेत्रको विकासका लागी पत्रकारिता गर्नेहरूका लागी क्षमता विकासका का लागी यो तालिमले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनु भयो । दुर्गम क्षेत्रमा कार्यरत पत्रकारहरूको क्षमता अभिवृद्धि सम्बन्धी तालिम तथा घुम्ती शिविर को शुभारम्भ कार्यक्रममा प्रशिक्षक डा विजय प्रसाद मिश्र, सूचना विभागका अधिकृत सुमन चन्द्र र...