सम्पर्क

नगर खेलकुद विकास समिति बाह्रबिसेमा सानु तामाङ

सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकामा सानु तामाङको अध्यक्षता नगर खेलकुद विकास समिति गठन भएको छ ।
नगर प्रमुख बालकृष्ण बस्नेतको अध्यक्षता र नगर उपप्रमुख मञ्जु तामा, प्रमुख प्रशासकीय अधिकृत ईश्वरी प्रसाद शर्मा र वडा अध्यक्षहरूको विशेष उपस्थितिमा भएको खेलाडीहरूको भेलाले सानु तामाङको अध्यक्षता सात सदस्यीय नगर खेलकुद विकास समिति गठन गरेको हो । गठित पदाधिकारीहरूमा अध्यक्षमा सानु तामाङ, उपाध्यक्षमा अन्जना प्रधान, सचिवमा दीपेन्द्र श्रेष्ठ, कोषाध्यक्षमा गौरव श्रेष्ठ र सदस्यहरूमा जीवन राउत, पार्वती श्रेष्ठ, राम बहादुर श्रेष्ठ रहनु भएको नगर शिक्षा शाखाका सुदिप पराजुलीले जानकारी दिनुभयो ।
गठित नगर खेलकुद विकास समितिका पादाधिकारीहरुलाई नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत लगायतले बधाई दिनुभएको थियो । नगर शिक्षा शाखाको आयोजनामा बुधवार नगरपालिकाको सभा हलमा नगरभित्रका विभिन्न खेलका प्रतिनिधीहरुको भेलालाई सम्बोधन गर्दै बस्नेतले नगरपालिका भित्रका कोही पनि नागरिकलाई स्वास्थ्य, शिक्षा र खेलका साथै उत्पादनमूलक कार्य गर्नका लागी आफूले गर्न सक्ने सहयोग गरिरहेको र गरिरहने बताउनु भयो । स्वास्थ्य भन्ने कुरा प्राणीहरूको मुख्य सम्पत्ति हो , यो सम्पत्तिको श्रोत भनेकै खेलकुद हो, मानवीय विकासका लागी खेलकुदको विकास हुन जरुरी हुन्छ , खेल विकासका लागी खेलाडीहरूको उत्पादन र संरक्षण गर्नपर्छ त्यसका लागी बाह्रबिसे नगरपालिका हर समय सहयोग गर्न तैयार रहेको नगरपालिका प्रमुख बस्नेतले बताउनु भएको छ ।