सम्पर्क

Month: २०८१ मंसिर १५ शनिबार

आसन्न स्थानीय तह उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा

ब्रेकिङ न्युज २, राजनिती, समाचार
स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि भोलि आइतबार मतदान हुँदैछ । निर्वाचन आयोगले उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । निर्वाचन हुने सम्बन्धित स्थानीय तहमा स्थापना गरिएका मतदान केन्द्रमा भोलि बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ । नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचन हुने सम्बन्धित स्थानीय तहमा सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगका सहसचिव नीता पोख्रेल अर्यालले राससलाई जानकारी दिनुभयो । गर्भवती, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, बिरामी, किरियापुत्री, सुत्केरी तथा अन्य (लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक) मतदातालाई प्राथमिकताका आधारमा मतदान गर्ने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । आयोगका प्रवक्तासमेत रहनुभएकी अर्यालका अनुसार मतदाता नामावलीमा नाम समावेश भएका मतदाता...

बागमती नदीमा छाडियो मेलम्चीको पानी

ब्रेकिङ न्युज १, समाचार
काठमाण्डौँ बालाचतुर्दशीपर्वलाई लक्षित गरेर मेलम्ची खानेपानी विकास समितिको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रबाट बागमती नदीमा थप पानी छाडिएको छ । आज साँझ पशुपतिस्थित कैलाश क्षेत्रमा पितृका नाममा बत्ती बाल्ने र शनिबार बिहान सतबिज छर्ने परम्परा रही आएको छ । बिहीबार साँझदेखि मेलम्चीको पानी छाडिएको मेलम्चीखाने पानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बागमती नदी प्रवाहमा सहयोग गर्न मेलम्चीको पानी बागमतीमा छाड्दै आएको थियौँ, बिहीबारदेखि थप करिब चार करोड लिटर पानी बागमती नदी सफा गर्नका लागि छाडेका छौँ ।” काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) लाई बालाचतुर्दशीका दिन पशुपतिनाथस्थित कैलाश क्षेत्रमा लाग्ने मेलामा सहभागी हुने भक्तजनलाई पिउन, स्नानदेखि अन्यकार्य गर्न पुग्ने गरी मेलम्चीको पानीको व्यवस्था मिलाउन पनि निर्देशन दिइएको थियो । रासस...

पाँचपोखरी थाङपालमा तीन दिने ‘स्थानीय सरोकार’ कार्यक्रम सम्पन्न

ब्रेकिङ न्युज २, समाचार
काठमाण्डौँ  सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकामा भएको ‘स्थानीय सरोकार’ बिषयक अन्तरक्रिया एवं प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । निगरानी दैनिक मिडिया प्रालिद्धारा संचालित स्थानीय सरोकारसँग गाउँपालिकाको सहकार्यमा भएको तीन दिने अन्तरक्रिया एवं प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । ‘बिकास निर्माण, सम्बृद्धि र पुर्ननिर्माणमा स्थानीय सरोकारको बलियो आधार’ भन्ने मुल नाराका साथ भएको कार्यक्रममा हरेक दिन चार सेसन कार्यक्रम भएको थियो । जसमा गाउँपालिकाको कार्यसम्पादन÷मुल्याङ्कन, मानव बेचविखन तथा ओसारपोसार नियन्त्रण, घरेलु हिंसा, सामाजिक कुरिती, वैदेशिक रोजगारीमा ठगि, बढ्दो साइबर अपराध नियन्त्रणमा बर्तमान रुप अबस्था, यस्ता अपराधबाट कसरी बच्ने रु तथा नमुना गाउँपालिका कसरी सवलिकरण र सक्षम र जनमुखी प्रशासन संचालन गर्ने भन्ने बिषयमा प्रशिक्षण दिइएको थियो । जसमा प्रशिक्षकका रुपमा नेपाल प्रहरीक...

खाडीचौर ग्रिल्याण्ड र सेतिदेवी लामोसाँघुका ७० जुनियर खेलाडीको ग्रेडिङ सम्पन्न

खेलकुद, समाचार
सिन्धुपाल्चोक सुनकोशी गाँउपालिका वडा नं. ७ बसन्तपुर खेल मैेदानमा खाडीचौर तेक्वान्दो डोजाङ्ग, ग्रिल्याण्ड तेक्वान्दो डोजाङ र सेतिदेबि तेक्वान्दो डोजाङ गरी ७० जुनियर तेक्वान्दो खेलाडीहरूको ग्रेडिङ परिक्षा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अथिति बलेफि गाउँपालिका वडा नं. ८ अध्यक्ष रमेश श्रेष्ठ उपाध्यक्ष विरिष्ठ अतिथि सिन्धुपाल्चोक तेक्वान्दो संघका अध्यक्ष तथा सिन्धु तेक्वान्दोका जन्मदाता प्रेम बहादुर भण्डारी, बलेफि ८ का पुर्ब वडा अध्यक्ष चरि बहादुर तामाङ, अथिति सिन्धुपाल्चोक तेक्वान्दोका सह–सचिव कुमार बस्नेत, ग्रिल्ययाण्ड तेक्वान्दो डोजाङका प्रशिक्षक मादब बिक खाडिचौर तेक्वान्दो डोजाङका डोजाङ प्रमुख अबिशेक बस्नेत समाजसेबि राजकुमार श्रेष्ठ लगाएतको उपस्थिति रहेको थियो । बिहिबार भएको उक्त ग्रेडिङ परिक्षामा जुनियर तेक्वान्दोका ३ डोजाङका ४० पुरूषय र ३० महिला गरि ७० खेलाडीहरूले भाग लिएका थिए । से...

नमुना सुनखानी आबिद्धारा शिला सहीत सम्मान

ब्रेकिङ न्युज १, विचार, समाचार
सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगरपालिका वडा नं. ४ मा रहेको नमुना सुनखानी आधारभुत बिद्यालयले शिक्षा सिकाइ उपलब्धिका लागि बिद्यालयलाई चन्दा दिने चन्दा दाताहरुलाई सम्मान गरेको छ । सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं. २ का संघीय सासद मोहन बहादुर बस्नेतको प्रमुख अतिथ्यतामा र बाह्रबिसे नगरपालिकाका नगर प्रमुख बालकृष्ण बस्नेतको बिशेष आतिथ्यतामा बिद्यालयमा एक समारोहको आयोजना गरी सम्मान गरेको हो । चन्दा दाताहरको नाम शिला लेखमा राखेको र शिलालेख आबरण समारोहमा सम्बोधन गर्दै प्रमुख अतिथी बस्नेतले जँहा काँग्रेस हुन्छ त्यहाँ शिक्षा, खानेपानी स्वास्थ्य साथै आबश्यक बिकास हुन्छ भन्नु हुँदै नेपाली काँग्रेसले जितेका पालिकाहरुमा निःशुल्क शिक्षाको व्यवस्था भएको तर कम्युनिष्टले जितेको ठाउँमा नभएको बताउँदै सबै ठाउँमा निःशुल्क शिक्षाको व्यवस्था हुन पर्ने बताउँनु भयो । उहाँले शिक्षा बिना कुनै कामको सम्भब नहुने हुनाले श...

निजी क्षेत्रसँग सरकारले सहकार्य गर्न खोजेको छः मन्त्री भण्डारी

ब्रेकिङ न्युज २, समाचार
 उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको निजी क्षेत्रलाई सरकारले आर्थिक क्रियाकलापमा समेट्न खोजेको बताउनुभएको छ । भृकुटीमण्डपमा आजदेखि सुरु भएको प्लाष्ट नेपालको तीन दिने प्रदर्शनीको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले निजी क्षेत्रको सहकार्य बिना आर्थिक क्षेत्रका समस्या समाधान गर्न नसकिने बताउनुभयो । पछिल्लो समय आर्थिक सूचकाङ्हरुमा सुधार देखिएको उल्लेख गर्दै उहाँले पूँजी बजारमा निजी क्षेत्रको उपस्थिति बढाउनुपर्नेमा जोड दिनुभयो । मन्त्री भण्डारीले भन्नुभयो, “पुँजी बजारलाई बढाउनुपर्ने छ, स्वदेशी उत्पादन बढाउनुपर्ने छ, व्यापार घाटा न्यून गर्नुपर्ने छ, नविनतम प्रविधि भित्र्याउनुपर्ने छ, आयात प्रतिस्थापन गर्दै निर्यात बढाउनुपर्ने मुख्य चुनौती हाम्रा सामु छ ।” उहाँले उद्योग व्यवसायसँग सम्बन्धित बाधक विभिन्न कानुन परिमार्जनका लागि सरकारले तयारी गरेको बताउनुभयो । स्वदेशी लगान...

ठोकर्पा माविमा जुनियर ३३ खेलाडीको ग्रेडिङ सम्पन्न

खेलकुद, समाचार
  सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका वडा न २ स्थित रहेको ठोकर्पा मा.वि तेक्वान्दो डोजाङ्गका ३३ जुनियर तेक्वान्दो खेलाडीहरूको ग्रेडिङ परिक्षा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अथिति सुनकोशी गाँपालिका उपाध्यक्ष कान्छि लामा विसिष्ठ अथिति सुनकोशी २ का वडा अध्यक्ष पुर्ण बहादुर महत ,सिन्धुपाल्चोक तेक्वान्दो संघका अध्यक्ष तथा सिन्धु तेक्वान्दोका जन्मदाता प्रेम बहादुर भण्डारी, अथिति सिन्धुपाल्चोक तेक्वान्दोका सह–सचिव कुमार बस्नेत,समाजसेवी प्रकाश न्यौपाने हुनु हुन्थियो भनी कार्यक्रमको अध्यक्षता ठोकर्पा मा.विका प्रधानध्यापक रामचन्द्र पौडेलले गर्नु भएको थियो । बुधबार भयको उक्त ग्रेडिङ परिक्षामा जुनियर तेक्वान्दोका १४ पुरूष र २० महिला गरि ३३ खेलाडीहरूले भाग लिएका थिए । सेतो पेटि ४ जन,पहेलो पेटि २१ पहेलो हरियो पेटि ९ जनाले भाग लिएका थिए तेस मध्य १ जना पहेलो ,हरियो पेटिकी रिना भण्डारी सर्वोउत्कृष्ट भए...

चौसागढी १२मा बिकासका कार्यक्रम सार्बजनीकगर्दै एकै साथ सुरु

कृषि, जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
  नेत्र बहादुर बस्नेत , सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १२ ले संघ, प्रदेश र स्थानीय तहबाट वडामा विनियोजित बजेट तथा कार्यक्रमहरूको वडावासी नागरिकलाई सार्वजनिक गर्ने एक महत्त्वपूर्ण कार्यक्रमको सुरुवात गरेको छ । वडाभित्र काम हुने संघ, प्रदेश वडाबाट विनियोजित भएका बजेट कार्यान्वयनका लागि सबै उपभोक्ता समिति बनी सकेको र अब काम मात्र बाँकी भएकोले सबै कामको एकै पटक शुभारम्भ गरिएको वडा अध्यक्ष तथा नगर प्रवक्ता दीपेन्द्र नेपालले जानकारी दिनुभयो । वडा नं. १२ ले एकै दिन ६५ विकास आयोजनाको शुभारम्भ गरेको छ । साँगाचोक भञ्याङ, वरको रुख चौतारी तथा फल्चा निर्माण शिलान्यास गर्दै वडा भरका सबै विकास आयोजना सुरुवात गरिएको हो । वडा कार्यालयमा भएको विकासका कार्यक्रमहरूको बागमती प्रदेशसभा सदस्य तथा बागमती प्रदेशका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलालको प्रमुख अतिथ्यता...

स्थानीयका समस्या समाधान गर्दै नौवस्ता औद्योगिक क्षेत्रको काम अघि बढाइने

ब्रेकिङ न्युज १, समाचार
काठमाण्डौँ उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बाँकेको बैजनाथ गाउँपालिका–३ नौवस्तामा स्थानीय बासिन्दाको बस्तीको समस्या समाधान गरेर औद्योगिक क्षेत्रको काम अगाडि बढाइने बताउनुभएको छ । बाँकेका जनप्रतिनिधि र गाउँपालिकाका विभिन्न राजनीतिक दलका प्रतिनिधिसँगको मन्त्रालयमा आज भएको छलफलमा उहाँले स्थानीय बासिन्दाको बस्तीको जग्गा विवादको छिट्टै समस्या समाधान गरेर औद्योगिक क्षेत्रको समस्या समाधान गरिने बताउनुभयो । नौवस्ता औद्योगिक क्षेत्र सञ्चालनका लागि नेपाल सरकारको स्वामित्वमा रहेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको नाममा ३३८ बिघा क्षेत्रफल जग्गा रहेको र सोमध्ये ५५ दशमलव छ बिघा जग्गामा बस्ती रहेको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको नाममा रहेको जग्गामा २०२८ सालदेखि बस्ती रहेकाले सो बस्ती रहेको जग्गा बाहेकमा चाँडोभन्दा चाँडो औद्योगिक क्षेत्र स्थापनाको काम अगाडि बढाउन सो प...

क्रसर उद्योग नवीकरण गर्न सरकारसँग माग

ब्रेकिङ न्युज २, समाचार
नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासङ्घले कानुन अनुसार दर्ता भएका क्रसर, बालुवा तथा खानी उद्योगबाट नियमानुसार दस्तुर लिई अविलम्ब नवीकरणको व्यवस्था मिलाउन माग गरेको छ । महासङ्घले यहाँ आज ‘तेस्रो महाधिवेशनबाट निर्वाचित कार्यसमितिको पदभार ग्रहण तथा सम्मान’ कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रमका सहभागीले २०७७ सालमा क्रसर, बालुवा उद्योगमाथि लगाइएको दुरीसम्बन्धी मापदण्डबारे सर्वोच्च अदालतको आदेशमा मापदण्डलाई अति लचकता अपनाइ पुनःविचार गर्न भने तापनि हालसम्म मापदण्ड संशोधन नगरेकाले व्यवहारिक हुनेगरी संशोधन गर्न माग गरेको छ । महासङ्घका नवनिर्वाचित अध्यक्ष सीताराम न्यौपानेले प्रशोधित निर्माणजन्य सामाग्री विदेश निर्यात गर्ने व्यवस्था गरी देशलाई आर्थिक लाभ हुने मार्ग प्रशस्त गर्न सरकारसँग अनुरोध गर्नुभयो । महासङ्घको हालै सम्पन्न महाधिवेशनले अध्यक्षमा न्यौपाने, वरिष्ठ उपाध्यक्षमा चन्द्रम...