सम्पर्क

नमुना सुनखानी आबिद्धारा शिला सहीत सम्मान

सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगरपालिका वडा नं. ४ मा रहेको नमुना सुनखानी आधारभुत बिद्यालयले शिक्षा सिकाइ उपलब्धिका लागि बिद्यालयलाई चन्दा दिने चन्दा दाताहरुलाई सम्मान गरेको छ । सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं. २ का संघीय सासद मोहन बहादुर बस्नेतको प्रमुख अतिथ्यतामा र बाह्रबिसे नगरपालिकाका नगर प्रमुख बालकृष्ण बस्नेतको बिशेष आतिथ्यतामा बिद्यालयमा एक समारोहको आयोजना गरी सम्मान गरेको हो । चन्दा दाताहरको नाम शिला लेखमा राखेको र शिलालेख आबरण समारोहमा सम्बोधन गर्दै प्रमुख अतिथी बस्नेतले जँहा काँग्रेस हुन्छ त्यहाँ शिक्षा, खानेपानी स्वास्थ्य साथै आबश्यक बिकास हुन्छ भन्नु हुँदै नेपाली काँग्रेसले जितेका पालिकाहरुमा निःशुल्क शिक्षाको व्यवस्था भएको तर कम्युनिष्टले जितेको ठाउँमा नभएको बताउँदै सबै ठाउँमा निःशुल्क शिक्षाको व्यवस्था हुन पर्ने बताउँनु भयो । उहाँले शिक्षा बिना कुनै कामको सम्भब नहुने हुनाले शिक्षा सिकाइमा उपलब्धी मुलक कामका लागी आफुले सँधै सहयोग गर्ने बताउँनु भयो । उहाँले कम्युनिष्टले जितेका ठाउँमा निःशुल्क शिक्षा गर्न नमान्नुको मुख्य कारण जनताका छोराछोरी शिक्षीत हुन्छन् अनि सबै पाटिका बारेमा जान्ने हुन्छन त्यसपछी कम्युनिष्टमा लाग्ने मानिसको कमी हुन्छ भनेर निःशुल्क शिक्षामा चासो नदिएको बताउँनु भयो । उहाँले नेपाली काँग्रेसले चुनाव जितेका पालिकाहरुमा १२ कक्षासम्म निःशुल्क शिक्षाको कार्यक्रम लागु भएको काँग्रेस केन्द्र्रीय समितीले समेत यसलाई अनुकमोदन गरी राष्ट्रिय स्तरमा लागु गर्न सरकारसँग माग गरिसकेको बताउँनु भयो । कार्यक्रमका बिशेष अतिथी नगर प्रमुख बालकृष्ण बस्नेतले नगरपालिकामा कक्षा ८ सम्म दिवा खाजाको व्यवस्था गरिएको र १२ कक्षासम्म निशुल्क शिक्षाको व्यवस्था गरेको बताउानु हुँदै शिक्षा सिकाइका लागी आफुहरुले गर्ने हरेक सहयोग गरिरहने बताउानु भयो । उहाँले अरुको जस्तो काठमाण्डौमा दरबार जात्रा घर बनाउँन होइन काम गरेर नाम कमाउन राजनिती गरेकोले राम्रो काम गरेको भन्ने सुन्न पाउँनु नै आफ्नो मुख्य सम्पती भएको बताृउँनु भयो । कार्यक्रममा वडा अध्यक्ष शेखर बहादुर भण्डारी लगाएतले शुभकामना दिनुभएको थियो ।    बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष नारयण भट्राइको सभापतित्वमा भएको समारोहमा चन्दा दाताहरुलाइ सम्मान गरिएको थियो । बिद्यालय अभिभावक तथा शुभचिन्तकहरुको उपस्थितीमा भएको कार्यक्रमको सञ्चालन भने प्रधानाध्यापक नारायण बहादुर भण्डारीले गर्नू भएको थियो । बाह्रविसे नगरपालिका वडा नं. ४ ठाडीचौर स्थित श्री नमूना सुनखानी आधारभूत विद्यालयको उत्तरमा साँधी खोल्सा, क्षमादेवी मा.वि., खाग्डोल दोलंसा मोटरबाटो, दक्षिणमा विष्णु मन्दिर, बाहुन गाउँ, बेते चौर महिला सामुदायिक वन छ । त्यस ठाउँलाई सानीपलाँती भनिन्छ । उत्तर र पश्चिममा खेतीयोग्य जमिन रहेको छ भने पूर्व र दक्षिणमा मानव बस्ति रहेको छ । अरनिको हाइवेबाट करिव २.५ कि.मी. पैदल हिंडेपछि श्री नमूना सुनखानी आधारभूत विद्यालय अवस्थित रहेको छ । उक्त बिद्यालयमा शैक्षिक सुधारका लागी सहयोग गर्नु हुने क्षमादेवी विल्डिङ मेटरियल्स् (राजकुमार बस्नेत) जिवन खत्रीबालकृष्ण बस्नेत बाह्रविसे–३मा.मसिना खड्का भण्डारी बाह्रविसे–२तिलक बस्नेत ज्ञानेन्द्र थापा,मान्डबी राणा बस्नेत,ज्ञानेन्द्र प्र. श्रेष्ठ,स्व. भिम ब. ं स्व. नन्दकुमारी भण्डारी,मान ब. ं शान्ति बस्नेत श्रवण कु. त्रिपाठी विनोद जीहरिशरण बस्नेत(श्रीपाली) स्व.पूण्य ब.,स्व.कृष्ण कुमारी , स्व.शारदा राउतधर्मराज नकर्मी काठमाण्डौं बिर्ख ब. बस्नेत वखत बहादु्र अच्छामी अनुपभद्र खनाल काठमाडौंदिनेश दुलाल काभ्रेअर्जुन पौडेलनबराज राउतसूर्य ब. भण्डारी (धुर्व) नारायण भट्टराई बैकुण्ठ कार्कीमोहन ब. राउत ज्ञानेन्द्र राउत (लाल ब.)राजेन्द्र बस्नेत रङ्गब. खत्रीनिरञ्जन कृष्ण श्रेष्ठ प्रकाश कार्की काठमाण्डौं जयराम अर्यालमक्कर ध्वज श्रेष्ठनेत्र ब. भण्डारीजितेन्द्र राउत रश्मिला राउत सरोज सरकृष्ण ब. राउत (बाटोमुनी)रामकृष्ण श्रेष्ठकुमार बस्नेत (डाँडाघर)दिनेश बस्नेत (खप्तडी) शम्सेर ब. राउतस्व. रेशम ब.भण्डारी सविन थापा रामकृष्ण बस्नेत बालकुमार श्रेष्ठ अनिश बस्नेत कुमार बुढाथोकीसुजिब भण्डारी हरि ब.बस्नेत (काइँला) कुल ब. कुमाल रहनु भएको छ ।