सम्पर्क

खाडीचौर ग्रिल्याण्ड र सेतिदेवी लामोसाँघुका ७० जुनियर खेलाडीको ग्रेडिङ सम्पन्न

सिन्धुपाल्चोक सुनकोशी गाँउपालिका वडा नं. ७ बसन्तपुर खेल मैेदानमा खाडीचौर तेक्वान्दो डोजाङ्ग, ग्रिल्याण्ड तेक्वान्दो डोजाङ र सेतिदेबि तेक्वान्दो डोजाङ गरी ७० जुनियर तेक्वान्दो खेलाडीहरूको ग्रेडिङ परिक्षा सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अथिति बलेफि गाउँपालिका वडा नं. ८ अध्यक्ष रमेश श्रेष्ठ उपाध्यक्ष विरिष्ठ अतिथि सिन्धुपाल्चोक तेक्वान्दो संघका अध्यक्ष तथा सिन्धु तेक्वान्दोका जन्मदाता प्रेम बहादुर भण्डारी, बलेफि ८ का पुर्ब वडा अध्यक्ष चरि बहादुर तामाङ, अथिति सिन्धुपाल्चोक तेक्वान्दोका सह–सचिव कुमार बस्नेत, ग्रिल्ययाण्ड तेक्वान्दो डोजाङका प्रशिक्षक मादब बिक खाडिचौर तेक्वान्दो डोजाङका डोजाङ प्रमुख अबिशेक बस्नेत समाजसेबि राजकुमार श्रेष्ठ लगाएतको उपस्थिति रहेको थियो ।
बिहिबार भएको उक्त ग्रेडिङ परिक्षामा जुनियर तेक्वान्दोका ३ डोजाङका ४० पुरूषय र ३० महिला गरि ७० खेलाडीहरूले भाग लिएका थिए । सेतो पेटि , पहेलो पेटि, पहेलो हरियो पेटिबाट खेलाडीहरूले ग्रेड परीक्षा लिएका थिए ।
आफ्नो वडामा तेक्वान्दो भित्र्याउन सहयोग गर्नु हुने सबैलाई धन्यवाद दिदै लामोसाँघुमाय तेक्वान्दो जोगाउन वडा र आफ्नो तर्फबाट कुनै कसुर बाकि नराख्ने वडा अध्यक्ष श्रेष्ठले बताउनु भयो ।
खेलाडीहरू बढाउन हौसला दिदै देशै भर तेक्वान्दो भए भएकोले गाउँ गाँउमा पनि सिक्न सिकाउन आवश्यक रहेको तेक्वान्दोका जिल्ला अध्यक्ष भण्डारीले बताउनु भयो ।
परिक्षा दिने खेलाडीहरू धेरै भएका कारण खाडिचौर, ग्रिल्याण्ड र सेतिदेबि तेक्वान्दो डोजाङ लामोसाँघुका खेलाडी एकै ठाउँ जम्मा गरि वसन्तपुर खेल मैदानमा लगियको खाडिचौर तेक्वान्दो डोजाङका प्रमुख अबिशेक बस्नेतले बताउनु भयो ।