सम्पर्क

दुर्गम क्षेत्रमा कार्यरत पत्रकारहरुको क्षमता अभिविद्धि सम्बन्धी तालिम तथा घुम्ती शिविर सुरु

सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारामा रहेको नेपाल पत्रकार महासंघको सभा हलमा सञ्चारकर्मीहरूको क्षमता अभिवृद्धि तालिम सुरु भएको छ ।
नेपाल पत्रकार महासङ्घका अध्यक्ष जीवनकुमार श्रेष्ठको सभापतित्वमा भएको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै सूचना विभागका निर्देशक भरत गौतमले पत्रकारिता पेसामा लागेका साथीहरूको समस्याका बारेमा जानकारी पनि हुने उहाँहरूको क्षमता विकासका साथै नयाँ परिचयपत्र लिन नवीकरण गर्न र अनलाइन सञ्चार गृह दर्ताको लागी घुम्ती शिविर समेत सञ्चालन गरिएको बताउनु भयो । उहाँले पत्रकारिता क्षेत्रको विकासका लागी पत्रकारिता गर्नेहरूका लागी क्षमता विकासका का लागी यो तालिमले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनु भयो । दुर्गम क्षेत्रमा कार्यरत पत्रकारहरूको क्षमता अभिवृद्धि सम्बन्धी तालिम तथा घुम्ती शिविर को शुभारम्भ कार्यक्रममा प्रशिक्षक डा विजय प्रसाद मिश्र, सूचना विभागका अधिकृत सुमन चन्द्र रोैनियार, खगेन्द्र कार्की, प्रतीक भट्राइ र जिल्ला स्थित सक्रिय सञ्चार कर्मीहरूको उपस्थिति रहेको थियो । नेपाल सरकार, सूचना तथा प्रसारण विभागको सहयोग तथा नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकको सहकार्यमा सोमबारदेखि घुम्ती शिविर तथा क्षमता अभिवृद्धि सम्बन्धी तालिम सुरु भएको हो ।
नेपाल पत्रकार महासघंका सचिव विदुर आचार्यले सञ्चालन गर्नु भएको शुभारम्भकार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठले प्रेस पास लिनकै लागी विगतमा मन्त्रालयसम्म जाँदा समेत काम नभएको बताउनुभयो ।
पत्रकार महासङ्घको सहकार्यले सूचना विभागले जिल्लामा नै घुम्ती शिविर सञ्चालन गर्नु जिल्लाका क्रियाशील पत्रकारका लागी अवसर भएको भन्दै उहाँले मन्त्रालयले दिने सेवा सुविधालाई सरल र सहज बनाउनुपर्नेमा जोड दिनुभयो ।
प्रशिक्षक डा. विजय प्रसाद मिश्रले स१चार कर्मीहरूको क्षमता वृद्धिका लागी प्रशिक्षण दिई रहनु भएको छ भने सूचना विभागका अधिकृत सुमन चन्द्र रोैनियार, खगेन्द्र कार्की, प्रतीक भट्टराई लगायतले परिचय पत्र वितरण तथा नवीकरण गर्ने कार्य गरिरहनु भएको छ । नयाँ परिचयपत्रका लागी सञ्चारगृहको सिफारिस पत्र, नियुक्ति पत्र , श्रमजीवी पत्रकार ऐन अनुसार सञ्चार गृहले पेस गरेको दरबन्दी विवरण र परिचय पत्र बाहकले शैक्षिक योग्यताका प्रमाण पत्रको प्रतिलिपि र फोटो सहित निवेदन गर्नु पर्ने छ भने नवीकरणका लागी
फोटो बाहेकको कागजात सहित निवेदन दिन पर्नेछ ।