कृषि पकेट क्षेत्र बन्दै त्रिपुरासुन्दरी
आफुले जानेको सिप आफ्नै गाउँ घरमा प्रयोग गर्नपर्छ र आफ्नो जग्गा जमिन बाँझो राखेर बिदेशमा गएर दुख गर्नुको सट्टा आफ्नै गाउँमा उत्पादनमुखी काम गर्नका लागि प्रोत्साहन दिदै आएको सिन्धुपाल्चोक जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका विस्तारै कृषि पकेट क्षेत्र बन्ने योजनाका साथ अगाडी बढीरहेको छ ।
यसै योजना अनुसार गाँउपालिकाका अध्यक्ष भक्त ध्वज बोहोराले मङ्गलबार एक समारोहका बिच वडा नं. २ लाई सुन्तला पकेट क्षेत्र घोषणा गर्दै सुन्तलाको बिरुवा बितरण गर्नु भएको छ ।
मंगलबार आ.व. २०८०÷०८१ को कृषि विकास कार्यक्रम अन्तरगत बाँझो जग्गामा पकेट क्षेत्र विकास कार्यक्रम का लागी वडा नं. २ कान्लेमा सुन्तला खेतीको पकेट क्षेत्र घोषणा तथा बिरुवा हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष भक्तध्वज बोहराले आफ्नै घरको खाना खाएर घरमा परिबारका साथ बसेर आफ्ना खेति योग्य जमिनको सदुपयोग गर्न र आयआर्जन बढाउँनका लागी गाँउपालिकाले अनुदा...
