सम्पर्क

Month: २०८१ असार १६ आईतवार

लायन्स क्लब चौतारा सिटिको अध्यक्षमा रमेश दुलाल

समाचार
लायन्स क्लब अफ काठमाण्डौँ चौतारा सिटिको तेस्रो साधारणसभा तथा अधिवेशनबाट अध्यक्षमा रमेश दुलाल निर्वाचित हुनुभएको छ । अन्तराष्ट्रिय सामाजिक संस्था लायन्स क्लबको सन्तान रुपमा ३ वर्ष अगाडी सिन्धुपाल्चोक चौतारामा स्थापना भएको क्लवको तेस्रो अधिवेशनले अध्यक्षमा दुलाल सहितको टिम निर्वाचित गरेको हो । आइतबार चौताराको अरनिको रिसोर्टमा सम्पन्न भएको अधिवेशनले अध्यक्षमा दुलाल सहित प्रथम उपाध्यक्षमा राकेश श्रेष्ठ, द्धत्तिय उपाध्यक्षमा सुजता सापकोटा र तृतीय उपाध्यक्षमा लालबहादुर श्रेष्ठलाई निर्वाचित हुनुभएको छ । यस्तै क्लबको सचिवमा कमल गौतम, सहसचिवमा समिर दुलाल निर्वाचित भएका छन् भने कोषाध्यक्षमा गोमा भट्टराई र सहकोषाध्यक्षमा सुधिना गौतम निर्विरोध निर्वाचित हुनुभएको छ । क्लबको सल्लाहाकार समितिमा चौतारा साँगाचोकगढी नगरपालिकाका उपप्रमुख सिता थापा सहित नरमान श्रेष्ठ, राजेन्द्र श्रेष्ठ र सानुमाया गुरुङलाई च...

फ्यानसेपको ईन्द्रावती गाउँपालिका स्तरीय आयोजना समापन

ब्रेकिङ न्युज २, समाचार
खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना (फ्यानसेप) को ईन्द्रावती गाउँपालिका स्तरीय आयोजना समापन भएको छ । बहु सरोकारवाला सम्वाद मंच  (MSDP ) को बैठक बसी पालिकालाई आयोजनाका दस्तावेजहरु समेत हस्तान्तरण गरिएको छ । नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना, आयोजना क्लस्टर इकाई, चौतारा सिन्धुपाल्चोकको पाँच बर्षे आयोजना समापन भएको हो । आर्थीक वर्ष २०७५/७६ देखि २०८०/८१ सम्म ईन्द्रावती गाउँपालिकामा फ्यानसेपले कृषि, पशुपालन र पोषणको क्षेत्रमा कार्यक्रम गरेको थियो । आइतवार एक कार्यक्रमको   आयोजना गरि फ्यानसेपले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुर्ण प्रसाद दुलाल मार्फत गाउँपालिकालाई जिन्सी सामाग्रीको विवरण, प्राविधिक दस्तावेज र प्रविधिहरु, आयोजनाको लाभग्राही प्रोफाइल, पाठशाला सहजकर्ताको प्रोफाइल, आयोजनाले तयार पारेका जनशक्तिको विवरण र हालसम्म सञ्चालित कार्यक्...

चौतारा साँगाचोकगढी नगरपालिका नगर स्तरिय सहकारी सञ्जाल गठन

कृषि, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
  सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिकामा नरमान श्रेष्ठको नेतृत्वमा नगर सहकारी सञ्जालको गठन गरिएको छ । उपाध्यक्षमा नारायण गौतम, सचिवमा चन्द्र बहादुर खत्री, कोषाध्यक्षमा सुजता सापकोटा, सह–सचिवमा मिन बहादुर श्रेष्ठ रहनु भएको छ । सदस्यहरुमा नेत्र बहादुर बस्नेत, कृष्ण बहादुर कार्की, चन्द्र प्रसाद काफ्ले, कुश्माखर शर्मा, रबिन गौतम, दिल बहादुर कार्की, रुद्र बहादुर श्रेष्ठ, राम कुमार खतिवडा , शंखर प्रसाद पराजुली, धामो तामाङ, होमनाथ चौलागाईं, सदस्यः भेष बहादुर खत्री र हरि बिश्वकर्मा रहनु भएको छ भने आबश्यकताका आधारमा पछी तिन जनाको सञ्जालको बैठकले मनेनित गर्ने भएको छ । यसैगरी सल्लाहकार समितीको अध्यक्षमा राजेन्द्र सापकोटा रहनु भएको छ भने सदस्यमा शोभा उलक रामशरण बिक रहनु भएको छ । गठित सञ्जालका पदाधिकारीहरुलाई नगर प्रमुख कृष्ण प्रसाद सापकोटाले टिका लगाएर स्वागत गर्नुभएको थियो ।...

पतञ्जली योग जिल्ला समितिहरुको पदस्थापन

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लामा पुरुष र महिलाको छुट्टाछुट्टै पतञ्जली योग जिल्ला समिति गठन भएको छ । गठन समितिहरुको शनिबार एक समारोहकोविच पदस्थापना कार्यक्रम समेत भएको छ । ‘गरौ योग, रहौं निरोग’ भन्ने नाराका साथ पतञ्जली योग समिति सिन्धुपाल्चोकको आयोजनामा पतञ्जली योग समिति जिल्ला स्तरिय महिला र पतञ्जली योग समिति जिल्ला स्तरिय पुरुष समितीको नयाँ नेतृत्वको पदस्थापन कार्यक्रम शहिद स्मृती भवन चौतारामा भएको हो । पतञ्जली योग समिति बागमती प्रदेशका प्रमुख ग्रोवेन तौजलेको सभाध्यक्षमा नयाँ नेतृत्वको पदाधिकारीहरुले पदस्थापन गरेका हुन् । पतञ्जली योग समिति जिल्ला स्तरिय महिला अध्यक्ष कविता राउत, उपाध्यक्ष शोभा उलक, महामन्त्री बिमला चालिसे, संगठन मन्त्री शिखा लामा, कोषाध्यक्ष अन्जली दुलाल, मन्त्री शुसीला बुढाथोकी रहनुभएको छ । त्यस्तै, सदस्यहरुमा सुनिता श्रेष्ठ, गंगा श्रेष्ठ, सरस्वती लामा, गोमा श्रेष्ठ, उस्मिता सि...

छापभञ्ज्याङमा रोपियो विभिन्न जातका ४ सय विरुवा

ब्रेकिङ न्युज १, समाचार
मेलम्ची नगरपालिका –१३ छापभञ्ज्याङमा वृक्षारोपण गरिएको छ । शनिबार विश्व समावेशी साहसी महिला समुहको सक्रियता र मेलम्ची नगरपालिका –१३ को समन्वयमा लप्सी, बाँस, टिम्बुर, आरु, कपुर, कागती लगायतको विभिन्न जातका ४ सय विरुवा रोपिएको वडा सदस्य उद्धव ढुंगानाले जानकारी दिनुभयो । विशेषत यो समय बोट विरुवा, बालीनाली लगाउने समय भएकाले त्यहाँका आमा समुहलाई वातावरण सम्बन्धी तालिम प्रदान गरेपछि आज विरुवा रोपिएको विश्व समावेशी साहसी महिला समुहका पूर्व अध्यक्ष माया गुरुङले जानकारी दिनुभयो । सार्वजनिक जग्गा भएपनि अतिक्रमित गरिएको जमिन वडाले फिर्ता लिएपछि अहिले वृक्षारोपण गरिएको छ । वडाको योजनालाई सफल बनाउन संस्थाले गरेको सहयोगलाई वडा अध्यक्ष श्रीराम घोरासैनीले धन्यवाद दिनुभयो । ब्यक्तिले अतिक्रमण गरेको जग्गा फिर्तागर्दै विरुवा रोप्ने र अन्य प्रयोजनका लागी प्रयोग गरिने अध्यक्ष घोरासैनीले जानकारी दिनुभयो । रोपि...

धान दिवसले किसान र कृषिलाई प्रोत्साहन गर्छः महिला मन्त्री चौधरी

ब्रेकिङ न्युज २, समाचार
सुनसरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले असार १५ गते मनाइने राष्ट्रिय धान दिवसले किसान र कृषिलाई प्रोत्साहन गर्ने बताउनुभएको छ । आज नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबी सुनसरीले राष्ट्रिय धान दिवसको अवसरमा आयोजना गरेको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो । शान्ति सुरक्षा कायम गर्नका निम्ति सुरक्षा निकायको विशेष भूमिका रहेको भन्दै उहाँले जो जहाँ छ त्यो व्यक्ति वा निकायले देश र समाजका निम्ति विशेष भूमिका खेल्नुपर्ने बताउनुभयो । सूचना क्षेत्र, सञ्चारको क्षेत्रमा, शान्ति सुरक्षा कायम गर्ने सन्दर्भमा नेपाली सुरक्षाकर्मीको भूमिका महत्त्वपूर्ण रहेको भन्दै मन्त्री चौधरीले भन्नुभयो, ‘सुरक्षा निकायमा काम गर्ने सबै व्यक्तिहरूले । अन्य सार्वजनिक सेवामा काम गर्ने व्यक्तिहरूले पनि घरपरिवार सबै छाडेर देशको सेवामा आफूलाई समर्पित गर्दै आउनुभएको ...

उत्कृष्ट बुहारी सम्मान सहित जेष्ठ नागरिकलाई झुल बितरण

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका १४ नं. वडा कार्यालयले उत्कृष्ट बुहारी सम्मान सहित जेष्ठ नागरिकलाई झुल बितरणको कार्यक्रम गरेको छ । वडा कार्यालयको आर्थिक सहयोगमा वडा भित्रका ४ जना बुहारिलाई आफ्नो घरको सासुससुरालाई सम्मान जनक ढङ्गबाट हेरचाह गरेको कारण उत्कृष्ठ बुहारी सम्मान गरिएको हो ।सम्मानित हुनेहरुमा प्रमिला अधिकारि नेपाल, कल्पना रसाइली, उर्मिला बस्नेत र सानिमाया तामाङ.रहनु भएको छ । यसैबिच शुक्रबार नै वडा कार्यालयले जेष्ठ नागिरकहरुलाई झुल बितरण गरेको छ । वडा कार्यालयमा संयुक्त रुपमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष उद्वव नेपालले जबसम्म आफ्ना अभिभावकलाई मान सम्मान गर्न सकिँदैन तबसम्म आफुले पनि मान सम्मान खोज्न नसकिने बताउदै आफुहरुलाई यो संसार देखाउने आफ्नै पिता मातालाई आश्रममा लगेर राखेर आफू जस्तै महलमा बसेपनि क्षणिक खुशि हुन सक्ला तर स्थायी रुपमा दुखि न...

आयकर तथा मूल्य अभिबृद्वि कर विवरण सम्बन्धी प्रशिक्षण कार्यक्रम मेलम्चीमा सम्पन्न

समाचार
मेलम्ची आयकर तथा मूल्य अभिबृद्वि कर विवरण सम्बन्धी प्रशिक्षण कार्यक्रम मेलम्चीमा सम्पन्न भएको छ । मेलम्ची नगरपालिकाको सहयोग तथा सिन्धुप्रेस मिडिया प्रा. लिको आयोजनामा शुक्रवार मेलम्चीमा कार्यक्रम भएको हो । कार्यक्रममा मेलम्ची नगरपालिका भित्रका व्यवसायीहरूको सहभागीता रहेको थियो । सिन्धुप्रेस मिडिया प्रा.लिका प्रवन्ध निर्देशक सन्तोष सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङको प्रमुख आतिथ्यता रहेको थियो । प्रशिक्षण कार्यक्रममा कर सम्बन्धी जानकारी, आय विवरण, मूल्य अभिबृद्वि कर विवरण, अन्तशुल्क विवरण, अनुमानित कर विवरणको कानुनी व्यवस्था, अनलाइनबाट विवरण प्रविष्टी सम्बन्धी जानकारी दिइएको थियो । कार्यक्रममा मेलम्ची नगरपालिकाको कर नीति तथा सम्पूर्ण करहरूको बारेमा राजस्व शाखा प्रमुख राजेन्द्र दुलालले प्रशिक्षण दिनुभएको थियो । धुलिखेल कर कार्यालयका प्रमुख हरी प...

‘एसइईमा आधाभन्दा बढी विद्यार्थी के कारणले असफल भए सरकारले जवाफ दिनुपर्छ ’

ब्रेकिङ न्युज २, समाचार
काठमाण्डौँ प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदहरुले गतवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ५२ प्रतिशत विद्यार्थी के कारणले असफल भए समीक्षा गर्न आग्रह गर्नुभएको छ । उहाँहरुले बिहीबार प्रकाशित एसइई परीक्षाको नतिजाले ठूलो प्रश्न चिह्न खडा गरेको टिप्पणी गर्नुभएको छ । बैठकमा सांसद रोशन कार्कीले ५२ प्रतिशत विद्यार्थी असफल भएको सम्बन्धमा शिक्षामन्त्रीको ध्यानाकर्षण गराउँदै कलिला युवाको मनस्थिति के भएको होला भन्नेबारेमा सोच्नुपर्ने बताउनुभयो । उहाँ भन्नुभयो, “उनीहरु असफल भएको कुरा कुन मनोवैज्ञानिकले हेरिराखेका होलान् । शिक्षा नै मूलद्वार हो, जसले देशको विकास गर्छ । यसबारेमा शिक्षा मन्त्रालय अत्यन्त गम्भीर भएर हेर्नुपर्छ, उनीहरु किन उत्तीर्ण हुन सकेनन् । कसको कमजोरीले यति धेरै विद्यार्थी असफल भएका हुन ?” सांसद सांसद रञ्जुकुमारी ठाकुरले नीतिगत भ्रष्टाचार हुन नदिन र विपद् व्यवस्थाप...

माझी बस्ती गाउँघर क्लिनिकलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

समाचार
कुमार बस्नेत अधिराज सिन्धुपाल्चोक सुनकोशी गाँउपालिका वडा नं. ७ माझी बस्तिमा संचालित गाँउघर क्लिनिकलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । महिला आत्मनिर्भरता केन्द्र र फेयरमेड फाउन्डेसन नेपालको साझेदारीमा १ लाख २८ हजार ९ सय ९८ रूपैयाँ बराबरको सामाग्री हस्तान्तरण गरेको हो । सुनकोशी गाउँपालिका कार्यवाहक अध्यक्ष एवं गाउँपालिका उपाध्यक्ष कान्छी लामाले उक्त सामग्री हस्तान्तरण गर्नु भएको थियो । सुनकोशी – ७ का वडा अध्यक्ष ईश्वर तिमल्सिनाको अध्यक्षता भएको उक्त कार्यक्रममा सुनकोशी गाँउपालिका स्वास्थ्य शाखा प्रमुख गोबिन्द हायु, फेयरमेड फाइण्डेसनका शोभाराम भण्डारी, आत्मनिर्भरता केन्द्रका मनिशा हाडा, सुनकोशी गाउपालिका प्रतिनिधि रेनु खड्कालगायत माझिबस्तिका आमा समूह तथा स्थानियको वाक्लो उपस्थितिमा रहेको थियो । क्लिनिकको लागि आत्मनिर्भरता केन्द्रले ६७०७८ र फेयरमेड फाइण्डेसनका तर्फबाट ६१९२० को सामाग्...