सम्पर्क

स्वयंमसेविकाहरूलाई १० दिने आधारभुत तालिम सम्पन्न

राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंमसेविकाहरूलाई १० दिने आधारभुत तालिम सम्पन्न भएको छ । मेलम्ची नगरपालिकाको आयोजनामा जेठ २० गतेदेखि २९ गते मंगलबारसम्म सञ्चालित १० दिने आधारभुत तालिमको समापन कार्यक्रममा सम्बोधन गर्दै मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानले महिला र बालबालिकाको स्वास्थ्य क्षेत्रमा समुदायको ढोका ढोकामा पुगेर स्वास्थ सेवा दिने स्वास्थ्य स्वंयमसेविकाहरुको अबकाश पश्चात रित्तो हात फर्किनु पर्ने बाध्यताको अन्त्य गर्न पहल गर्ने बताउनुभएको छ ।
उहाँले स्वास्थ्य स्वयंसेविकाहरु स्वास्थ्य क्षेत्रको मेरूदण्ड हुनुका साथै आम समुदायलाई स्वास्थ्य प्रणालीमा जोड्ने पुलको रूपमा काम गरिरहेको बताउनुभयो । स्वास्थ्य स्वयंमसेविकाहरू महिला तथा बालबालिकाको स्वास्थ्य सुधारका क्षेत्रमा समुदायको ढोका ढोकामा पुगेर स्वस्थ्य सेवा प्रदान गर्ने उल्लेखनीय काम गर्दे स्वास्थ्य समाज निर्माणका लागि हरेक समय मिहिनेतका साथ जिम्मेवारी निर्वाह गर्ने गरेकोमा प्रसंशा गर्नुभयो ।
धेरै जिम्मेवारी बहन गरेपनि स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधा नगन्य मात्रामा भएको र नेपाली पितृसत्तात्मक मुलुकमा पारिवारिक जिम्मेवारी सगसगै विनापारिश्रमिक निश्चित समय सिमा विनाको काममा अहोरात्र खट्टिनु ठुलो चुनौतिको बिषय समेत रहेको उप प्रमुख प्रधानको भनाई छ ।
उहाँले सोही अबसरमा स्वास्थ्य स्ंवयमसेविको सेवाअवधी सकिए पश्चात अबकाश हुने समयमा नगरपालिकाको तर्फबाट केही रकम सहयोग गर्न पहल गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । मंगलबार अबकाश भएका २ जना स्वयंसेविकाहरूलाई उहाँहरूको कामको उच्च सम्मान गर्दै सुखमय भावी दिनको शुभकामना व्यक्त गर्दै समुदायमा थप स्वयंमसेवक बन्ने उर्जा मिलोस भन्ने शुभकामना समेत व्यक्त गर्नुभयो । कार्यक्रमबाट २१ जना स्वास्थ्य स्वंयमसेविकाहरूले तालिम प्राप्त गरेका थिए ।