सम्पर्क

प्रबक्ता आचार्यद्धारा शिक्षा सिकाइ सँगै उत्पदानमा जोड दिन आग्रह

सिन्धुपाल्चोक जिल्ला इन्द्रवाती गाँउपालिकाका प्रबक्ता एवम वडा नं ५का वडा अध्यक्ष शशीनाथ आचार्यले शिक्षा सिकाइ सँगै गुणस्तरीय उत्पादनमा जोड दिन पर्ने आबश्यक भएको बताउँनु भएको छ । एशेलु खर्क माध्यमिक बिद्यालयमा आयोजित छात्रबृतृ कार्यक्रममा प्रमुख अतिथीको आशनबाट बोल्दै यस्तो बताउँनु भएको हो । हरेक बर्ष शिक्षा सिकाइमा लगानी बढ्दै जानु तर बिद्यार्थी घट्दै जानुमा गुणस्तरिय शिक्षा सिकाइ मात्र भनीयो तर सिकाइ बाट कती उत्पादन भए र कती बिद्यार्थीले कस्तो काम गरे भन्ने तर्फ पनी ध्यान जान आबश्यक भएको बताउँनु भयो । सामुदाय बिद्यालमा बिद्यार्थी घटीरहनुमा हामी अभिभावकहरुको पनी मुख्य जिम्मेवार रहेको बताउानु भयो । उँहाले सामुदायक बिद्यालयमा पढ्ने बिद्यार्थीहरुको लागी आफ्ना वालवालिकाले कस्तो पढे के गरे भन्ने तर्फ चासो राखीदैन तर निजी बिद्यालयमा पढाउँदा खाना,खाजा, सरसफाइमा ध्यान दिने सामुदायक बिद्यालयमा त्यसो नगर्नुमा पनी समस्या आएको बताउँनु भयो । उँहाले वाल विवाह गर्न कानुनले बन्देज गरेको छ तर केही बालबालिका हरु उमेरै नपुगी वाल बिबाह गरेर आफ्नो र आफुवाट जन्मेको बालबालिकाको भबीष्य बिगारीरहेको भन्दै पढ्ने उमेरमा बिबाह गर्ने, बिदेसीने खालका कारण ले समस्या उत्पन्न हुने बताउँनु भयो । बिशेष अतिथी वडा नं ४का वडा अध्यक्ष क्षेत्र बहादुर तामाङले बिद्यालयमा बालबालिका पठाउँदैमा गुणस्तरीय शिक्षा हासिल गरेको मानीदैन भन्नु हुँदै हरेक अभिभावकले आआफ्ना बालबालिकाको शिक्षाका बारेमा जानकारी लिनु जरुरी रहेको बताउँनु भयो । ऐसेलु खर्क माबीका प्रअ चन्देश्वर यादवले आफ्नो बिध्यालय मा परिवर्तनका लागि नेपालले छात्र बृत दिनुका साथै बाल बिवाह बिरुद्व सचेतनामुलक कार्यकरम गरिदियकोमा परिबर्तनकालागि सहकाय नेपाललाई विशेष धन्यबमद दिनु भयो। ऐशेलु खर्क माध्यमिक बिद्धालयमा भयको कार्यक्रममको सभापतित्व भने परिबर्तनका लागि सहकार्य नेपालका शिक्षा अधिकृत रोमिला घलेले गर्नु भएको थियो । शैक्षिक सामाग्रि बितरण तथा वालिववाही बरुद्व सचेतना कार्यक्रम भयको थियो ।कार्यक्रममा २० वर्ष नपुगेको हरुको कुनै पनि तरिकाबाट गरियको बिवाहलाई बाल बिवाह भन्दछन भन्दै १ दिन मात्र कम उमेरकालाई पनि कानुन लाग्ने र सो अनुसार कार्बाहि हुने जानकारी गराइएको थियो।गाउपालिका वडा न ५ बालक्लवका अध्यक्ष बिल बहादुर तामाङ लगाएतको उपस्थिति भएको कार्यक्रममा २८ जना बिद्यार्थीहरुलाइ रु पाँच हजार पोशाक खर्च र कापी कलम छाता खानेपानीको लागी बोतल र छाता बितरण गरिएको थियो ।परिबर्तनका लागी सहकार्य नेपालको आयोजनामा कायंक्रम सम्पन्न भएको थियो ।