सम्पर्क

सुनकोशीको रोजगार संवाद मञ्च गठन तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न

कुमार बस्नेत (अधिराज)
सिन्धुपाल्चोक सुनकोशी गाउँपालिकाको आयोजना तथा रोजगार सेवा केन्द्रको व्यवस्थापनमा सोमबार रोजगार संवाद मञ्च गठन तथा रोजगार रणनीति योजना तर्जुमा अन्तरक्रिया २०८०÷८१ कार्यक्रम सम्पन्न भएको छ । सुनकोशी गाउपालिका अध्यक्ष टपिन्द्र प्रसाद तिमल्सिनाद्वारा उद्घाटन गरिएको उक्त कार्यक्रममा उपाध्यक्ष कान्छी लामा, सात वटै वडाका वडाध्यक्षहरू, सहकारीका प्रतिनिधिहरू, गैर सरकारी संस्थाका प्रतिनिधिहरू, अगुवा कृषकहरू, कार्यालयका शाखा प्रमुखहरू, कर्मचारीहरू संचारकर्मीहरू को उपस्थितिमा उत्साहका साथ सम्पन्न हो । कार्यक्रममा रोजगार संवाद मञ्च गठन गरी रोजगार रणनीतिको खाका तयार गरिएको रोजगार शाखा प्रमुख बिजय के.सीले बताउनु भयो ।